— प्रतिनिधिसभा सदस्यका लागि बैतडीमा स्वतन्त्र उम्मेदवारी दिएका तेजबहादुर चन्दले उम्मदवारी फिर्ता लिएका छन् ।
कांग्रेस उम्मेदवार चतुरबहादुर चन्दलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएका हुन्।
चतुरबहादुर चन्दको पक्षमा मत माग्न पार्टीको निर्देशन अनुसार चुनावी अभियानमा सक्रिय बनेको तेजबहादुरले बताए । उनी कांग्रेसका महाधिवेशन प्रतिनिधि पनि हुन्।
बैतडीमा कांग्रेसबाट चन्द, एमालेबाट दामोदर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीबाट परमानन्द भट्ट, रास्वपाबाट हरिमोहन भण्डारी, राप्रपाबाट भूपेन्द्रबहादुर चन्दलगायत ११ जना उम्मदेवार छन् । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष समेत रहेका कांग्रेस जिल्ला सभापति चन्द संसदीय निर्वाचनमा पहिलो पटक उम्मेदवार बनेका हुन् ।