मुख्य समाचार
राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीबाट तीन सदस्यका लागि आज भएको निर्वाचनमा कांग्रेस एमाले सहकार्यबाट उम्मेदवारी दिएका तीनजना निर्वाचित
राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीबाट तीन सदस्यका लागि आज भएको निर्वाचनमा कांग्रेस एमाले सहकार्यबाट उम्मेदवारी दिएका तीनजना निर्वाचित

: राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीबाट तीन सदस्यका लागि आज भएको निर्वाचनमा कांग्रेस एमाले सहकार्यबाट उम्मेदवारी दिएका तीनजना निर्वाचित भएका छन्।




कांग्रेस र एमालेले तालमेल गरी उम्मेदवारी दर्ता गराएका थिए। एमालेको भागमा महिला कोटा परेको थियो भने कांग्रेसलाई अपांग र अन्य समूहबाट उम्मेदवारी थियो। अन्तिम मत परिणाम अनुसार सहकार्य गरेका काङ्ग्रेस एमालेका उम्मेदवार विजयी भएका छन्।


कांग्रेसबाट अपांग कोटामा लमही नगरपालिक–३, दाङका बासुदेव घिमिरे (जंगली ) ६३२२ र अन्य कोटामा रेसुंगा नगरपालिका–३ गुल्मीका चन्द्र बहादुर केसी(६३२२) महिलामा एमालेबाट गुल्मी कै रामकुमारी झाँक्री (६३०३) मतभार प्राप्त गरेर राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।




निर्वाचनमा २९९ मतदाता मध्ये २८६ मत खसेको मुख्य निर्वाचन अधिकृत प्रकाश प्रसाद पण्डितले जानकारी दिए। लुम्बिनी प्रदेश सभाका ८३ मध्ये ७८ जना र स्थानीय तहका २१६ मध्ये २०८ जना गरी २८६ मत खसेको हो।

लुम्बिनी प्रदेश सभाका राप्रपाका ४ प्रदेश सभा सदस्य र नेपाली कांग्रेसका एक जना गरी ५ जना अनुपस्थित देखिएका थिए। स्थानीय तहका ८ जना गरी १३ मतदाता अनुपस्थित भएको मुख्य निर्वाचन अधिकृत पण्डितले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बैतडीको दोगडाकेदार–३ श्रीकोटस्थित घोणेधार भन्ने ठाउँमा ईभी हाइस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईभि चालक दोगडाकेदार गाउँपालिका–५ न्वाली बस्ने २५ वर्षीय मदन ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी नायव निरीक्षक बल्देब बडूले जानकारी दिए । शनिबार राति पौनै १० बजे तिर सिल्लेगडाबाट बडिँयातर्फ गइरहेको सुपप्र ०३००१ ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले समृद्ध नेपाल निर्माणमा सामाजिक सद्भाव र सहअस्तित्व प्रवर्द्धनमा जोड दिएका छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा राष्ट्रिय सभागृहमा आयोजित प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी जनजाति ज्ञान सम्मेलनमा उनले सरकार संविधानको मर्मअनुरुप समावेशी सिद्धान्त कार्यान्वयन गराउन कटिबद्ध रहेको बताए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री अर्यालले संविधानले परिकल्पना गरेको समावेशी भावलाई वास्तविक ...
२१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै राष्ट्रिय भूमि सञ्जाल नेपालले दलहरूको चुनावी घोषणापत्रमा भूमि सुधारका ठोस कार्यक्रम समावेश गर्न १० बुँदे सुझाव सार्वजनिक
— भदौरेमा दम्पत्ती हत्यामा संलग्न आरोपमा दुई जना पक्राउ परेका छन् । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरे टोलमा बस्दै आएका ७४ वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती ८० वर्षीया चन्द्रमाया राईको हत्यामा संलग्न आरोपमा दाजुभाईलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाजु ३४ वर्षीय धनबहादुर राना र र उनका भाई १७ वर्षीय बालक रहेका छन् ...
: धादिङको थाक्रे गाउँपालिका वडानम्बर- ६ दशकिलास्थित पृथ्वीलोकमार्गमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। बिहान करिब ७ :३० बजेतिर दाङबाट काठमाडौँतर्फ आउँदै गरेको प्र-३-०१-००६ ख १५५२ नम्बरको बस र विपरीत दिशाबाट काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको बा. प्र-०१-००६ ख ५२०६ नम्बरको बस ठोक्किदा दुर्घटना भएको हो। दुर्घटनापछि दुवै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम