मुख्य समाचार
गण्डकी प्रदेशले माल्दिभ्स भलिबल एसोसिएसनलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित
गण्डकी प्रदेशले माल्दिभ्स भलिबल एसोसिएसनलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित

— एनसेल छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा गण्डकी प्रदेशले माल्दिभ्स भलिबल एसोसिएसनलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिताको पुरुषतर्फ शनिबार सम्पन्न खेलमा गण्डकीले माल्दिभ्सलाई ३–० को सेटमा पराजित गरेको हो । खेलमा गण्डकीले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२१ ले जित्दै पूर्ण नियन्त्रण देखायो ।

यसअघि शुक्रबार पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) सँग ३–१ को सेटमा पराजित भएको गण्डकीका लागि यो प्रतियोगिताको पहिलो सफलता हो । उता माल्दिभ्स भने लगातार दोस्रो खेलमा पराजय भोग्न बाध्य भयो । यसअघि माल्दिभ्स त्रिभुवन आर्मी क्लबसँग ३–० को सेटमा पराजित भएको थियो ।

शनिबार नै महिलातर्फ सम्पन्न खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएको छ । महिलातर्फकै अर्को खेलमा एपीएफले थाइल्यान्ड क्विन्सलाई ३–२ को सेटमा रोमाञ्चक रूपमा पराजित गर्‍यो ।

शनिबारको अन्तिम खेलमा पुरुषतर्फ नेपाल पुलिस क्लब र पर्वत भलिबल संघबीच प्रतिस्पर्धा जारी छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चेल्सी इंग्लिस एफए कप फुटबलको फाइनलमा पुगेको छ । आइतबार बेलुका सम्पन्न सेमिफाइनलमा लिड्स युनाइटेडलाई हराउँदै चेल्सी फाइनल पुगेको हो । वेम्ब्ली स्टेडियममा भएको खेलमा चेल्सीले लिड्सलाई १–० ले पराजित गर्‍यो । खेलको २३औं मिनेटमा एनजो फर्नान्डेजले गरेको गोल नै चेल्सीको जितमा निर्णायक बन्यो । अब चेल्सीले उपाधिका लागि म्यान्चेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ । सिटीले शनिबार राति ...
: नेपालले युएईलाई ८ विकेटले पराजित गरेको छ। टियु क्रिकेट मैदानमा ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरेपछि नेपालले विजय सुनिश्चित गरेको हो। युएईले दिएको १२९ रनको विजयी लक्ष्य नेपालले १५.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि भुर्तेल ८४ रनमा अविजित रहे। ५७ बल खेलेका उनले १२ चौका र २ छक्का प्रहार गरे। त्यस्तै कुशल ...
: अनिल कुमार शाहको कप्तानीमा ओमनसँग खेल्ने नेपालको ‘ए’ टिम घोषणा भएको छ। खेल अप्रिल २२ र २४ मा हुने छ। टिममा त्रितराज दास, देव खनाल, इसान पाण्डे, सन्दीप जोरा, कुशल मल्ल, सन्तोष यादव, रसिद खान, हेमन्त धामी, रिजन ढकाल, आकास चन्द, युवराज खत्री र शेर मल्ल रहेका छन्।
: नेपाल युएईसँग ६ विकेटले पराजित भएको छ। टियु क्रिकेट मैदानमा भएको टी-२० प्रतियोगितामा नेपाल ६ विकेटले पराजित भएको हो। टस जितेर ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा १२२ रन बनाएपछि खेल वर्षाले प्रभावित पारेको थियो। त्यसपछि १० ओभरमा युएईले ७८ रनको लक्ष्य पाएको थियो। युएईले ८.५ मा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो। युएईका लागि कप्तान मोहम्म ...
: संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकप फुटबलका खेल भारतमा हेर्न नपाइने भएको छ। आगामी जुन ११ देखि जुलाई १९ सम्म आयोजना हुने विश्वकपको ब्रोडकास्टिङ खरिद गर्न कुनै पनि भारतीय कम्पनीले चासो नदेखाएपछि भारतीयले विश्वकपका खेल हेर्न नपाउने सम्भावना बढेको हो। विश्वकप फुटबलको ब्रोडकास्टिङ राइटको मूल्य महँगो भएको गुनासो बढेपछि ...