मुख्य समाचार
पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्नेमा जोड
पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्नेमा जोड

— नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ओखलढुंगा जिल्ला कमिटीलाई सामूहिक रूपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा स्वागत गर्दै संयोजक दाहालले मुलुकमा विद्यमान सङ्कटको समाधान गर्न आफ्नो पार्टी सक्षम रहेकाले निर्वाचनमा जनताले फेरि पनि एक नम्बरको पार्टीका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे । उनले देशलाई माया गर्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी रहेको जनतालाई बुझाउन सकेमा देशको पहिलो पार्टी बन्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ओखलढुंगा जिल्ला कमिटी सामूहिक रूपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित भएको हो । यहाँ शुक्रबार आयोजित कार्यक्रममा एमाले ओखलढुंगा जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा, उपसचिव राजीव कटुवाललगायतका पदाधिकारी तथा नेता कार्यकर्तासहित ३८ जना नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको हो ।

पार्टी नेतृत्वले आसन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्ला कमिटीको सिफारिस अवज्ञा गर्दै उम्मेदवार चयन गरेका कारण उनीहरूले पार्टी परित्याग गरी नेकपामा समाहित भएको घोषणा गरेका हुन् ।

पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट पार्टीको मूलधार भएको जनताले बुझेको दाबी गर्दै पार्टीले अवलम्बन गरेको समाजवादी विचार देशैभरि पुर्‍याएर लैजानुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय झण्डा ओडेर भोट माग्ने गतिबिधि गैरकानुनी र आपत्तिजनक रहेको बताएका छन्। धनकुटा लेडी जेसिसको सातौं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले जिल्ला समन्वय समिति धनकुटामा आयोजित कार्यत्रममा मुख्यमन्त्री कार्कीले भने, ‘निर्वाचनमा भोट माग्नका लागि राष्ट्रिय गरिमा झल्काउने सूर्यचन्द्र अंकित झण्डा प्रयोग गर्नु अनुचित हो ।’ चुनाव प्रचारका क्रममा ...
— हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका तीन स्थानीय तहबाट जाडो छल्न बे‌ंसी झरेका मतदाताको एकिन गर्न विवरण संकलन गरिने भएको छ । शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकाबाट जाडो छल्न, औषधिउपचारलगायत विभिन्न कामकालागि बे‌ंसी तथा सहरबजार झरेका मतदाताहरुको एकिन गर्न विवरण संकलन गरिने भएको हो। हिँउदे सुरु भएसँगै उपल्लो डोल्पाका कतिपय सर्वसाधारणहरु जाडो छल्न, औषधि ...
— सशस्त्र प्रहरी बल (एपीएफ) को लुम्बिनी प्रदेशस्थित विन्ध्यवासिनी वाहिनीले ‘उत्कृष्ट वाहिनी’ अवार्ड प्राप्त गरेको छ । सशस्त्र प्रहरीले २०८२ मा सातवटै प्रदेशका बाहिनीले सम्पादन गरेको कामको मूल्यांकनका आधारमा विन्ध्यवासिनी वाहिनी उत्कृष्ट बाहिनी बन्न सफल भएको हो । बलको २५ औं स्थापना दिवस तथा रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले बाहिनीका वाहिनीपति सशस्त्र प्रहरी ...
— नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आसन्न प्रतिनिधिसभाका लागि 'विद्रोही' उम्मेदवारी दिएका नेताहरूलाई निष्कासन गरेको छ । पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै उनीहरूलाई निष्कासन गरिएको संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । निष्कासन हुनेहरूमा हरिबोल गजुरेल (सिन्धुली), महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने अझै भन्न नसकिने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूमाथि सरकारले अपमान गरेको आरोप लगाए । 'झापाबाट फर्कंदा विमानस्थलमा सुन तस्कर हो कि जस्तो गरी चेकिङ गरेर हैरान पारियो । विदेश जाँदा पनि चिनेका ठाउँमा त्यस्तो गर्दैन । ...