— मौसममा आएको बदलीपछि भएको हिमपातका कारण मध्यपहाडी लोकमार्गको रुकुम पूर्व खण्डको आवतजावत अवरुद्ध भएको छ ।
शुक्रबार रातिदेखि पानी परेसँगै चिसो बढेको र त्यसपछि हिउँ परिरहेका कारण बिहानदेखी सवारी आवागमनमा अवरोध भएको हो ।
भुमे गाउँपालिका–१ पन्चासे देखी बागलुङको सिमाना पाथीहाल्नेसम्म करिब ३ इन्चजति हिउँ परेकाले सवारीसाधनहरुको आवागमनमा असर परेको जिल्ला प्रहरी प्रमुख डिएसपी उमाशकर प्रसाद यादवले जानकारी दिए ।
‘काठमाडौंबाट आएका बस तथा यताबाट गएका अरु सवारी साधनहरु अहिले दुवैतिर रोकिएका छन् । हल्का हिमपात जारी छ । प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको छ । अवस्था हेरेर सवारी पास गराउने कोसिस भइरहेको छ ।’