मुख्य समाचार
युरोपेली देशमाथि भन्सार शुल्क बढाउने चेतावनीबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछि हटेका छन्
युरोपेली देशमाथि भन्सार शुल्क बढाउने चेतावनीबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछि हटेका छन्

— युरोपेली देशमाथि भन्सार शुल्क बढाउने चेतावनीबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछि हटेका छन् । उनले यसअघि ग्रिनल्यान्ड कब्जा गर्ने आफ्नो योजनामा असहमत हुने युरोपेली देशमाथि भन्सार शुल्क वृद्धि गर्ने योजना गरेका थिए ।



१ फेब्रुअरीदेखि ती देशबाट आउने सामाग्रीमा १०प्रतिशत भन्सार लगाइने र उक्त शुल्क वृद्धि भएर २५ प्रतिशतसम्म पुग्नसक्ने उनको चेतावनीथियो ।

तर, बुधबार उत्तर एटलान्टिक सन्धी संगठन(नेटो) का महासचिव मार्क रुट्टीसागको भेटपछि उनले भन्सार वृद्धि गर्ने कुनै योजनानरहेको बताए ।

उनले ग्रिनल्यान्ड रआर्कटिक क्षेत्रको भविष्यको सहमतिबारे साझा आवधारणा बनाउने विषयमा नेटोका महासचिवसँगछलफल भएको जानकारी सामाजिक सञ्जाल ट्रुथमार्फत दिएका छन् ।

उनले यस अवधारणाबारे बिस्तृतमा केही बताएनन् । ‘यदीयो समाधान निकाल्न सकियो भने अमेरिका र सबै नाटो सदस्य राष्ट्रका लागि महान्उपलब्धि हुनेछ,’ स्विचरल्यान्डको डाभोसमा विश्व आर्थिक फोरमकोसाइडलाइनमा रुट्टीसँग भेटपछि ट्रम्पले लेखेका छन् ।

यस अवधारणाले सुरक्षा, स्रोत–साधनर सबै विषयमा सम्बोधन गर्ने उनले दाबी गरेका छन् । डेनमार्कका विदेशमन्त्री लार्स लोक्कीरोस्मुसेनले यस भेटवार्ताले राम्रो संकेत गरेको बताएका छन् ।



'सुरुहुँदाको भन्दा राम्रोगरी दिनको अन्त्य हुँदैछ,' उनले जारी गरेकोविज्ञप्तिमा भनिएको छ,‘अब आर्कटिकमा डेनमार्क अधिराज्यको सीमालाईमध्यनजर गर्दै अमेरिकी सुरक्षा चासो सम्बोधन गर्ने बाटो कसरी खोज्ने भन्नेबारेवार्ता गरौं ।'

अमेरिकी सञ्चारमाध्यमहरुले ग्रिनल्यान्डमाअमेरिकाका थप सैन्य अड्डाहरु निर्माण गर्ने योजना बन्नसक्ने बताएका छन् । डेनमार्कर अमेरिकाबीचको विद्यमान सम्झौताअनुसार ग्रिनल्यान्डमा अमेरिकाले चाहेजति सेनालाईल्याउनसक्छ । अहिले ग्रिनल्यान्डस्थित पिटुफिक बेसमा १ सय हाराहारीमा अमेरिकीसुरक्षाकर्मी स्थायी रुपमै बसेका छन् ।

डेनमार्कको सदनमा ग्रिनल्यान्डका दुईमध्ये एक सांसद्ले आफ्नो टापुको मिनिरल्स र स्रोत–साधनबारेनाटोसँगको वार्ताको औचित्यबारे प्रश्‍न उठाएकी छिन् ।

'ग्रिनल्यान्डकोसहमति नलिई अन्य पक्षसँग ग्रिनल्यान्डबारे वार्ता गर्ने अधिकार नाटोलाई छैन । हामीबिना हाम्रो विषयमा केही पनि निर्णय हुँदैन,' आजा केमनिट्सलेभनिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
: इजरायली सेनाले कब्जा गरिएको पश्चिम किनारको हेब्रोन सहरमा घर, व्यवसाय तथा अन्य संरचना भत्काएपछि सयौँ परिवार विस्थापित भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार सैन्य कारबाहीका कारण एक हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् । इजरायली सेनाले हेब्रोनका ऐन देर बहा र फार्श अल–हावा क्षेत्रमा केन्द्रित रहेर घर, व्यावसायिक भवन, औद्योगिक स्थल तथा पूर्वाधारमा ...
: यमनका हुथी विद्रोहीहरूले साउदी अरबको रणनीतिक 'पूर्व-पश्चिम' तेल पाइपलाइन, विभिन्न तेल प्रशोधन केन्द्र तथा मुख्य अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका छन्। हुथी सैन्य प्रवक्ता याह्या सारीले एक विज्ञप्ति जारी गर्दै साउदी अरबका धेरै संवेदनशील तथा रणनीतिक स्थानहरूमा आफ्नो समूहले ब्यालेस्टिक मिसाइल र ड्रोनमार्फत निशाना बनाएको जानकारी दिएका छन्। हुथी समूहका अनुसार यान्बुस्थित ...
: फ्रान्समा शनिबार भएका प्रदर्शनमा चार लाखभन्दा बढी मानिस सहभागी भएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर करिब चार लाख १० हजार मानिस सडकमा उत्रिएका थिए । तीमध्ये करिब एक लाख १० हजार जना राजधानी पेरिसमा सहभागी भएका थिए । यो संख्या गत सप्ताहान्त पेरिसमा भएको प्रदर्शनमा सहभागी हुनेको हाराहारीमा रहेको मन्त्रालयले जनाएको ...
: फ्रान्समा सरकारविरोधी प्रदर्शन चर्किएपछि प्रहरीले विभिन्न सहरमा अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ । शनिबार देशभर भएका प्रदर्शनका क्रममा कम्तीमा एक हजार जनालाई नियन्त्रणमा लिइएको अधिकारीहरूले बताएका छन् । बिबिसि रिपोर्टका अनुसार फ्रान्सको आन्तरिक मन्त्रालयका अनुसार शनिबार देशभर करिब चार लाख मानिस प्रदर्शनमा सहभागी भएका थिए । तीमध्ये एक लाख १० हजार जना राजधानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम