मुख्य समाचार
अमेरिकामा हिमपातका कारण जनजीवन प्रभावित
अमेरिकामा हिमपातका कारण जनजीवन प्रभावित

— अमेरिकामा हिमपातका कारण जनजीवन प्रभावित भएको छ । ५० राज्यमध्ये ३० वटा राज्यमा भारी हिमपात, हिमआँधी, बरफ र बर्सातका कारण जनजीवन प्रभावित भएको हो ।

शुक्रबारबाट तीन दिनसम्म अमेरिकाका ३० वटा राज्यमा निरन्तर हिमपातसँगै आँधी, वर्षाका कारण १८ करोडको जनजीवन प्रभावित हुने द नेसनल वेदर सर्भिस (एनडब्लूएस) ले जनाएको छ । ‘उत्तरी क्षेत्रमा भारी हिमआँधी र दक्षिणी क्षेत्रमा हिमपातसँगै वर्षापछि तापक्रम माइनसमा झर्ने हुनाले बरफ जम्ने र सवारीसाधन चलाउन, हिँडडुल गर्न अत्यन्त समस्या हुने भएकाले जनजीवन प्रभावित हुनेछ,’ एनडब्लूएसले सूचना जारी गर्दै उल्लेख गरेको छ, ‘करिब १८ करोड बासिन्दालाई प्रभाव पार्ने प्रतिकूल मौसमबाट बच्न र समयमै सुरक्षित रहन अनुरोध गरिन्छ ।’

निरन्तर तीन दिनमा न्युयोर्क, वासिङ्टन डीसी, बोस्टन, मेरिल्यान्ड राज्यमा ८ देखि १२ इन्चसम्म हिमपातसँगै हिमआँधीले प्रभाव पार्न सक्ने एनडब्लूएसको अनुमान छ । स्थानीय समयअनुसार शनिबार दिउँसोसम्म स्नोसेन्ट लुइसबाट, इन्डियानापोलिस हुँदै, सिनसिनाटी, चार्ल्सटन, वस्ट भर्जिनियासम्म हिमपात र टेक्सस, लुइसियाना, मेम्फिस, टेनेसी, नर्थ क्यारोलिनामा हिउँ मिश्रित बर्षात हुने अनुमान गरिएको छ ।

जनजीवन प्रभावितसँगै प्रतिकूल मौसमको पूर्वअनुमान गर्दै १७ वटा राज्यले आपतकालीन अवस्था घोषणा गरेका छन् भने फेडेरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) ले तय भइसकेका तीन दिनसम्मका उडान रद्द गरेको छ । राजधानी वासिङ्टन डीसीसँगै अलाबामा, अर्कान्सस, जर्जिया, क्यानसस, केन्टकी, लुजियाना, मेरिल्यान्ड, मिसिसिपी, मिसौरी, न्युजर्सी, न्युयोर्क, नर्थ क्यारोलाइना, पेनसिल्वेनिया, साउथ क्यारोलाइना, टेनेसी, टेक्सस र भर्जिनिया राज्यले आपतकालीन अवस्था घोषणा गरिसकेका छन् ।

एफएएले ३० राज्यमा उडान हुने तीन दिनसम्मका ८ हजार ३ सय बढी उडान रद्द गरेको हो । शुक्रबारका ६ सय ४०, शनिबारका ३ हजार १ सय आइतबारका ३ हजार ६ सय उडान रद्द गरिएको एफएएले जनाएको अमेरिकी सञ्चारमाध्यम एबीसी न्युजले जनाएको छ ।


यसअघि सन् २०२२ मा हिमआँधीका कारण ३८ जनाको मृत्यु भएको थियो । त्यसबेला कान्सास, नेब्रास्का, ओहायो, न्युयोर्क, ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी राज्यका बासिन्दा हिमआँधीबाट प्रभावित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...