मुख्य समाचार
कर्णालीका १० जिल्लामा ३ सय ५१ मतदानस्थलका ४ सय ४१ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा
कर्णालीका १० जिल्लामा ३ सय ५१ मतदानस्थलका ४ सय ४१ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा

— फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेश प्रहरी कार्यालयले कर्णालीका १० जिल्लामा ३ सय ५१ मतदानस्थलका ४ सय ४१ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखेकाे छ।

कर्णालीका १ हजार ४ सय ३७ मतदान केन्द्रमध्ये ३ सय १ सामान्य र ६ सय ५१ संवेदनशील सूचीमा राखिएको छ।

प्रदेश प्रहरी प्रमुख डिआईजी माधवप्रसाद श्रेष्ठका अनुसार निर्वाचनमा प्रदेशभर १४ हजार ७ सय १९ जना प्रहरी परिचालन गर्ने तयारी भइरहेको छ ।

‘दुर्गम र हिमाली जिल्ला मात्र नभएर जहाँ अलि प्रभावशाली नेताहरु निर्वाचनमा उठेका छन् त्यहाँ अलि चुनौती नै हुन्छ,’ उनले भने, ‘यसपटक सबै मतदानस्थल सरकारी कार्यालयमा राख्ने तयारी गरेका छौं।’ मतदान केन्द्रमा सिसिटिभी राख्ने योजना पनि भइरहेको उनले बताए।

डिआईजी श्रेष्ठले कर्णालीका कतिपय स्थानमा सडकको अवस्था राम्रो नहुँदा समस्या निर्वाचन गराउन र मतपेटिका ल्याउन हुन सक्ने समस्यालाई मध्यनजर गरी तयारी भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कांग्रेसको केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठक विभिन्न पाँच निर्णय गर्दै सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिनेलगायत निर्णय गरेको प्रवक्ता देवराज चालिसेले बताए । बैठकमा महामन्त्री प्रदीप पौडेलले विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए । कांग्रेस बैठकका निर्णयहरु (१) २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा ...
— एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ५४ जना ६० वर्षभन्दामाथिका उमेर समूहका व्यक्तिलाई उम्मेदवार बनाएको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार एमालेका कूल उम्मेदवारमध्ये करिब ३३ प्रतिशत हिस्सा ६० वर्ष काटिसकेका नेताहरूको रहेको छ । ६० वर्षमाथिका यी ५४ जना उम्मेदवारहरू सबै पुरुष हुन् । यो उमेर समूहबाट एमालेले एक जना पनि महिलालाई ...
— कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । पार्टी मुख्यालय सानेपामा बसेको नवनिर्वाचित कार्यसमितिको बैठकले भावी प्रधानमन्त्री थापालाई तोकेर निर्वाचनमा होमिने निर्णय गरेको हो । केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीका रुपमा अघि सारेर जाने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले बताए । 'देशको प्रधानमन्त्री कसलाई बनाउने भन्नेमा मतदातालाई सजिलो होस् भनेर यस्तो निर्णय गरिएको हो,' ...
— कांग्रेस सभापति गगनकुमार थापाले उम्मेदवार चयनमा केही कमजोरी भएको भन्दै आगामी दिनमा यस्तो नहुने दाबी गरेका छन् । केन्द्रीय कार्यसमिति बैठकपछि पत्रकारसँग कुरा गर्दै थापाले माघ ४ गते उम्मेदवार छान्न थाल्नु र ६ गते दर्ता गर्नुपर्ने दबाबका कारण केही कमजोरी भएको स्वीकार्दै त्यसको जिम्मेवारी आफूले लिने बताए । ‘विशेष महाधिवेशनमा पेस गरेको दस्ताबेजअनुसार उम्मेदवार चयन गर्न ...
— एमाले उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको सार्वजनिक धारणाप्रति चिन्तित बनेको बताएका छन् । अध्यक्ष एवं आसन्न प्रतिनिधिसभा निर्वाचनमा झापा-५ का उम्मेदवार रहेका ओलीसँग कान्तिपुरले लिएको अन्तर्वार्ताको केही प्रसंगमा भट्टराईले असहमति प्रकट गरेका हुन् । आइतबार कान्तिपुरमा प्रकाशित अन्तर्वार्तामा ओलीले भनेका थिए, 'सुरेन्द्र पाण्डे र योगेश भट्टराईले जित्ने स्थिति रहेन यस पटक । बिन्दा पाण्डेको ...