मुख्य समाचार
राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलबहादुर थाापा, नेकपा एमालेका सोम पोर्तेल र रोशनी मेचे निर्वाचित
राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलबहादुर थाापा, नेकपा एमालेका सोम पोर्तेल र रोशनी मेचे निर्वाचित

: राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलबहादुर थाापा, नेकपा एमालेका सोम पोर्तेल र रोशनी मेचे निर्वाचित भएका छन्। तीन पदका लागि आइतबार भएको निर्वाचनमा पोर्तेल र मेचे निर्वाचित भएका हुन्।




थापा यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। कांग्रेस, एमाले र जनता समाजवादी पार्टी मिलेर बनेको गठबन्धनको तर्फबाट खुलामा उम्मेदवारी दिएका थापा गत पुस २३ गते बुधबार भएको मनोनयनका क्रममा नै निर्विरोध निर्वाचित भएका थिए। पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेकपाले थापालाई चुनौती दिँदै खुलातर्फ उम्मेदवारी नदिएपछि सूर्यबहादुर थापा पुत्र सुनील निर्विरोध निर्वाचित भएका थिए।


त्यसैगरी राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा महिलातर्फ रोशनी मेचे निर्वाचित भएकी छन्। एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बन्नबाट रोकिएकी मेचे कांग्रेस एमाले गठबन्धनबाट निर्वाचित भएकी हुन्। एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी, जनजाति महासंघको केन्द्रीय कमिटी सदस्यसमेत रहेकी उनी महासंघबाट प्रतिनिधि बन्न खोज्दा प्राविधिक र वैधानिक कारणले उनको योग्यता पुगेको थिएन। राष्ट्रियसभा सदस्यका लागि मेचेलाई नेकपाकी नमिता न्यौपानेले चुनौती दिएकी थिइन्। मेचेले ७ हजार १ सय ७३ मत पाउँदा नमिताले दुई हजार २ सय ६८ मत पाएकी छन्।

त्यस्तै नेकपा एमालेका सोम पोर्तेल राष्ट्रियसभाका लागि आज कोशी प्रदेशमा भएको निर्वाचनबाट निर्वाचित हुँदै देशको माथिल्लो सदनमा प्रवेश पाएका छन्। पोर्तेलले सूर्य चिन्हमा प्रदेशसभा तर्फ ६८ र स्थानीय तहतर्फ २०१ मतदाताको मत प्राप्त गरे। पोर्तेल ७ हजार ४२३ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका खेम सुन्दासले प्रदेशसभातर्फ १८ र स्थानीय तहतर्फ ५७ मतदाताबाट २०३७ मत प्राप्त गरे। प्रदेशसभातर्फ एक मत भने बदर भएको थियो।

झापा जिल्ला समन्वय समितिको प्रमुखका रूपमा पाँच बर्से कार्यकाल बिताएका पोर्तेल अहिले नीति निर्माणको माथिल्लो तह राष्ट्रियसभामा पुगेका हुन्।

राप्रपाद्वारा बहिस्कार
कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूले राष्ट्रियसभा निर्वाचन बहिष्कार गरेका थिए। कोशी प्रदेशसभामा राप्रपाका ५ जना सांसदहरूले मतदान गरेनन्। मतदान नगर्नेहरूमा सभामुख अम्बरबहादुर विष्ट, प्रदेशसभा सदस्यहरू गोपालबहादुर विश्वकर्मा, नीमसरी राजवंशी, प्रेमराज थामसुहाङ र सबिना बजगाईं रहेका छन्। कोशी प्रदेशसभामा राप्रपाका कुल ६ जना सांसद निर्वाचित भएका थिए । तर, झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेपछि तत्कालीन प्रदेशसभा सदस्य भक्तिप्रसाद सिटौलाले पदबाट राजीनामा दिएका कारण हाल राप्रपाका ५ जना मात्र सांसद बहाल रहेका छन्।

प्रदेशसभा सदस्यका साथै राप्रपाबाट निर्वाचित विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूले पनि मतदान बहिष्कार गरेका छन्। बहिष्कार गर्नेहरूमा दमक नगरपालिकाका मेयर रामकुमार थापा, भद्रपुर नगरपालिकाकी उपमेयर राधा कार्की र हल्दीबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन छन्। दमक नगरपालिकाका मेयर एवं राप्रपाका कोशी प्रदेश अध्यक्ष रामकुमार थापाले पार्टीको केन्द्रको निर्णय र नीति बमोजिम नै आफूहरूले मतदान नगरेको स्पष्ट पारेका छन्।

राप्रपाले यसअघि नै राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने र मतदान बहिष्कार गर्ने निर्णय गरेको थियो। कोशी प्रदेशमा राष्ट्रियसभाका रिक्त पदका लागि आइतबार बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सेवाग्राहीले सरकारी अस्पतालमा चिकित्सक नपाउने गुनासो बढिरहेका बेला सेती प्रादेशिक अस्पतालले कार्यालय समयमै निजी क्लिनिकमा सेवा दिने चिकित्सकविरुद्ध कडा कदम चालेको छ । अस्पतालले कार्यालय समयभित्र निजी क्लिनिक वा अन्य स्वास्थ्य संस्थामा काम गर्न पूर्ण रोक लगाउँदै उल्लंघन गर्ने चिकित्सकमाथि कानुनी तथा सेवा–शर्तअनुसार कारबाही गरिने चेतावनी दिएको हो । मंगलबार प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज ...
: बाजुराको बडिमालिका नगरपालिका–७ मा जंगली च्याउको तरकारी खाएका श्रीमानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर बिरामी परेकी छन् । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–७ ढम्कनेका ५१ वर्षीय रामे थापा रहेका छन् । उनकी करिब ५० वर्षीया श्रीमती नाम्सरी थापा गम्भीर अवस्थामा जिल्ला अस्पताल मार्तडीमा उपचाररत छिन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दम्पतीले सोमबार साँझ ...
। भेरी अस्पताल नेपालगञ्जले कुकुर, बाघ, चितुवा, सर्पलगायत विषालु जीवजन्तुको टोकाइपछि उपचारका लागि आउने बिरामीको विवरण डिजिटल प्रणालीमा व्यवस्थित गर्न थालेको छ । पश्चिम नेपालको प्रमुख रिफरल सेन्टरको रूपमा रहेको भेरी अस्पतालमा विभिन्न जिल्लाबाट कुकुर, बाघ, चितुवालगायत जीवजन्तुको टोकाइ तथा सर्पदंशको उपचारका लागि दैनिक थुप्रै बिरामी आउने गरेका छन् । डिजिटल विवरण व्यवस्थित नहुँदा उपचारमा आउने बिरामीहरूको ...
। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम फेरि शिक्षा विभाग नै बनाइएको छ । शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलका अनुसार शिक्षा विभाग नै कायम गरिएको हो । ‘ऐनमा अहिले पनि शिक्षा विभाग नै थियो । यसपटक ओएनम गर्दा शिक्षा विभाग राखिएको हो,’ उनले भने । वेब साइटमा पनि नाम परिवर्तन गरी हाल शिक्षा विभाग उल्लेख गरिएको छ ...
। विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् । उनीहरूले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा ...