मुख्य समाचार
काठमाडौंस्थित द्वारिका फाउण्डेसनले हेटौंडा सामुदायिक आँखा अस्पताललाई उपकरण खरिद गर्न ३७ लाख रुपैयाँ सहयोग
काठमाडौंस्थित द्वारिका फाउण्डेसनले हेटौंडा सामुदायिक आँखा अस्पताललाई उपकरण खरिद गर्न ३७ लाख रुपैयाँ सहयोग

— काठमाडौंस्थित द्वारिका फाउण्डेसनले हेटौंडा सामुदायिक आँखा अस्पताललाई उपकरण खरिद गर्न ३७ लाख रुपैयाँ सहयोग गरेको छ।

होटल व्यवसायी द्वारिका श्रेष्ठको स्मृतिमा स्थापना गरिएको द्वारिका फाउण्डेसनकोतर्फबाट उनकी छोरी संगिता श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेकी हुन् ।

श्रेष्ठले शुक्रबार तिलगंगा आँखा अस्पतालका निर्देशक एव हेटौंडा सामुदायिक आँखा अस्पतालका संरक्षक सिद्धि श्रेष्ठ र हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रम्खु नेत्र विशेषज्ञ डा.सुनिल थकालीलाई ३६ लाख ९९ हजार ९ सय ९० रुपैयाँहस्तान्तरण गरिन्।

जलबिन्दु रोग पहिचान गर्ने उपकरण (भिजिवल फिल्ड) खरिद गर्नका लागि उक्त रकम उपलब्ध गराएको हो । उक्त उपकरणको अभावमा जलबिन्दुका विरामीलाई काठमाडौंको तिलगंगा अस्पतालमा पठाउनु पर्ने बाध्यता थियो। अब उक्त मेसिन ल्याएपछि यही रोग पहिचान गर्न सहज हुने डा. थकालीले बताए।

हेटौंडा उपमहानगरपालिका-१० टिसिएनमा २०६५ मंसिर ५ गते स्थापना गरिएको उक्त आँखा अस्पतालले अहिलेसम्म ८१ हजार जनाको मोतियाबिन्दुको शल्यक्रिया गरेर ज्योति फर्काउने काम गरेको छ। उक्त आँखा अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया गर्न भारतीय नागरिकहरु पनि आउने गरेका छन्। १७ वर्षसम्म शल्यक्रिया गरेकामध्ये २५ प्रतिशत भन्दा बढी भारतीय नागरिक रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फ्रान्सका स्वास्थ्य अधिकारीहरूले बिहीबार पहिलो पटक एक बिरामीमा शामोन्डा भाइरस भेटिएको पुष्टि गरेका छन्। उनीहरूले यो चरणमा सर्वसाधारणका लागि कुनै जोखिम नदेखिएको बताएका छन्। यो कीराबाट सर्ने भाइरस मुख्य रूपमा चौपाया र विशेष गरी गाईवस्तुमा लाग्छ। यो भाइरस साना कीराको टोकाइबाट सर्छ। फ्रान्स सरकारले अहिलेसम्म यसलाई मानिसमा नसर्ने भाइरस मान्दै आएको थियो। सुरुमा सङ्क्रमित भएपछि पछि ...
। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई विभिन्न पाँचबुँदे निर्देशन दिएको छ र बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थालाई पत्राचार गर्दै बीमितलाई अनावश्यक ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो । मन्त्रालयले बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न ...
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...
। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम