मुख्य समाचार
वीरगन्ज महानगरले वीरगन्जस्थित रेल संग्रहालय स्थापना गर्ने तयारी औपचारिक रूपमा अघि बढाएको छ
वीरगन्ज महानगरले वीरगन्जस्थित रेल संग्रहालय स्थापना गर्ने तयारी औपचारिक रूपमा अघि बढाएको छ

— नेपालकै पहिलो रेल सेवाको ऐतिहासिक विरासतलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले वीरगन्ज महानगरले वीरगन्जस्थित रेल संग्रहालय स्थापना गर्ने तयारी औपचारिक रूपमा अघि बढाएको छ ।

हालको वीरगन्ज महानगरस्थित घण्टाघरमा रहेको प्रस्तावित बीपी उद्यानमा यो संग्रहालय बनाउने योजना महागनरपालिकाको कार्यालयले अघि सारेको हो । यसैको प्रयास स्वरूप प्रस्तावित बीपी उद्यानको जग्गामा शनिबार बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको छ ।

महानगरका सरसफाइकर्मी, सशस्त्र प्रहरी तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमका सदस्यसहितको टोलीले उक्त सरसफाइ अभियानमा सहभागिता जनाएका थिए । महानगर प्रमुख राजेशमान सिंहले इतिहासका अमूल्य पानामा अंकित नेपालमा रेल सेवा वीरगन्जबाटै सुरु भएको तथ्यलाई भावी पुस्तासम्म जीवित राख्ने लक्ष्यसहित संग्रहालय निर्माणको पहल थालिएको बताए । यो कार्यक्रम नेपालको यातायात इतिहाससँग गाँसिएको स्मृतिलाई सम्मान गर्ने प्रतीकात्मक र भावनात्मक प्रयासका रूपमा लिइएको उनले बताए ।

संग्रहालय स्थललाई स्वच्छ, व्यवस्थित तथा संग्रहालययोग्य बनाउँदै ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनतर्फ अर्थपूर्ण सुरुवात गरिएको ग्रिनसिटी सामुदायिक संस्थाका अध्यक्ष जयप्रकाश खेतानले बताए । यस पहलले वीरगन्जको ऐतिहासिक पहिचानलाई अझ सुदृढ बनाउनुका साथै नेपालको रेल इतिहास र राष्ट्रिय गौरवलाई नयाँ पुस्तासामु गर्वका साथ प्रस्तुत गर्ने विश्वास लिइएको उनले बताए । यस अभियानलाई सफल बनाउन सबै वीरगन्जवासी एकढिक्का भई साथ दिनुपर्ने आवश्यकता रहेको पनि उनले बताए ।

नेपालको आधुनिक यातायात इतिहासमा वीरगन्ज–अमलेखगन्ज रेल सेवाले विशेष स्थान ओगटेको छ। करिब एक शताब्दी अघि सञ्चालनमा आएको यो रेल नेपालमा चलेको पहिलो रेल सेवा थियो । यो रेल्वे सेवा तत्कालीन व्यापार, प्रशासन र विकासको आधारस्तम्भ समेत थियो। सन् १९२७ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको यो रेलमार्ग भारतको रक्सौल हुँदै वीरगन्जलाई अमलेखगन्जसँग जोड्थ्यो। करिब ४७ किलोमिटर लामो यो न्यारोगेज रेलमार्गको मुख्य उद्देश्य तराईका वनजंगलबाट काटिएका काठ र इन्धन बोकेर काठमाडौंसम्म पुर्‍याउने तथा व्यापारिक सामग्री ढुवानी गर्नु थियो।

उतिबेला राजधानी काठमाडौंसम्म सडक सञ्जाल नहुँदा अमलेखगन्जलाई तराई र राजधानी जोड्ने प्रमुख प्रवेशद्वारका रूपमा विकास गरिएको थियो। वीरगन्जबाट रेलमार्ग हुँदै अमलेखगन्ज ल्याइएका सामग्रीहरू त्यसपछि खच्चड र मानवीय श्रममार्फत भीमफेदी हुँदै काठमाडौं पुर्‍याइन्थ्यो।

वीरगन्ज–अमलेखगन्ज रेलले तत्कालीन समयमा यात्रु सेवा पनि दिएको थियो। सीमित साधनस्रोतबीच पनि यो रेल सेवा आर्थिक गतिविधि विस्तार र राज्य सञ्चलनका लागि महत्त्वपूर्ण मानिन्थ्यो। विक्रम सम्वत् २०२१ सालपछि हेटौंडा–काठमाडौं सडक तथा अन्य वैकल्पिक सडक सन्जाल विस्तारसँगै यसको उपयोग घट्दै गयो।



विक्रम सम्वत् २०२८ सालतिर आएर यो रेल सेवा पूर्ण रूपमा बन्द भयो। रेलका लिक, इन्जिन र डिब्बा समयक्रमसँगै हराउँदै गए भने केही अवशेष अहिले पनि बाराको अमलेखगन्ज क्षेत्रमा इतिहासका मौन साक्षीका रूपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बैतडीको दोगडाकेदार–३ श्रीकोटस्थित घोणेधार भन्ने ठाउँमा ईभी हाइस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईभि चालक दोगडाकेदार गाउँपालिका–५ न्वाली बस्ने २५ वर्षीय मदन ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी नायव निरीक्षक बल्देब बडूले जानकारी दिए । शनिबार राति पौनै १० बजे तिर सिल्लेगडाबाट बडिँयातर्फ गइरहेको सुपप्र ०३००१ ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले समृद्ध नेपाल निर्माणमा सामाजिक सद्भाव र सहअस्तित्व प्रवर्द्धनमा जोड दिएका छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा राष्ट्रिय सभागृहमा आयोजित प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी जनजाति ज्ञान सम्मेलनमा उनले सरकार संविधानको मर्मअनुरुप समावेशी सिद्धान्त कार्यान्वयन गराउन कटिबद्ध रहेको बताए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री अर्यालले संविधानले परिकल्पना गरेको समावेशी भावलाई वास्तविक ...
२१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै राष्ट्रिय भूमि सञ्जाल नेपालले दलहरूको चुनावी घोषणापत्रमा भूमि सुधारका ठोस कार्यक्रम समावेश गर्न १० बुँदे सुझाव सार्वजनिक
— भदौरेमा दम्पत्ती हत्यामा संलग्न आरोपमा दुई जना पक्राउ परेका छन् । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरे टोलमा बस्दै आएका ७४ वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती ८० वर्षीया चन्द्रमाया राईको हत्यामा संलग्न आरोपमा दाजुभाईलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाजु ३४ वर्षीय धनबहादुर राना र र उनका भाई १७ वर्षीय बालक रहेका छन् ...
: धादिङको थाक्रे गाउँपालिका वडानम्बर- ६ दशकिलास्थित पृथ्वीलोकमार्गमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। बिहान करिब ७ :३० बजेतिर दाङबाट काठमाडौँतर्फ आउँदै गरेको प्र-३-०१-००६ ख १५५२ नम्बरको बस र विपरीत दिशाबाट काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको बा. प्र-०१-००६ ख ५२०६ नम्बरको बस ठोक्किदा दुर्घटना भएको हो। दुर्घटनापछि दुवै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम