: एन्फा राष्ट्रिय लिग २०८२ को आज भएका २ खेलमा श्री भगवती क्लब र सातदोबाटो युथ क्लबले जित निकालेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा श्री भगवती क्लबले जनजागृति युथ क्लबलाई ५–१ ले पराजित गरेको छ।
भगवती युथ क्लबका लागि शिशिर लेखिले २ गोल गरे। अजयी मार्टिन, सुवास बम र सिमान्त थापाले १–१ गोल गरे। जनजागृति युथ क्लबका लागि विक्रम थोकरले सान्त्वना गोल फर्काएका थिए।
त्यस्तै, आजको दोस्रो खेलमा सातदोबाटो युथ क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई १–० ले हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोको लागि फोडे फोफानाले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा खेलको ६१ औं मिनेटमा फोडेले गोल गरेका हुन्। यही गोल नै निर्णायक बनेको हो। आजको तेस्रो खेल लालिगुँरास एशोसियनसन र नेपाल पुलिस क्लबबीच दशरथ रंगशालामा साँझ ६:३० मा हुनेछ।