मुख्य समाचार
इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी व्यक्ति अझै बेपत्ता
इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी व्यक्ति अझै बेपत्ता

— इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन् ।

भारी वर्षापछि शनिबार बिहान २: ३० बजे पश्चिम बाण्डु्ग जिल्लामा पहिरो गएको थियो । यसले धेरै घरमा क्षति पुगेको छ ।

इन्डोनेशियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) का प्रवक्ताले भने, 'शनिबार विहान पश्चिम जाभा प्रान्तको पश्चिम बाण्डुंग जिल्लामा पहिरो गएको छ, जसमा सात जनाको मृत्यु भएको छ ।

शनिबार बिहान १०ः३० बजेसम्म दर्जनौं बासिन्दा सुरक्षित फेला परेका छन्, तर ८३ जनाको खोजी अझै जारी छ ।'

इन्डोनेसियामा वर्षायाम (अक्टोबरदेखि मार्चसम्म) मा बाढी र पहिरो सामान्य समस्या हुन् ।


गत वर्षको अन्त्यतिर दक्षिण र दक्षिणपूर्वी एसियामा आएको उष्णकटिबंधीय आँधी र तीव्र मनसुन वर्षाले इन्डोनेसियाको सुमात्रा र श्रील्काका पहाडी क्षेत्रमा घातक बाढी र पहिरो ल्याएको थियो।
सुमात्रा बाढीमा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो भने दुई लाख ४० हजार भन्दा बढी विस्थापित भएका थिए ।

वातावरणीय विज्ञ र विज्ञहरूले वनक्षयले बाढी र पहिरो बढाउन भूमिका खेलेको बताएका छन्, जसले गाउँमा माटोको बहाव ल्यायो । यसै कारण सरकारले यस हप्तामा सुमात्रामा रहेका बन, खानी र जलविद्युत कम्पनीहरूको २४ भन्दा बढी अनुमति रद्द गरेको छ । यसैबीच, यस महिनामा इन्डोनेसियाको सियाउ टापुमा आएको भारी वर्षाले छिटो बाढी ल्याएको थियो, जसमा कम्तीमा १६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकाको हवाई यातायात प्रणाली सामान्य अवस्थामा फर्कनका लागि कम्तीमा आइतबार रातिसम्म प्रतिक्षा गर्नुपर्ने सङ्घीय उड्डयन प्रशासन (एफएए) का प्रमुख ब्रायन बेडफोर्डले बताएका छन् । नियमित मर्मतसम्भारका क्रममा भएको प्राविधिक त्रुटिका कारण शुक्रबार देशभरका उडानहरू ठप्प भएका हुन् । हवाई उडानसम्बन्धी तथ्याङ्क राख्ने वेबसाइट फ्लाइटअवेयरका अनुसार शनिबार रातिसम्म अमेरिकामा ६ हजार ४ सयभन्दा बढी ...
: म्यानमाको पश्चिमी राज्य राखाइनमा गृहयुद्धका कारण विस्थापित मानिसहरू बस्दै आएको शिविरमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा पाँच वर्षीय बालकसहित १८ जना घाइते भएका छन् । शनिबार प्रत्यक्षदर्शी तथा उद्धारकर्मीले दिएको जानकारीअनुसार शुक्रबार साँझ सितवेबाट उत्तरपूर्वमा पर्ने पोन्नाग्युन टाउनसिपस्थित ‘ब्यार ला’ विस्थापित शिविरमा आक्रमण भएको हो । आक्रमणमा महिला तथा ...
: गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणको पाकिस्तानसहित १८ मुस्लिम देशले कडा निन्दा गरेका छन् । शनिबार कतारको विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको संयुक्त विज्ञप्तिमा ती देशले आक्रमणको विरोध गर्दै यसलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भनेका छन् । बीबीसीका अनुसार विज्ञप्तिमा १८ देशका विदेशमन्त्रीले हस्ताक्षर गरेका छन् । संयुक्त विज्ञप्तिमा ...
: अमेरिकाको हवाई ट्राफिक नियन्त्रण प्रणालीमा सञ्चारसम्बन्धी समस्या देखिएपछि देशभरका सबै हवाई उडान रोकिएका छन् । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले शुक्रबार असाधारण परिस्थिति र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्मका लागि सबै उडान रोक्ने आदेश दिएको हो । एफएएका अनुसार देशभर उडान सञ्चालन गर्ने विमानहरूको निगरानी तथा व्यवस्थापन गर्ने एयर रुट ट्राफिक कन्ट्रोल ...
: इन्डियन प्रिमियर लिग (आईपीएल) का संस्थापक तथा पूर्व अध्यक्ष ललित मोदीले बेलायती नागरिकता प्राप्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले बेलायती नागरिकता पाएको जानकारी दिँदै खुसी व्यक्त गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले शनिबार अक्सफोर्ड युनिभर्सिटीमा आयोजित कार्यक्रममा आफूले बेलायती नागरिकता प्राप्त गरेको खुलासा गरेका हुन् । उनले गत सेप्टेम्बर १५ मै नागरिकता ...