मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई चीनसँगको व्यापार सम्झौता अघि नबढाउन चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई चीनसँगको व्यापार सम्झौता अघि नबढाउन चेतावनी

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई चीनसँगको व्यापार सम्झौता अघि नबढाउन चेतावनी दिएका छन् । व्यापार सम्झौता अघि बढाए क्यानडाबाट अमेरिकामा आउने सामाग्रीमा एक समय प्रतिशत कर लगाउने धम्की उनले दिएका छन् ।

जवाफमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नेले स्वदेशी सामान प्रयोग गर्न आव्हान गरेका छन् । ‘हामी क्यानडियन सामाग्री किन्ने छौं । हामी क्यानडालाई बनाउनेछौं,’ शनिबार उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हाम्रो अर्थतन्त्रलाई विदेशबाट चुनौती छ । क्यानेलीहरुले ध्यान दिनुपर्छ : हामी के कुरा नियन्त्रण गर्नसक्छौं ।’

यसअघि सामाजिक सञ्जालमा ट्रम्पले क्यानडाले चीनसँग सम्झौता गरेमा तत्कालै भन्सार शुल्क वृद्धि लागु हुने दाबी गरेका थिए । जबकी, क्यानडाले एक साताअघि नै चीनसँग व्यापार सम्झौता गरिसकेको छ । यस विषयमा ह्वाइटहाउसले थप टिप्पणी गरेको छेन ।

सामाजिक सञ्जालमा ट्रम्पले लेखेका थिए, ‘यदी कार्नेले क्यानेडालाई चीनबाट आउने सामाग्री थन्काउने बन्दरगाह (ड्रप अफ पोर्ट) बनाउने र ती सामाग्री अमेरिकामा पठाउने सोचेका छन् भने उनी गलत छन् ।’

गत वर्ष ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेर आएपछि क्यानडाबाट आउने सामाग्रीमा भन्सार शुल्क बढाएका थिए । त्यसपछि क्यानडाले बिस्तारै व्यापारको नयाँ विकल्पबारे सोच्न थालेको थियो । उसले चीनसँग सन् २०१८ देखि बिग्रिएको सम्बन्धलाई ट्रयाकमा ल्याउँदै गत साता नयाँ व्यापार सम्झौता ग¥यो । जसअनुसार चीनबाट आउने विद्युतीय गाडीमा क्यानडाले लगाउँदै आएको कर घटाइयो । बदलामा, चीनले पनि क्यानडोबाट आउने कृषिजन्य उत्पादनमा भन्सार शुल्क कम गर्यो‍ ।


क्यानडा–अमेरिका व्यापार मामिला हेर्ने मन्त्री डोमिनिक लेब्लान्कले चीन र क्यानडाबीच धेरै सवालहरुमा समझदारी बनेको बताए । तर, स्वतन्त्र व्यापार सम्झौताको कुनै योजना नरहेको उनले बताए ।

ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने आफ्नो सोचले नाटो गठबन्धनमा संकट निम्तिएका बेला ट्रम्पले क्यानडाविरुद्ध यस्तो चेतावनी दिएका हुन् । यसै साता स्विचरल्यान्डको डाभोसमा भएको विश्व आर्थिक फोरमको बैठकमा उनले भनेका थिए, ‘अमेरिकाले भएकाले नै क्यानडा बाँचेको छ ।’



जवाफमा कार्नेले भनेका थिए, ‘ विश्वले तानाशाही प्रवृत्तिसँग बाँधिरहनुपर्ने बाध्यता छैन, क्यानडा यसको उदाहरण हो । अमेरिका भएकाले क्यानडा बाँचेको होइन । हामी क्यानडेली भएकाले फक्रिएको हो ।’

यसपछि रिसाएका ट्रम्पले गाजा संकट समाधानका लागि बनाएको ‘शान्ति कमिटी’ मा बस्न कार्नीलाई गरिएको पूर्व निमन्त्रणा खारेज गरेको बताएका थिए । ट्रम्पले पटक–पटक क्यानडाको सार्वभौमसत्ताको अवमुल्यन गर्दै आएका छ्न । उनले केही समयअघि क्यानडालाई अमेरिकाको ५१ औं राज्य बन्न आग्रह गरेका थिए । गत सातामात्रै उनले सामाजिक सञ्जालमा एआई निर्मित अमेरिकाको नयाँ नक्सा राखेका थिए । जसमा क्यानडा, भेनेजुएला, ग्रिनल्यान्ड र क्युवामा अमेरिकाको झन्डा अंकित थियो ।

शनिबार आफ्नो यही आक्रामक स्वभावलाई ट्रम्पले फेरि एकपटक उजागर गरे । उनले कार्नेलाई ‘गभर्नर कार्ने’ भनेर सम्बोधन गरे । यसअघि पूर्व क्यानडेली प्रधानमन्त्री ‘जस्टिन ट्रुडो’लाई पनि उनले यसरी नै सम्बोधन गरेका थिए ।

मोन्ट्रियल लस्थित म्याकगिल विश्वविद्यालयका राजनीतिक शास्त्रका प्रोफेसर डेनियल बिलान्द ट्रम्पको हेपाहा प्रवृत्ति कायमै रहेको बताउँछन् । ‘सुरुवाती दिनमा ट्रम्पले ट्रुडोको दाँजोमा कार्नेलाई केही सम्मान देखाएजस्तो देखिथ्यों । तर अहिले कार्नेको चीन भ्रमण र डाभोसमा उनले दिएको उत्कृष्ट भाषणपछि ट्रम्प चिढिएका छन् । उनी आफ्नै चरित्रमा फर्किएका छन् र पहिलेजस्तै गाली दिन थालेका छन्,’ उनले भने ।

ट्रम्प नेतृत्वको अमेरिकालाई काउन्टर दिनसक्ने नेताका रुपमा कार्ने उदाएका छन् । डाभोसमा ट्रम्पभन्दा पहिले उनले भनेका थिए, ‘मध्यम स्तरका शक्तिहरुले मिलेर का मगर्नुपर्छ । किनकी, यदी तपाई टेबुलमा बस्नुभएन भने मेनुमै सिमित रहनुपर्छ ।’ उनले ठूला शक्तिहरुले दिने दबाबबारे भनेका थिए । भाषणले उनको चौतर्फी प्रशंसा भएको छ ।

तर, ट्रम्प कार्नेसँग चिढिएका छन् । उनले शनिबार सामाजिक सञ्जालमा लेखे, ‘चीनले क्यानडालाई जिउँदै निल्नेछ । पूर्ण उपभोग गर्नेछ । उनीहरुको व्यवसाय, समाज र जीनजीवनमै विध्वंश निम्त्याउनेछ ।’ अर्को पोस्टमा फेरि उनले लेखे, ‘दुनियाँले चाहेको अन्तिम कुरा चीनले क्यानेडा लेओस् भन्ने हो । यो हुनेवाला छैन । यसको कुनै छाँट पनि देखिनेवाला छैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...