— कांग्रेसको केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठक विभिन्न पाँच निर्णय गर्दै सम्पन्न भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिनेलगायत निर्णय गरेको प्रवक्ता देवराज चालिसेले बताए । बैठकमा महामन्त्री प्रदीप पौडेलले विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए ।
कांग्रेस बैठकका निर्णयहरु
(१) २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्री उम्मेदवारका लागि नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गर्नु भएको प्रस्ताव र उपसभापति पुष्पा भुसालको गर्नु भएको समर्थनलाई कार्यसमितिको यो बैठक सर्वसम्मत पारित गर्दछ ।
(२) २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीका प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचार प्रसार समिति गठन
गर्ने ।
(३) नेपाली कांग्रेस केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि पार्टीका निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय कार्यालय भवन पुनर्निर्माण समिति गठन गर्ने निर्णय गर्दछ ।
(४) २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न उपसभापति पुष्पा भुसाललाई जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ ।
(५) नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय गर्दछ ।सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय