मुख्य समाचार
चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले अन्तत: टिकटकको अधिकांश अमेरिकी स्वामित्व अमेरिकी लगानीकर्तालाई बेचेको छ
चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले अन्तत: टिकटकको अधिकांश अमेरिकी स्वामित्व अमेरिकी लगानीकर्तालाई बेचेको छ

— चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले अन्तत: टिकटकको अधिकांश अमेरिकी स्वामित्व अमेरिकी लगानीकर्तालाई बेचेको छ । झन्डै आधा दर्जन अमेरिकी लगानीकर्ताले टिकटकको कुल ८०.१ प्रतिशत स्वामित्व खरिद गरेका छन् ।

भिडियो सेयरिङ प्लाटफर्म, टिकटकमा अब बाइटडान्सको स्वामित्व १९.९ प्रतिशत मात्र छ । बाँकी स्वामित्व सिल्भर लेक, ओर्‍याकल र एमजीएक्स हरेकले १५ प्रतिशत र डेल फ्यामिली अफिस, युरी र जुलिया मिल्नरको भर्गो एलआई जस्ता अमेरिकी लगानीकर्ताले खरिद गरेका छन् । योसँगै अमेरिकाको टिकटक इकाइ बाँकी देशको भन्दा फरक भएको छ ।

अन्य सोसल मिडिया प्लाटफर्मको भन्दा फरक र प्रभावशाली मानिने टिकटकको अल्गोरिदम अमेरिकामा अब नयाँ तरिकाले तयार पारिने बीबीसीले जनाएको छ । अमेरिकी इकाइमा अमेरिकी प्रयोगकर्ताहरूको डेटा मात्र प्रयोग गरिनेछ, अन्य देशको डेटा मिसाइने छैन । ‘अधिकांश अमेरिकी स्वामित्व रहेको यस संयुक्त लगानीको कम्पनीले तोकिएको सुरक्षा मापदण्डभित्र रहेर काम गर्नेछ, यसले अमेरिकी प्रयोगकर्ताको डेटा सुरक्षा, अल्गोरिदम सुरक्षा, कन्टेन्ट मोडरेसन र सफ्टवेयर सुनिश्चितताका लागि विशेष ध्यान दिनेछ,’ बाइटडान्सले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

संयुक्त लगानीको नयाँ इकाइको नेतृत्व प्रमुख कार्यकारी अधिकृत एडम प्रेसेर, चिफ सेक्युरिटी अफिसर विल फ्यारेलले गर्ने सीएनएनले जनाएको छ । अमेरिकी टिकटकको बोर्ड सदस्यमा भने कम्पनीका सीईओ सोउ जी चिउ, ओर्‍याकल प्रमुखको सचिवालयका कार्यकारी उपाध्यक्ष केनेथ ग्लुएकलगायत रहने तय भएको छ ।

बाइटडान्सले अमेरिकामा रहेको आफ्नो सञ्चालन अमेरिकी लगानीकर्ताहरूलाई नबेचेको भन्दै सन् २०२५ को जनवरीमै यस एपमाथि केही दिन प्रतिबन्ध लगाइएको थियो । टिकटकसम्बन्धी अमेरिकी संघीय सरकारको कानुनलाई त्यहाँको सर्वोच्च अदालतले सदर गरेसँगै गत वर्षको जनवरी १९ मा अमेरिकामा केही घण्टा टिकटक चलेन । तर, जनवरी २० मा राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सपथ ग्रहण गरेकै दिन उनले टिकटकका लागि ९० दिनको समयसीमा थपिदिए ।

अमेरिकामा टिकटकसम्बन्धी विवाद सन् २०१९ देखि सुरु भएको हो । विशेषगरी प्रयोगकर्ताको डाटा सुरक्षा र चिनियाँ सरकारसँगको सम्बन्धलाई लिएर अमेरिकाले यसलाई ‘राष्ट्रिय सुरक्षा खतरा’ का रूपमा हेर्न थालेको थियो । आफ्नो पहिलो कार्यकालमा ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाउने पहिलो कार्यकारी आदेश जारी गरेका थिए । त्यो बेला उनले बाइटडान्सलाई ४५ दिनभित्र आफ्नो अमेरिकी व्यापार बिक्री गर्न अल्टिमेटम नै दिए ।

सो प्रतिबन्धविरुद्ध टिकटक अदालत गएपछि संघीय अदालतले ट्रम्पको उक्त आदेशलाई तत्काल कार्यान्वयन नगर्न ‘स्टे अर्डर’ जारी गर्‍यो । सन् २०२४ मा राष्ट्रपति जो बाइडेनले ‘प्रोटेक्टिङ अमेरिकन्स फ्रम फरेन एड्भर्सरी कन्ट्रोल्ड एप्लिकेसन एक्ट’ नामक कानुनमा हस्ताक्षर गर्दै टिकटकलाई आफ्नो अमेरिकी स्वामित्व बेच्न ९ महिनाको समय दिए । नबेचेमा २०२५ को जनवरी १९ देखि अमेरिकामा टिकटक पूर्ण रूपमा प्रतिबन्ध हुने व्यवस्था गरियो ।



जनवरी २० मा ट्रम्पले राष्ट्रपतिको सपथ लिने बेलामै उनले टिकटकमाथिको प्रतिबन्ध कार्यान्वयन मिति ७५ दिनसम्म स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरे । सन् २०२५ भर उनले कुल ४ पटक प्रतिबन्ध कार्यान्वयनको मिति सारेका थिए । अमेरिकामा १७ करोडभन्दा बढी प्रयोगकर्ता र लाखौँ साना व्यवसायीहरू टिकटकमा जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
काठमाडौं फिन्टेक र पीसीआई एसएससीको संयुक्त आयोजनामा माघ १४ गते काठमाडौंमा साइबर सुरक्षा तथा साइबर ठगी रोकथाम सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।
— सामाजिक सञ्जाल प्लाटफर्म ‘एक्स’ अवरुद्ध भएको छ । यो साता दोस्रोपटक भएको यस्तो समस्याले विश्वका हजारौं व्यक्ति प्रभावित भएको इकोनमिक टाइम्सले जनाएको छ । पछिल्लो एक घण्टायता नेपालसहित देशहरूमा एक्सका अपडेटहरू आएका छैनन् । इन्टरनेट प्लाटफर्महरूको आउटेज ट्रयाक गर्ने डाउन डिटेक्टर डटकमले शुक्रबार साँझ ७७ हजारभन्दा बढी प्रयोगकर्ताहरूले एक्समा समस्या आएको रिपोर्ट गरेको जनाएको छ । ...
फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो रियालिटी ल्याब्स विभागमा कार्यरत १ हजार भन्दा धेरै कर्मचारी हटाएको छ । मेटाले सन् २०२६ को सुरुवातमै उक्त बहुचर्चित विभागबाट १० प्रतिशतभन्दा बढी कर्मचारी हटाउने निर्णय गरेसँगै त्यसले चर्चा पाएको हो। रियालिटी ल्याब्स त्यही इकाइ हो, जसले भर्चुअल रियालिटी, मेटाभर्स र एक्सटेन्डेड रियालिटी जस्ता प्रविधिमा काम गर्दै आएको थियो। कम्पनीका संस्थापक तथा प्रमुख ...
: गोसाइँकुण्ड गाउँपालिका-५, स्याफ्रुबेसीमा मल्टी इनर्जी डेभलपमेन्ट प्रालिद्वारा निर्माण भएको २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनामा आइतबार प्राविधिक परीक्षण कार्य सुरु भएको छ। आयोजनाको बाँधस्थलको सफल परीक्षणपछि बालुवा थिग्राउने पोखरी, सुरुङ, पेन्स्टक लगायत आयोजनाअन्तर्गत निर्माण भएका संरचना तथा उपकरणहरूको चरणबद्ध प्राविधिक परीक्षण पुस २७ गतेदेखि सुरु भई परीक्षण सम्पन्न नहुँदासम्म निरन्तर जारी रहने आयोजनाले जनाएको ...
: विगु गाउँपालिका-१ को दुर्गम गाउँ लुमनाङमा बिजुली बत्ती बलेको छ। भौगालिक विकटता, कठोर मौसम, आधारभूत पूर्वधारका अभावमा जीवन बिताउँदै आएका लप्चीवासीको घरमा शुक्रबार रातिदेखि बिजुली बलेको हो। नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको कार्यक्षेत्र पर्ने विगु गाउँपालिका-१ को लुमनाङमा शुक्रबार रातीबाट बिजुली बलेको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको कार्यालय प्रमुख रोसनकुमार सिंहले बताए। ...