— उज्यालो नेपालबाट तनहुँ–२ मा उम्मेदवारी दिएका मनराज गुरुङले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय शुक्लागण्डकी नगरपालिकामा गुरुङले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख विकास लम्सालले बताए ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँ–२ मा विभिन्न राजनीतिक दलका उम्मेदवार गरी १२ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।