— जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्लाभित्र व्यत्तिगत रुपमा राखिएका इजाजत पत्र प्राप्त तथा अवैध हातहतियार बुझाउन आग्रह गरेको छ।
बिहीबार सार्वजनिक सूचना प्रकाशित गर्दै फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउनका लागि हातहतियार बुझाउन आग्रह गरिएको हो ।
जिल्ला प्रहरी वा नजिकको प्रहरी इकाईमा माघ २० गतेसम्म हातहतियार बुझाउन सूचना मार्फत आग्रह गरिएको छ । तोकिएको समयभित्र हातहतियार नुझाए कारवाही हुने पनि चेतावनी दिइएको छ ।