: नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेल र महेश्वर दाहालसहित ७ जनालाई पार्टीबाट निष्कासन गरेको छ । सिन्धुली–२ मा राजन दाहाललाई उमेदवार बनाएपछि विद्रोह गर्दै नेकपाका नेता दाहालले उम्मेदवारी दिएका थिए। उनले पार्टीले उम्मेदवारी फिर्ता गर्न दिएको निर्देशन नमानेको भन्दै संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सह-संयोजक माधवकुमार नेपालले अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासन गरेका हुन् ।
लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आएका नेता गजुरेलले पार्टी निर्णयविरुद्ध उभिँदै सिन्धुली-२ मा बागी उम्मेदवार खडा गरेपछि राजनीतिक माहोल तातेको हो। दाहाल प्रेस सेन्टरका पूर्वअध्यक्षसमेत हुन्।