मुख्य समाचार
दाहालले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बन्नुपर्ने बताए
दाहालले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बन्नुपर्ने बताए

— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

शनिबार यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशलाई वर्तमान संकटबाट मुक्त गराउन निष्पक्ष निर्वाचन र नेपाली कम्युनिष्ट पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताए ।

संयोजक दाहालले पछिल्लो समय क्रान्तिकारी कम्युनिष्टसहित एमालेलगायत विभिन्न वामपन्थी दलबाट नेकपामा प्रवेश गर्ने क्रम तीव्र रूपमा बढेको भन्दै चुनावका समयमा हुने अवाञ्छीत गतिविधि रोकिए आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गरे ।

'निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सकियो भने आगामी निर्वाचनमा हाम्रो पार्टी पहिलो शक्ति बन्नसक्छ,' उनले भने, 'अब पार्टीलाई बलियो बनाएर राष्ट्र र जनहित सुनिश्चित गर्न लागौँ । जनवादी क्रान्तिपछि अब समाजवादी क्रान्तिका लागि सबै एकजुट भएर अघि बढ्नुपर्छ ।'

कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै काभ्रेपलाञ्चोकसहित विभिन्न जिल्लाका युवा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भएको छ । पोखरा आउने पर्यटकलाई पोखरासहित समग्र गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यबारे जानकारीसँगै उनीहरूको यात्रामा सहजीकरण गर्ने उद्देश्यका साथ पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा सूचना केन्द्र सञ्चालन गर्न लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले जानकारी ...
। पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँबायाँ बिजुलीका पोल मुख्य बाधक बनेका छन् । सडकको छेउकुनामा रहेका पोल सार्न नेपाल विद्युत् प्राधिकरणले ढिलासुस्ती गर्दा नागढुङ्गा–मुग्लिन सडक आयोजनाको काम बाधा पुगेको हो । विशेषगरी नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पूर्वी खण्डमा पर्ने नौबिसेदेखि धार्के बजार क्षेत्र, गल्छी गाउँपालिकाको बन्छेटार, जरेखेत, बेल्खु र गजुरी गाउँपालिकाको घाटबेँसी, पोखरेखोला हुँदै गजुरी बजार ...
। पछिल्लो २४ घण्टामा प्राकृतिक विपदबाट चार जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा ७३ वटा विपद्का घटना भएकामा ४ जनाको ज्यान गएको हो । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यो अवधिमा हावाहुरीबाट दुई जना, चट्याङबाट एक जना र सर्पदंशबाट एक जनाको ज्यान गएको छ । सोमबार साँझको ...
। डोटीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार, बोगटान फुड्सिल गाउँपालिका–३, इनडाबाट कैलालीतर्फ जाँदै गरेको से. १ च १५१७ नं. को बोलेरो जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परेर कैलालीको घोडाघोडी नगरपालिका–२ का ४५ वर्षीय योगेस बिनाडी र डोटीको ...
। राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित उनकै निवास पुगेका छन् । केहीबेरअघि पौडेल ओली निवास पुगेका हुन् । ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको हो । केहीदिनअघि ओलीलाई समवेदना दिन प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत विभिन्न दलका नेताहरू पुगेका थिए ।