मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई चीनसँगको व्यापार सम्झौता अघि नबढाउन चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई चीनसँगको व्यापार सम्झौता अघि नबढाउन चेतावनी

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई चीनसँगको व्यापार सम्झौता अघि नबढाउन चेतावनी दिएका छन् । व्यापार सम्झौता अघि बढाए क्यानडाबाट अमेरिकामा आउने सामाग्रीमा एक समय प्रतिशत कर लगाउने धम्की उनले दिएका छन् ।

जवाफमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नेले स्वदेशी सामान प्रयोग गर्न आव्हान गरेका छन् । ‘हामी क्यानडियन सामाग्री किन्ने छौं । हामी क्यानडालाई बनाउनेछौं,’ शनिबार उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हाम्रो अर्थतन्त्रलाई विदेशबाट चुनौती छ । क्यानेलीहरुले ध्यान दिनुपर्छ : हामी के कुरा नियन्त्रण गर्नसक्छौं ।’

यसअघि सामाजिक सञ्जालमा ट्रम्पले क्यानडाले चीनसँग सम्झौता गरेमा तत्कालै भन्सार शुल्क वृद्धि लागु हुने दाबी गरेका थिए । जबकी, क्यानडाले एक साताअघि नै चीनसँग व्यापार सम्झौता गरिसकेको छ । यस विषयमा ह्वाइटहाउसले थप टिप्पणी गरेको छेन ।

सामाजिक सञ्जालमा ट्रम्पले लेखेका थिए, ‘यदी कार्नेले क्यानेडालाई चीनबाट आउने सामाग्री थन्काउने बन्दरगाह (ड्रप अफ पोर्ट) बनाउने र ती सामाग्री अमेरिकामा पठाउने सोचेका छन् भने उनी गलत छन् ।’

गत वर्ष ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेर आएपछि क्यानडाबाट आउने सामाग्रीमा भन्सार शुल्क बढाएका थिए । त्यसपछि क्यानडाले बिस्तारै व्यापारको नयाँ विकल्पबारे सोच्न थालेको थियो । उसले चीनसँग सन् २०१८ देखि बिग्रिएको सम्बन्धलाई ट्रयाकमा ल्याउँदै गत साता नयाँ व्यापार सम्झौता ग¥यो । जसअनुसार चीनबाट आउने विद्युतीय गाडीमा क्यानडाले लगाउँदै आएको कर घटाइयो । बदलामा, चीनले पनि क्यानडोबाट आउने कृषिजन्य उत्पादनमा भन्सार शुल्क कम गर्यो‍ ।


क्यानडा–अमेरिका व्यापार मामिला हेर्ने मन्त्री डोमिनिक लेब्लान्कले चीन र क्यानडाबीच धेरै सवालहरुमा समझदारी बनेको बताए । तर, स्वतन्त्र व्यापार सम्झौताको कुनै योजना नरहेको उनले बताए ।

ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने आफ्नो सोचले नाटो गठबन्धनमा संकट निम्तिएका बेला ट्रम्पले क्यानडाविरुद्ध यस्तो चेतावनी दिएका हुन् । यसै साता स्विचरल्यान्डको डाभोसमा भएको विश्व आर्थिक फोरमको बैठकमा उनले भनेका थिए, ‘अमेरिकाले भएकाले नै क्यानडा बाँचेको छ ।’



जवाफमा कार्नेले भनेका थिए, ‘ विश्वले तानाशाही प्रवृत्तिसँग बाँधिरहनुपर्ने बाध्यता छैन, क्यानडा यसको उदाहरण हो । अमेरिका भएकाले क्यानडा बाँचेको होइन । हामी क्यानडेली भएकाले फक्रिएको हो ।’

यसपछि रिसाएका ट्रम्पले गाजा संकट समाधानका लागि बनाएको ‘शान्ति कमिटी’ मा बस्न कार्नीलाई गरिएको पूर्व निमन्त्रणा खारेज गरेको बताएका थिए । ट्रम्पले पटक–पटक क्यानडाको सार्वभौमसत्ताको अवमुल्यन गर्दै आएका छ्न । उनले केही समयअघि क्यानडालाई अमेरिकाको ५१ औं राज्य बन्न आग्रह गरेका थिए । गत सातामात्रै उनले सामाजिक सञ्जालमा एआई निर्मित अमेरिकाको नयाँ नक्सा राखेका थिए । जसमा क्यानडा, भेनेजुएला, ग्रिनल्यान्ड र क्युवामा अमेरिकाको झन्डा अंकित थियो ।

शनिबार आफ्नो यही आक्रामक स्वभावलाई ट्रम्पले फेरि एकपटक उजागर गरे । उनले कार्नेलाई ‘गभर्नर कार्ने’ भनेर सम्बोधन गरे । यसअघि पूर्व क्यानडेली प्रधानमन्त्री ‘जस्टिन ट्रुडो’लाई पनि उनले यसरी नै सम्बोधन गरेका थिए ।

मोन्ट्रियल लस्थित म्याकगिल विश्वविद्यालयका राजनीतिक शास्त्रका प्रोफेसर डेनियल बिलान्द ट्रम्पको हेपाहा प्रवृत्ति कायमै रहेको बताउँछन् । ‘सुरुवाती दिनमा ट्रम्पले ट्रुडोको दाँजोमा कार्नेलाई केही सम्मान देखाएजस्तो देखिथ्यों । तर अहिले कार्नेको चीन भ्रमण र डाभोसमा उनले दिएको उत्कृष्ट भाषणपछि ट्रम्प चिढिएका छन् । उनी आफ्नै चरित्रमा फर्किएका छन् र पहिलेजस्तै गाली दिन थालेका छन्,’ उनले भने ।

ट्रम्प नेतृत्वको अमेरिकालाई काउन्टर दिनसक्ने नेताका रुपमा कार्ने उदाएका छन् । डाभोसमा ट्रम्पभन्दा पहिले उनले भनेका थिए, ‘मध्यम स्तरका शक्तिहरुले मिलेर का मगर्नुपर्छ । किनकी, यदी तपाई टेबुलमा बस्नुभएन भने मेनुमै सिमित रहनुपर्छ ।’ उनले ठूला शक्तिहरुले दिने दबाबबारे भनेका थिए । भाषणले उनको चौतर्फी प्रशंसा भएको छ ।

तर, ट्रम्प कार्नेसँग चिढिएका छन् । उनले शनिबार सामाजिक सञ्जालमा लेखे, ‘चीनले क्यानडालाई जिउँदै निल्नेछ । पूर्ण उपभोग गर्नेछ । उनीहरुको व्यवसाय, समाज र जीनजीवनमै विध्वंश निम्त्याउनेछ ।’ अर्को पोस्टमा फेरि उनले लेखे, ‘दुनियाँले चाहेको अन्तिम कुरा चीनले क्यानेडा लेओस् भन्ने हो । यो हुनेवाला छैन । यसको कुनै छाँट पनि देखिनेवाला छैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त ...
: ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि ...
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम