मुख्य समाचार
अमेरिकामा हिमपातका कारण जनजीवन प्रभावित
अमेरिकामा हिमपातका कारण जनजीवन प्रभावित

— अमेरिकामा हिमपातका कारण जनजीवन प्रभावित भएको छ । ५० राज्यमध्ये ३० वटा राज्यमा भारी हिमपात, हिमआँधी, बरफ र बर्सातका कारण जनजीवन प्रभावित भएको हो ।

शुक्रबारबाट तीन दिनसम्म अमेरिकाका ३० वटा राज्यमा निरन्तर हिमपातसँगै आँधी, वर्षाका कारण १८ करोडको जनजीवन प्रभावित हुने द नेसनल वेदर सर्भिस (एनडब्लूएस) ले जनाएको छ । ‘उत्तरी क्षेत्रमा भारी हिमआँधी र दक्षिणी क्षेत्रमा हिमपातसँगै वर्षापछि तापक्रम माइनसमा झर्ने हुनाले बरफ जम्ने र सवारीसाधन चलाउन, हिँडडुल गर्न अत्यन्त समस्या हुने भएकाले जनजीवन प्रभावित हुनेछ,’ एनडब्लूएसले सूचना जारी गर्दै उल्लेख गरेको छ, ‘करिब १८ करोड बासिन्दालाई प्रभाव पार्ने प्रतिकूल मौसमबाट बच्न र समयमै सुरक्षित रहन अनुरोध गरिन्छ ।’

निरन्तर तीन दिनमा न्युयोर्क, वासिङ्टन डीसी, बोस्टन, मेरिल्यान्ड राज्यमा ८ देखि १२ इन्चसम्म हिमपातसँगै हिमआँधीले प्रभाव पार्न सक्ने एनडब्लूएसको अनुमान छ । स्थानीय समयअनुसार शनिबार दिउँसोसम्म स्नोसेन्ट लुइसबाट, इन्डियानापोलिस हुँदै, सिनसिनाटी, चार्ल्सटन, वस्ट भर्जिनियासम्म हिमपात र टेक्सस, लुइसियाना, मेम्फिस, टेनेसी, नर्थ क्यारोलिनामा हिउँ मिश्रित बर्षात हुने अनुमान गरिएको छ ।

जनजीवन प्रभावितसँगै प्रतिकूल मौसमको पूर्वअनुमान गर्दै १७ वटा राज्यले आपतकालीन अवस्था घोषणा गरेका छन् भने फेडेरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) ले तय भइसकेका तीन दिनसम्मका उडान रद्द गरेको छ । राजधानी वासिङ्टन डीसीसँगै अलाबामा, अर्कान्सस, जर्जिया, क्यानसस, केन्टकी, लुजियाना, मेरिल्यान्ड, मिसिसिपी, मिसौरी, न्युजर्सी, न्युयोर्क, नर्थ क्यारोलाइना, पेनसिल्वेनिया, साउथ क्यारोलाइना, टेनेसी, टेक्सस र भर्जिनिया राज्यले आपतकालीन अवस्था घोषणा गरिसकेका छन् ।

एफएएले ३० राज्यमा उडान हुने तीन दिनसम्मका ८ हजार ३ सय बढी उडान रद्द गरेको हो । शुक्रबारका ६ सय ४०, शनिबारका ३ हजार १ सय आइतबारका ३ हजार ६ सय उडान रद्द गरिएको एफएएले जनाएको अमेरिकी सञ्चारमाध्यम एबीसी न्युजले जनाएको छ ।


यसअघि सन् २०२२ मा हिमआँधीका कारण ३८ जनाको मृत्यु भएको थियो । त्यसबेला कान्सास, नेब्रास्का, ओहायो, न्युयोर्क, ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी राज्यका बासिन्दा हिमआँधीबाट प्रभावित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त ...
: ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि ...
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम