— इन्टर मिलानले दुई गोलले पछाडि रहेको स्थिति उल्टाएर उत्कृष्ट पुनरागमन गर्दै शुक्रबार पिसालाई ६–२ ले हराएको छ ।
यससँगै इटालीको सिरी ए को शीर्ष स्थानमा छ अंकको अग्रता लिएको छ ।
सानसिरोमा भएको खेलमा स्टेफानो मोरेओको दुई गोलले पिसाले अविश्वसनीय अग्रता लिएको थियो । त्यसपछि पिटार जेलेन्सकी र लउटारो मार्टिनेजको गोलले खेल बराबरीमा आएको थियो ।
पिसो इस्पोसिटोको गोलले अग्रता लिएयता इन्टरका लागि फेडरिको डिमार्को, एन्गे योना बोनी र हेनरिक मिखाटेरियनले थप गोल गरे । यो जितपछि इन्टरको २२ खेलबाट ५२ अंक भएको छ । एसी मिलान ४६ अंकमा दोस्रोमा छ ।