मुख्य समाचार
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय झण्डा ओडेर भोट माग्ने गतिबिधि गैरकानुनी र आपत्तिजनक रहेको बताए
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय झण्डा ओडेर भोट माग्ने गतिबिधि गैरकानुनी र आपत्तिजनक रहेको बताए

— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय झण्डा ओडेर भोट माग्ने गतिबिधि गैरकानुनी र आपत्तिजनक रहेको बताएका छन्।

धनकुटा लेडी जेसिसको सातौं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले जिल्ला समन्वय समिति धनकुटामा आयोजित कार्यत्रममा मुख्यमन्त्री कार्कीले भने, ‘निर्वाचनमा भोट माग्नका लागि राष्ट्रिय गरिमा झल्काउने सूर्यचन्द्र अंकित झण्डा प्रयोग गर्नु अनुचित हो ।’

चुनाव प्रचारका क्रममा विभिन्न पार्टीहरुले राष्ट्रिय झण्डाको दुरुपयोग गरेको भन्दै कार्कीले राष्ट्रिय एकता र प्रतिकको अवमूल्यन भएको जनाए । भने, ‘नेपालीको साझा प्रतिकका रुपमा रहेको राष्ट्रिय झण्डा ओढेर भोट माग्ने, व्यक्तिका घर, सार्वजनिक प्रतिष्ठान, सम्पत्तीमा आगजनी गर्ने काम कुनै पनि हालतमा क्षम्य हुँदैन् ।’

राष्ट्रिय झण्डाको दुरुपयोगले राष्ट्रिय एकता, लोकतन्त्र र सामाजिक सद्भावमाथि नकारात्मक असर पार्ने र यसको नियन्त्रण आवश्यक रहेको बताए । सम्बोधनका क्रममा उनले जेन–जी अभियानका क्रममा मारिएकालाई सहिद घोषणा गरिएको भन्दै उनले असन्तुष्टि पोखे । उनले भने, ‘राष्ट्रिय झण्डा ओढेर चोर्न गयो, झण्डा पनि जलायो, आफू पनि जल्यो त्यस्तालाई सरकारले सहिद घोषणा गरेको छ ।’

उनले थपे ‘तपाईको घर चोर्न आउनेलाई तपाइले प्रतिकार गर्नुहुन्छ, महिलामाथि व्यभिचार गर्ने प्रतिकारमा मारिन्छ र त्यसलाई सहिद घोषणा गरिन्छ भने तपाईलाई कस्तो लाग्छ ?'

यस्ता प्रवृतिको अन्त्य गर्न नैतिक र चरित्रवान युवायुवतीलाई गाउँगाउँमा संगठित गर्नुपर्ने उनको भनाई छ ।
जेन–जी प्रदर्शनका क्रममा राष्ट्रिय झण्डा ओढेर उपद्रो गर्दा, चोरी गर्दा ज्यान गुमाएकाहरुलाई सरकारले सहिद घोषणा गरेको भन्दै उनले त्यसको आलोचना गरे ।

भदौ २३ र २४ मा बालबालिका र नवयुवालाई प्रयोग गरेर अवसरवादी तत्वहरुले बिध्वंश मच्चाएको उनको भनाई छ । भने, ‘सामाजिक सञ्जालमा लेखेर माइतीघरमा बालबालिकालाई बोलाएर, उक्साएर, उत्तेजित बनाएर आगो लगाउन लाए । यो जेनजी भाईबहिनीले गरेका थिएनन् । तर प्रहरीको गोली लागेर उनीहरुको मृत्यु भयो, यो दुखद् छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले देश जलाउने र बनाउनेबीचको लडाइँ देखिएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरु देश बनाउने काममा जुटेको दाबी गरे । नयाँका नाममा आएका पार्टीहरुको कुनै गन्तव्य नभएको पनि उनले आरोप लगाए । 'केका लागि कुदेको, केका लागि अरुको चरित्र हत्या गरेको त्यो पनि थाा ...
— हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका तीन स्थानीय तहबाट जाडो छल्न बे‌ंसी झरेका मतदाताको एकिन गर्न विवरण संकलन गरिने भएको छ । शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकाबाट जाडो छल्न, औषधिउपचारलगायत विभिन्न कामकालागि बे‌ंसी तथा सहरबजार झरेका मतदाताहरुको एकिन गर्न विवरण संकलन गरिने भएको हो। हिँउदे सुरु भएसँगै उपल्लो डोल्पाका कतिपय सर्वसाधारणहरु जाडो छल्न, औषधि ...
— सशस्त्र प्रहरी बल (एपीएफ) को लुम्बिनी प्रदेशस्थित विन्ध्यवासिनी वाहिनीले ‘उत्कृष्ट वाहिनी’ अवार्ड प्राप्त गरेको छ । सशस्त्र प्रहरीले २०८२ मा सातवटै प्रदेशका बाहिनीले सम्पादन गरेको कामको मूल्यांकनका आधारमा विन्ध्यवासिनी वाहिनी उत्कृष्ट बाहिनी बन्न सफल भएको हो । बलको २५ औं स्थापना दिवस तथा रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले बाहिनीका वाहिनीपति सशस्त्र प्रहरी ...
— नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आसन्न प्रतिनिधिसभाका लागि 'विद्रोही' उम्मेदवारी दिएका नेताहरूलाई निष्कासन गरेको छ । पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै उनीहरूलाई निष्कासन गरिएको संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । निष्कासन हुनेहरूमा हरिबोल गजुरेल (सिन्धुली), महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने अझै भन्न नसकिने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूमाथि सरकारले अपमान गरेको आरोप लगाए । 'झापाबाट फर्कंदा विमानस्थलमा सुन तस्कर हो कि जस्तो गरी चेकिङ गरेर हैरान पारियो । विदेश जाँदा पनि चिनेका ठाउँमा त्यस्तो गर्दैन । ...