मुख्य समाचार
सानो थिमिस्थित बाल सुधारगृहमा हिजो राति झडप, आगजनी र तोडफोड भएपछि सबै बालबिज्याइँकर्तालाई स्थानान्तरण
सानो थिमिस्थित बाल सुधारगृहमा हिजो राति झडप, आगजनी र तोडफोड भएपछि सबै बालबिज्याइँकर्तालाई स्थानान्तरण

— भक्तपुरको सानो थिमिस्थित बाल सुधारगृहमा हिजो राति झडप, आगजनी र तोडफोड भएपछि सबै बालबिज्याइँकर्तालाई स्थानान्तरण गरिएको छ ।

उनीहरुलाई काठमाडौं र भक्तपुरका विभिन्न प्रहरी हिरासतका बाल निगरानी कक्षमा राखिने प्रहरीले जनाएको छ । झडपपछि भएको आगजनी र तोडफोडपछि सुधारगृहभित्रका सबै संरचनामा क्षति पुगेका कारण बस्न सक्ने अवस्था नरहेपछि केही समयका लागि उनीहरुलाई सारिएको हो ।

झडपमा ८ जना बालबिज्याइँकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए । गएराति पौने १० बजेदेखि भएको झडपमा २० जना प्रहरीसमेत घाइते भएका छन् । नेपाल कोरिया मैैत्री नगरपालिका अस्पतालमा उपचार गराएका ७ जना डिस्चार्ज भएका छन् भने एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार केही बालबिज्याइँकर्ताले कुटपिट गरी घाइते बनाएर सुधारगृह तोडफोड गरी आगजनी गरेका थिए । गएराति नै दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो । प्रहरीले झडप नियन्त्रण गर्न खोज्दा सुधारगृहभित्रबाटै प्रहरीमाथि ढुंगामुडा भएको थियो ।

१ सय ६९ बालबिज्याइँकर्ता रहेको सुधारगृृहमा १८ वर्षभन्दा माथिका करिब ८४ जना रहेका प्रहरीले जनाएको छ । जसमा २४ जना बालिकासमेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । पार्टी मुख्यालय सानेपामा बसेको नवनिर्वाचित कार्यसमितिको बैठकले भावी प्रधानमन्त्री थापालाई तोकेर निर्वाचनमा होमिने निर्णय गरेको हो । केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीका रुपमा अघि सारेर जाने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले बताए । 'देशको प्रधानमन्त्री कसलाई बनाउने भन्नेमा मतदातालाई सजिलो होस् भनेर यस्तो निर्णय गरिएको हो,' ...
— कांग्रेस सभापति गगनकुमार थापाले उम्मेदवार चयनमा केही कमजोरी भएको भन्दै आगामी दिनमा यस्तो नहुने दाबी गरेका छन् । केन्द्रीय कार्यसमिति बैठकपछि पत्रकारसँग कुरा गर्दै थापाले माघ ४ गते उम्मेदवार छान्न थाल्नु र ६ गते दर्ता गर्नुपर्ने दबाबका कारण केही कमजोरी भएको स्वीकार्दै त्यसको जिम्मेवारी आफूले लिने बताए । ‘विशेष महाधिवेशनमा पेस गरेको दस्ताबेजअनुसार उम्मेदवार चयन गर्न ...
— एमाले उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको सार्वजनिक धारणाप्रति चिन्तित बनेको बताएका छन् । अध्यक्ष एवं आसन्न प्रतिनिधिसभा निर्वाचनमा झापा-५ का उम्मेदवार रहेका ओलीसँग कान्तिपुरले लिएको अन्तर्वार्ताको केही प्रसंगमा भट्टराईले असहमति प्रकट गरेका हुन् । आइतबार कान्तिपुरमा प्रकाशित अन्तर्वार्तामा ओलीले भनेका थिए, 'सुरेन्द्र पाण्डे र योगेश भट्टराईले जित्ने स्थिति रहेन यस पटक । बिन्दा पाण्डेको ...
— जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्लाभित्र व्यत्तिगत रुपमा राखिएका इजाजत पत्र प्राप्त तथा अवैध हातहतियार बुझाउन आग्रह गरेको छ। बिहीबार सार्वजनिक सूचना प्रकाशित गर्दै फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउनका लागि हातहतियार बुझाउन आग्रह गरिएको हो । जिल्ला प्रहरी वा नजिकको प्रहरी इकाईमा माघ २० गतेसम्म हातहतियार बुझाउन सूचना मार्फत आग्रह गरिएको छ ...
— इजाजतप्राप्त हातहतियार तथा गोलीगठ्ठाको विवरण पेश गर्न गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ । २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा रहेको मन्त्रालयको भवन जलेर ध्वस्त भएपछि गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै इजाजतप्राप्त हातहतियार तथा गोलीगठ्ठाको लगत संकलन गरी पेश गर्न निर्देशन दिएको हो । २४ भदौमा ...