मुख्य समाचार
मधेसका एमाले अध्यक्षसहित तीन समानुपाति उम्मेदवारविरुद्ध आयोगमा उजुरी
मधेसका एमाले अध्यक्षसहित तीन समानुपाति उम्मेदवारविरुद्ध आयोगमा उजुरी

: नेकपा (एमाले)का मधेस प्रदेशका अध्यक्ष रहेका समानुपातिक सूचीका उम्मेदवार चन्देश्वर मण्डलसहित तीन जना उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। फागुन २१ को निर्वाचनका लागि दलहरूले पेश गरेको समानूपातिक तर्फको बन्दसूचीमा समावेश भएका मण्डलसहितका उम्मेदवारहरुको योग्यतामाथि प्रश्न उठाउँदै उजुरी परेको निर्वाचन अधिकृत तथा आयोगका सचिव कृष्णबहादुर राउतले जनाए।




सिरहाका मण्डल आदिवासीतर्फका व्यक्ति भएकाले मधेशी क्लस्टरमा नमिल्ने भन्दै उजुरी परेको हो। त्यस्तै अपाङ्गतातर्फ नेपाली कम्युनिष्ट पार्टीको सूचीमा रहेको ललितपुरका जीवन लामाविरूद्ध उजुरी पनि परेको छ। लामा अपाङ्ग व्यक्ति नभएको दाबी गर्दै उजुरी परेको आयोगले जनाएको छ।


राप्रपाका समानुपातिक उम्मेरदवार धनकुटाका कुमारबहादुर थापाविरूद्ध उत्तरपानी चिया बगानको जग्गा अनिधिकृत बेचबिखन गरेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा विचाराधीन रहेको भन्दै उजुरी परेको छ। आयोगले सम्बन्धित पक्षलाई आ-आफ्नो सबुत र प्रमाणसहित माघ १३ गते दिउँसो ४ बजेभित्र कार्यालयमा उपस्थित हुन पत्रचार गरेको छ। उपस्थित नभए कानुनबमोजिम अघि बढ्ने समेत आयोगको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बैतडीको दोगडाकेदार–३ श्रीकोटस्थित घोणेधार भन्ने ठाउँमा ईभी हाइस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईभि चालक दोगडाकेदार गाउँपालिका–५ न्वाली बस्ने २५ वर्षीय मदन ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी नायव निरीक्षक बल्देब बडूले जानकारी दिए । शनिबार राति पौनै १० बजे तिर सिल्लेगडाबाट बडिँयातर्फ गइरहेको सुपप्र ०३००१ ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले समृद्ध नेपाल निर्माणमा सामाजिक सद्भाव र सहअस्तित्व प्रवर्द्धनमा जोड दिएका छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा राष्ट्रिय सभागृहमा आयोजित प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी जनजाति ज्ञान सम्मेलनमा उनले सरकार संविधानको मर्मअनुरुप समावेशी सिद्धान्त कार्यान्वयन गराउन कटिबद्ध रहेको बताए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री अर्यालले संविधानले परिकल्पना गरेको समावेशी भावलाई वास्तविक ...
२१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै राष्ट्रिय भूमि सञ्जाल नेपालले दलहरूको चुनावी घोषणापत्रमा भूमि सुधारका ठोस कार्यक्रम समावेश गर्न १० बुँदे सुझाव सार्वजनिक
— भदौरेमा दम्पत्ती हत्यामा संलग्न आरोपमा दुई जना पक्राउ परेका छन् । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरे टोलमा बस्दै आएका ७४ वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती ८० वर्षीया चन्द्रमाया राईको हत्यामा संलग्न आरोपमा दाजुभाईलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाजु ३४ वर्षीय धनबहादुर राना र र उनका भाई १७ वर्षीय बालक रहेका छन् ...
: धादिङको थाक्रे गाउँपालिका वडानम्बर- ६ दशकिलास्थित पृथ्वीलोकमार्गमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। बिहान करिब ७ :३० बजेतिर दाङबाट काठमाडौँतर्फ आउँदै गरेको प्र-३-०१-००६ ख १५५२ नम्बरको बस र विपरीत दिशाबाट काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको बा. प्र-०१-००६ ख ५२०६ नम्बरको बस ठोक्किदा दुर्घटना भएको हो। दुर्घटनापछि दुवै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम