मुख्य समाचार
निवार्चनका लागि काभ्रेमा २ हजार २ सय ६९ जना निवार्चन प्रहरी माग भएकोमा २४ सय ९३ जनाले आवेदन
निवार्चनका लागि काभ्रेमा २ हजार २ सय ६९ जना निवार्चन प्रहरी माग भएकोमा २४ सय ९३ जनाले आवेदन

— फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निवार्चनका लागि काभ्रेमा निर्वाचन प्रहरी छनोट अर्न्तगत बिहीबार धुलिखेलमा निर्वाचन प्रहरीको लिखित परीक्षा र अन्तर्वार्ता सम्पन्न भएको छ।

निवार्चनका लागि काभ्रेमा २ हजार २ सय ६९ जना निवार्चन प्रहरी माग भएकोमा २४ सय ९३ जनाले आवेदन दिएका छन्। बिहीबार सम्पन्न भएको परीक्षामा २ हजार २ सय ८३ जना सहभागी भएको जिल्ला प्रहरीका सूचना अधिकारी डीएसपी रविन विष्टले जानकारी दिए । उनका अनुसार लिखित परीक्षा र अन्तर्वार्ताको नतिजा माघ १२ गते प्रकाशन गरिनेछ।

निर्वाचनको समयमा जिल्लामा सुरक्षा व्यवस्था कडा पारिने उनले बताए । उनका अनुसार निवार्चनका लागि जिल्लामा रहेका १८९ मतदानस्थलमध्ये २३ वटा अति संवेदनशील र ६५ संवेदनशील र १०१ मतदानस्थल सामान्य रहेका छन् ।

निर्वाचनका लागि नेपाल प्रहरी र मातहत रहने निर्वाचन प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिने उनले बताए। उनका अनुसार २४ सैं घण्टा मतदानस्थल र मतदान केन्द्रको निर्वाचनका लागि गस्ती हुनेछ भने निर्वाचन प्रहरी विशेष गरी मतदानस्थल र केन्द्रमा खटिनेछन् । जिल्लामा खटिने २ हजार २ सय ६९ जना निर्वाचन प्रहरीमध्ये नेपाल प्रहरीबाट ११ सय १५ र सशस्त्र प्रहरीबाट ३ सय ५० जना परिचालित हुनेछन् ।

जिल्लाका २ निर्वाचन क्षेत्रमा १ सय ८९ मतदानस्थल र ४ सय मतदान केन्द्र छन् । मतदानका बेला २४ सय कर्मचारी र १२ सय जना स्वंवयसेवक खटिने भएका छन् । प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक निर्वाचन अधिकृत, ३ जना सहायक निर्वाचन अधिकारी र १ जना सहयोगी रहनेछन् भने ३ जना स्वयंसेवक स्थानीय स्तरमा मतदान अधिकृतले नियुक्ति गर्नेछन् ।

यस पटकको निवार्चनमा पनि शिक्षकहरु खटिने छैनन् । ५ सय भन्दा धेरै मतदाता भएको केन्द्रमा ३ जना स्वयंसेवक र कम भएका केन्द्रमा २ जना स्वयंसेवक नियुक्ति गर्ने मापदण्ड कायम गरिएको छ ।

जिल्ला निर्वाचन अधिकृत दिनेश शिवाकोटीले जिल्लाका २ निर्वाचन क्षेत्रमा ३ लाख २६ हजार ६ सय ११ मतदातामध्ये १ लाख ६७ हजार ४ सय ९९ जना पुरुष र ५९ हजार १ सय १० महिला र २ जना अन्य रहेको जानकारी दिए । उनका अनुसार क्षेत्र नम्बर १ मा १ लाख ६१ हजार १ सय र क्षेत्र नम्बर २ मा १ लाख ६५ हजार ५ सय ११ मतदाता कायम छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ डेढ करोड मतपत्र छपाइ सम्पन्न भएको छ । अब ५० लाख मतपत्र छपाइ बाँकी रहेको निर्वाचन आयोगले जनाएको हो । यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ भइरहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भएलगत्तै पहिलो हुने ...
— प्रतिनिधिसभा सदस्यका लागि बैतडीमा स्वतन्त्र उम्मेदवारी दिएका तेजबहादुर चन्दले उम्मदवारी फिर्ता लिएका छन् । कांग्रेस उम्मेदवार चतुरबहादुर चन्दलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएका हुन्। चतुरबहादुर चन्दको पक्षमा मत माग्न पार्टीको निर्देशन अनुसार चुनावी अभियानमा सक्रिय बनेको तेजबहादुरले बताए । उनी कांग्रेसका महाधिवेशन प्रतिनिधि पनि हुन्। बैतडीमा कांग्रेसबाट चन्द, एमालेबाट दामोदर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीबाट परमानन्द भट्ट, ...
वसन्त पञ्चमीमा विद्यालयलाई ५० सेट डेस्क-बेन्च हस्तान्तरण
— उज्यालो नेपालबाट तनहुँ–२ मा उम्मेदवारी दिएका मनराज गुरुङले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालय शुक्लागण्डकी नगरपालिकामा गुरुङले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख विकास लम्सालले बताए । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँ–२ मा विभिन्न राजनीतिक दलका उम्मेदवार गरी १२ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
— राष्ट्रिय सभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश पेस गरेका छन् । मन्त्री अर्यालले ‘मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२’ पेस गरे । यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘राष्ट्रिय ...