मुख्य समाचार
संखुवासभा-खाँदबारी नगरपालिकाभित्र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यसहित ‘लालीगुराँस पदमार्ग’ निर्माण सुरु
संखुवासभा-खाँदबारी नगरपालिकाभित्र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यसहित ‘लालीगुराँस पदमार्ग’ निर्माण सुरु

— संखुवासभा-खाँदबारी नगरपालिकाभित्र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यसहित ‘लालीगुराँस पदमार्ग’ निर्माण सुरु गरिएको छ ।

खाँदबारी नगरपालिका–४ को छ्याङकुटीदेखि खाँदबारी–१० र ११ को सिमानामा पर्ने बतासेडाँडासम्म ९८ लाखको लागतमा साढे ११ किलोमिटर लामो पदमार्ग निर्माणको बुधबार औपचारिक शिलान्यास गरिएको हो ।

खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाले एक कार्यक्रमका बीच पदमार्ग निर्माणको शिलान्यास गरे । नगरप्रमुख थपलियाले खाँदबारी वरिपरि व्यवस्थित ‘फुट ट्रेल’ निर्माण गर्न सकिए नगरको सौन्दर्य वृद्धि हुनुका साथै आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे । पदमार्गलाई खाँदबारी नगरपालिकासँगै चिचिला गाउँपालिका र सभापोखरी गाउँपालिकाको बाह्रबिसे बजारसम्म जोड्ने दीर्घकालीन लक्ष्यका साथ अघि बढाइएको उनले बताए ।

‘भविष्यमा चिचिला गाउँपालिकालाई खाँदबारी नगरपालिकासँग गाभेर उपमहानगरपालिका बनाउने सम्भावनासमेत रहेको छ,’ उनले भने, ‘विकास र समृद्धिप्रति नगर प्रतिबद्ध छ । हामी नगरबासीको भावना कदर गर्दै विकासका कामलाई तीव्रता दिएका छौं । निर्माण कार्य समयमै सम्पन्न गरिनेछ र आगामी दिनमा पनि नगरपालिकाले आवश्यक बजेट विनियोजन गरी निरन्तरता दिनेछ ।’

उनका अनुसार अब छिट्टै चिचिला गाउँपालिकासम्म जोड्ने अर्को ‘फुट ट्रेल’ निर्माण कार्यसमेत अघि बढाइनेछ । यस पदमार्गले स्थानीय पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जिल्लाको तिलागुफा–९ भात्तडीस्थित स्याउ बगैंचामा आगलागी हुँदा चार जना कृषकका १ सय ३० रुख स्याउ र ८० रुख ओखरका बोट जलेका छन् । बिहीबार बिहान तिला नदीको किनाराबाट सल्किएको आगो गाल्जेपारिको पाखो हुँदै भात्तडीको स्याउ बगैंचामा पुगेर स्याउ, ओखर र २५ खात खर (सुख्खा घाँस)मा सल्किएको स्थानीय जितेन्द्रबहादुर शाहीले बताए । आगलागीबाट तिलागुफा–६ जुविथाका स्याउ बगैंचामा ...
— मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ सानोगङ्टेमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब २:०० बजेको समयमा विद्युत् ट्रान्सफर्मरमा काम गर्ने क्रममा करेन्ट लाग्दा मनहरी गाउँपालिका–५ बसन्तपुर निवासी अन्दाजी २७ वर्षीय निरज भन्ने आदर्श भट्टराई गम्भीर घाइते भएका थिए । उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको भट्टराईको दिउँसो २:४५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ...
— दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म १ त १०१३ नं को ट्याक्टर बिहीबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा परेर एकको घटनास्थलमै मृत्यु भएको र तीन जना घाइते भएका छन् । मृतक र घाइतेको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज ...
— निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले १५ दिनभित्र हातहतियार बुझाउन आग्रह गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले अनुमति प्राप्त गरी घरमा राखेका त्यस्ता हातहतियार बुझाउन आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले बताए । पाल्पा जिल्लाभित्र व्यक्तिगत रुपमा ...
— निर्वाचन आयोगले रास्वपा उम्मेदवार जगदीश खरेललाई स्पष्टीकरण सोधेको छ । दोलखाका उम्मेदवार खरेलले निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेको भन्दै आयोगले तीन दिनभित्र स्पष्टीकरण पेस गर्न बिहीबार पत्र काटेको हो ।