मुख्य समाचार
ओलीले पार्टीका सबै संगठित सदस्यलाई एमालेका उम्मेद्वारहरुलाई विजयी गराउन आग्रह
ओलीले पार्टीका सबै संगठित सदस्यलाई एमालेका उम्मेद्वारहरुलाई विजयी गराउन आग्रह

: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै संगठित सदस्यलाई एमालेका उम्मेद्वारहरुलाई विजयी गराउन आग्रह गरेका छन्। अध्यक्ष ओलीले शनिबार साँझबाट पार्टीका ६ लाख ६३ हजार सदस्यलाई नै पत्र पठाउँदै एमालेलाई बहुमत दिलाउन उच्च मनोबलसहित सक्रिय हुन आह्वान गरेका हुन्।




अध्यक्ष ओलीको हस्ताक्षरित पत्रमा आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धेकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्ने बीचको हार जितको फैसला गर्ने उल्लेख छ ।


उनले देश निर्माणका लागि एमालेलाई बहुमतको आवश्यकता रहेको पत्रमा उल्लेख गरेका छन् । ‘देश निमाणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ’ अध्यक्ष ओलीले पत्रमा भनिएको छ ‘अतः बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेदवारहरूको विजय सुनिश्चित गर्न कमरेडहरुको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गरेको छु । ’




पार्टीको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार सबै पार्टी सदस्यहरूलाई निर्वाचन प्रचारमा सक्रियतापूर्वक लाग्नका लागि उत्साहित बनाउन अध्यक्ष ओलीले पत्र लेखेको बताए । ‘ठूलो संख्यामा रहेका पार्टी सदस्यहरुलाई अध्यक्षज्यूले व्यक्तिगत पत्र लेखेर हौसला प्रदान गर्नुभएको छ ’ शाहीले भने,‘यसबाट पार्टीका संगठित सदस्यहरुले अध्यक्षसँग सिधा सम्पर्कको पनि अनुभुती गर्ने विश्वास गरिएको छ ।’

देशमा विध्वंस र आगजनी गर्नेहरूलाई चुनावी मैदानबाटै बिदा गरेर निर्माणको नेतृत्व गरेको एमालेले देशको नेतृत्व गर्नुपर्छ भन्ने सन्देश पार्टी सदस्य मार्फत आम मतदातामा पुर्‍याउनका लागि पनि पत्राचार गरिएको शाहीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले जेनजी युवाहरूको माग पूरा गर्ने पार्टी राप्रपामात्रै भएको बताएका छन्। शनिबार राप्रपा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को भेलालाई सम्बोधन गर्दै थापाले युवाहरूले अघि सारेको सुशासन र भ्रष्ट व्यवस्थाको अन्त्यको मुद्दा राप्रपाको समेत मुद्दा भएकाले यसलाई आफ्नो पाटीले मात्रै पूरा गर्नसक्ने बताएका छन्। भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट ...
: कोशी प्रदेशमा आइतबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको छ। निर्वाचन अधिकृतको कार्यालयले प्रशासनिक, प्राविधिक र सुरक्षासम्बन्धी सबै तयारी पूरा भएको जनाएको छ। मतदान शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउने तयारी अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृतको कार्यालय कोशी प्रदेशका सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले बताए। उनका अनुसार यसपटक कोशी प्रदेशबाट महिला ...
— नेपालकै पहिलो रेल सेवाको ऐतिहासिक विरासतलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले वीरगन्ज महानगरले वीरगन्जस्थित रेल संग्रहालय स्थापना गर्ने तयारी औपचारिक रूपमा अघि बढाएको छ । हालको वीरगन्ज महानगरस्थित घण्टाघरमा रहेको प्रस्तावित बीपी उद्यानमा यो संग्रहालय बनाउने योजना महागनरपालिकाको कार्यालयले अघि सारेको हो । यसैको प्रयास स्वरूप प्रस्तावित बीपी उद्यानको जग्गामा शनिबार बृहत् सरसफाइ अभियान सञ्चालन ...
— इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । आज साँझ इटहरी–४ गैरी गाउँका पूर्णप्रसाद राईको ट्रकको ठक्करबाट मृत्यु भएको थियो । उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । राईको मृत्यु भएपछि प्रहरीले आफन्तबिना नै मुचुल्का उठाएको भन्दै ठूलो संख्यामा उपस्थित स्थानीय तोडफोड र आगजनीमा उत्रिएका छन् । आक्रोशित स्थानीयले ...
— संस्थापक र सर्वसाधारणको सेयरका लागि एउटै ‘इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेशन नम्बर (आईजीन) माग गर्दै पियोर इनर्जी लिमिटेडले पेस गरेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । दोहोरो आईजीनविरुद्ध अन्तरिम आदेश माग गर्दै उक्त कम्पनीले दिएको रिटमा न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारी र नारायणप्रसाद सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ...