मुख्य समाचार
कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले कांग्रेस बदलेर आएको भन्दै देश बदल्ने संकल्प गरेका छन्
कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले कांग्रेस बदलेर आएको भन्दै देश बदल्ने संकल्प गरेका छन्

— कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले कांग्रेस बदलेर आएको भन्दै देश बदल्ने संकल्प गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार पदबहाली गरेपछि पार्टीको माइन्यूट गर्ने रजिस्टरमा थापाले उक्त संकल्प गरेका हुन् । उनले लेखेका छन्, 'बदल्यौं कांग्रेस, बदल्छौं देश । यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी । हाम्रो केवल एक ध्येय छ- देशको समुन्नति ।'

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापालाई आगामी प्रतिनिधिसभा चुनावमा प्रधानमन्त्री पदको उम्मेदवार बनाएर जाने निर्णय गरेको छ । उक्त बैठकपछि थापाले सञ्चारकर्मीहरुसँग कांग्रेस विशेष महाधिवेशनबाट जनभावनाअनुसार बदलेर आएको बताए । उनले आगामी दिनमा देशको दिशा बदल्ने नीति लिने बताए ।

थापा गत पुस २७ देखि ३० सम्म भएको विशेष महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित भएका थिए । निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि पहिलोपटक शुक्रबार पार्टी कार्यालय पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रतिनिधिसभा सदस्यका लागि बैतडीमा स्वतन्त्र उम्मेदवारी दिएका तेजबहादुर चन्दले उम्मदवारी फिर्ता लिएका छन् । कांग्रेस उम्मेदवार चतुरबहादुर चन्दलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएका हुन्। चतुरबहादुर चन्दको पक्षमा मत माग्न पार्टीको निर्देशन अनुसार चुनावी अभियानमा सक्रिय बनेको तेजबहादुरले बताए । उनी कांग्रेसका महाधिवेशन प्रतिनिधि पनि हुन्। बैतडीमा कांग्रेसबाट चन्द, एमालेबाट दामोदर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीबाट परमानन्द भट्ट, ...
वसन्त पञ्चमीमा विद्यालयलाई ५० सेट डेस्क-बेन्च हस्तान्तरण
— उज्यालो नेपालबाट तनहुँ–२ मा उम्मेदवारी दिएका मनराज गुरुङले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालय शुक्लागण्डकी नगरपालिकामा गुरुङले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख विकास लम्सालले बताए । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँ–२ मा विभिन्न राजनीतिक दलका उम्मेदवार गरी १२ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
— राष्ट्रिय सभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश पेस गरेका छन् । मन्त्री अर्यालले ‘मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२’ पेस गरे । यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘राष्ट्रिय ...
— कांग्रेसको केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठक विभिन्न पाँच निर्णय गर्दै सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिनेलगायत निर्णय गरेको प्रवक्ता देवराज चालिसेले बताए । बैठकमा महामन्त्री प्रदीप पौडेलले विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए । कांग्रेस बैठकका निर्णयहरु (१) २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा ...