मुख्य समाचार
कमल थापाले जेनजी युवाहरूको माग पूरा गर्ने पार्टी राप्रपामात्रै भएको बताएका छन्
कमल थापाले जेनजी युवाहरूको माग पूरा गर्ने पार्टी राप्रपामात्रै भएको बताएका छन्

: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले जेनजी युवाहरूको माग पूरा गर्ने पार्टी राप्रपामात्रै भएको बताएका छन्। शनिबार राप्रपा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को भेलालाई सम्बोधन गर्दै थापाले युवाहरूले अघि सारेको सुशासन र भ्रष्ट व्यवस्थाको अन्त्यको मुद्दा राप्रपाको समेत मुद्दा भएकाले यसलाई आफ्नो पाटीले मात्रै पूरा गर्नसक्ने बताएका छन्।


भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको निमित्त आवाज उठाउँदै जेनजीहरूले गरेको आन्दोलन चौबिस घण्टा बित्दा नबित्दै हाइज्याक गरेर तुहाउने काम भएको उनले बताए। नेता थापाले अहिले जेनजी युवाहरूबाट मुखरित भएको माग अधुरो रहेकाले अधुरो मागलाई पूरा गर्न सक्ने नेपालको राष्ट्रिय राजनीतिमा एउटै मात्र दल राप्रपा रहेको धारणा राखे।


उनले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको चाहना राख्ने हो भने सबैभन्दा पहिला भ्रष्ट शासक र भ्रष्ट व्यवस्थाका विकृति र विसङ्गतिहरूको अन्त्य हुनुपर्ने जिकिर गरे। भ्रष्ट व्यवस्था र भ्रष्ट शासकका मूल संवाहक काङ्ग्रेस र कम्युनिस्ट नै भएको उनको आरोप छ। अहिले काङ्ग्रेस र कम्युनिस्टले अपवित्र गठबन्धन बनाएर कायम गरेको सिन्डीकेटको पनि जनताले अन्त खोजेको थापाले बताए। थापाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं ५ बाट नै उम्मेदवारी दिएका छन्।।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कोशी प्रदेशमा आइतबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको छ। निर्वाचन अधिकृतको कार्यालयले प्रशासनिक, प्राविधिक र सुरक्षासम्बन्धी सबै तयारी पूरा भएको जनाएको छ। मतदान शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउने तयारी अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृतको कार्यालय कोशी प्रदेशका सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले बताए। उनका अनुसार यसपटक कोशी प्रदेशबाट महिला ...
— नेपालकै पहिलो रेल सेवाको ऐतिहासिक विरासतलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले वीरगन्ज महानगरले वीरगन्जस्थित रेल संग्रहालय स्थापना गर्ने तयारी औपचारिक रूपमा अघि बढाएको छ । हालको वीरगन्ज महानगरस्थित घण्टाघरमा रहेको प्रस्तावित बीपी उद्यानमा यो संग्रहालय बनाउने योजना महागनरपालिकाको कार्यालयले अघि सारेको हो । यसैको प्रयास स्वरूप प्रस्तावित बीपी उद्यानको जग्गामा शनिबार बृहत् सरसफाइ अभियान सञ्चालन ...
— इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । आज साँझ इटहरी–४ गैरी गाउँका पूर्णप्रसाद राईको ट्रकको ठक्करबाट मृत्यु भएको थियो । उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । राईको मृत्यु भएपछि प्रहरीले आफन्तबिना नै मुचुल्का उठाएको भन्दै ठूलो संख्यामा उपस्थित स्थानीय तोडफोड र आगजनीमा उत्रिएका छन् । आक्रोशित स्थानीयले ...
— संस्थापक र सर्वसाधारणको सेयरका लागि एउटै ‘इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेशन नम्बर (आईजीन) माग गर्दै पियोर इनर्जी लिमिटेडले पेस गरेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । दोहोरो आईजीनविरुद्ध अन्तरिम आदेश माग गर्दै उक्त कम्पनीले दिएको रिटमा न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारी र नारायणप्रसाद सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ...
: नेकपा (एमाले)का मधेस प्रदेशका अध्यक्ष रहेका समानुपातिक सूचीका उम्मेदवार चन्देश्वर मण्डलसहित तीन जना उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। फागुन २१ को निर्वाचनका लागि दलहरूले पेश गरेको समानूपातिक तर्फको बन्दसूचीमा समावेश भएका मण्डलसहितका उम्मेदवारहरुको योग्यतामाथि प्रश्न उठाउँदै उजुरी परेको निर्वाचन अधिकृत तथा आयोगका सचिव कृष्णबहादुर राउतले जनाए। सिरहाका मण्डल आदिवासीतर्फका व्यक्ति भएकाले मधेशी क्लस्टरमा ...