मुख्य समाचार
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आसन्न निर्वाचनलाई सुरक्षित र भयहित रुपमा सम्पन्न गराउन आफूहरु प्रतिबद्ध रहेको बताए
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आसन्न निर्वाचनलाई सुरक्षित र भयहित रुपमा सम्पन्न गराउन आफूहरु प्रतिबद्ध रहेको बताए

— सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आसन्न निर्वाचनलाई सुरक्षित र भयहित रुपमा सम्पन्न गराउन आफूहरु प्रतिबद्ध रहेको बताएका छन् ।

आपराधिक र विध्वंसात्मक क्रियाकलाप नियन्त्रण गरी भयरहित वातावरण बनाउनु अपरिहार्य भएको र त्यसका लगि आफूहरु प्रतिबद्ध रहेको उनको भनाइ छ ।

सशस्त्र प्रहरीले स्थापनाको २५ औं वार्षिकोत्सवमा शुक्रबार आयोजित कार्यक्रममा अर्यालले सुरक्षित रुपमा चुनाव सम्पन्न गर्नु सबैको दायित्व रहेको बताए । अर्यालले सशस्त्र प्रहरी त्याग, समर्पण र बलिदानीसँग जोडिएको पनि बताएका छन् ।

उनले सशस्त्रले अन्तर्राष्ट्रिय सीमा सुरक्षा,आन्तरिक सुरक्षा, शान्ति मिसनलगायत क्षेत्रमा सशक्त रुपमा काम गरिरहेको छ पनि उनले बताए ।२५ औं सशस्त्र प्रहरी दिवस (रजत जयन्ती) का अवसमा आयोजित कार्यक्रममा महानिरीक्षक अर्यालले सीमालाई प्रविधिमैत्री बनाइँदै लगेको बताए । सीमावासीसँग सहकार्य गरेर सीमा सुरक्षामा काम भइरहेको पनि उनको भनाइ छ ।

आईजीपी अर्यालले वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै सीमा रक्षालाई आत्म सम्मान, निष्ठा र समर्पणबाट सम्पादन गर्नु आवश्यक रहेको पनि बताए ।

सशस्त्रले केही वर्षअघिदेखि सीमा क्षेत्रका विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति, कल्याणकारी कामलगायतमा पनि काम गरिरहेको छ । वार्षिककोत्सवकै अवसरमा सशस्त्रले वर्षभरि उत्कृष्ट काम गर्ने अधिकृत तथा जवान र विभिन्न क्षेत्र आबद्धहरुलाई पनि सम्मान पुरस्कार प्रदान गरेको छ ।

९ माघ २०५७ मा अध्यादेशमार्फत संगठन विधिवत स्थापना भएको दिनलाई सशस्त्रले स्थापना दिवसका रुपमा मनाउँदै आएको छ । सेना र नेपाल प्रहरीबाट जनशक्ति स्थानान्तरण गरी गठन भएको सशस्त्रमा हाल करिब ३७ हजार जनशक्ति कार्यरत छन् , सीमा सुरक्षा, सीमापार अपराधरोकथाम तथा नियन्त्रण, विपद व्यवस्थापन, आन्तरिक सुरक्षा लगायतमा खटिँदै आएको सशस्त्रले विभिन्न दर्जन बढी म्यानडेटसहित खटिएको छ ।



मूल रुपमा भारत र चीनतर्फ सीमा सुरक्षामा यो फौज अग्र भागमा रहेर तैनाथ छ । सरकारले यसको परिचालन, कार्यादेश र परिचालनलाई २५ वर्षअघिकै कानुनबाट सञ्चालन गरिरहेको छ । यो अवधिमा दर्जन बढीले नेतृत्व लिइसकेकामा कानुन संशोधन गरी जिम्मेवारीलाई समयअनुकूल बनाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— माघ ११ गते आइतबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले शुक्रबार आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदानका लागि सबै तयारी पूरा भएको प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उम्मेदवारको मनोनयनपत्र दर्ता, दाबी बिरोध, छानबिन, अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरणलगायतका कार्यसम्पन्न भएको उनले जानकारी ...
— सिरहाको मिर्चैया नगरपालिका-७ मा जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । तातृबोटबाट करिब १ किलोमिटर टाढा पर्ने टेनाखोला छेउमा शुक्रबार महिलाको शव भेटिएको हो । स्थानीयबाट जानकारी पाएपछि प्रहरीले घटनाको मुचुल्का गरी शव उठाएको छ । घटना सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । शव जलेको र कुहिएको अवस्थामा रहेकाले ...
— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ डेढ करोड मतपत्र छपाइ सम्पन्न भएको छ । अब ५० लाख मतपत्र छपाइ बाँकी रहेको निर्वाचन आयोगले जनाएको हो । यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ भइरहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भएलगत्तै पहिलो हुने ...
— प्रतिनिधिसभा सदस्यका लागि बैतडीमा स्वतन्त्र उम्मेदवारी दिएका तेजबहादुर चन्दले उम्मदवारी फिर्ता लिएका छन् । कांग्रेस उम्मेदवार चतुरबहादुर चन्दलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएका हुन्। चतुरबहादुर चन्दको पक्षमा मत माग्न पार्टीको निर्देशन अनुसार चुनावी अभियानमा सक्रिय बनेको तेजबहादुरले बताए । उनी कांग्रेसका महाधिवेशन प्रतिनिधि पनि हुन्। बैतडीमा कांग्रेसबाट चन्द, एमालेबाट दामोदर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीबाट परमानन्द भट्ट, ...
वसन्त पञ्चमीमा विद्यालयलाई ५० सेट डेस्क-बेन्च हस्तान्तरण