मुख्य समाचार
राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलबहादुर थाापा, नेकपा एमालेका सोम पोर्तेल र रोशनी मेचे निर्वाचित
राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलबहादुर थाापा, नेकपा एमालेका सोम पोर्तेल र रोशनी मेचे निर्वाचित

: राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलबहादुर थाापा, नेकपा एमालेका सोम पोर्तेल र रोशनी मेचे निर्वाचित भएका छन्। तीन पदका लागि आइतबार भएको निर्वाचनमा पोर्तेल र मेचे निर्वाचित भएका हुन्।




थापा यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। कांग्रेस, एमाले र जनता समाजवादी पार्टी मिलेर बनेको गठबन्धनको तर्फबाट खुलामा उम्मेदवारी दिएका थापा गत पुस २३ गते बुधबार भएको मनोनयनका क्रममा नै निर्विरोध निर्वाचित भएका थिए। पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेकपाले थापालाई चुनौती दिँदै खुलातर्फ उम्मेदवारी नदिएपछि सूर्यबहादुर थापा पुत्र सुनील निर्विरोध निर्वाचित भएका थिए।


त्यसैगरी राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा महिलातर्फ रोशनी मेचे निर्वाचित भएकी छन्। एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बन्नबाट रोकिएकी मेचे कांग्रेस एमाले गठबन्धनबाट निर्वाचित भएकी हुन्। एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी, जनजाति महासंघको केन्द्रीय कमिटी सदस्यसमेत रहेकी उनी महासंघबाट प्रतिनिधि बन्न खोज्दा प्राविधिक र वैधानिक कारणले उनको योग्यता पुगेको थिएन। राष्ट्रियसभा सदस्यका लागि मेचेलाई नेकपाकी नमिता न्यौपानेले चुनौती दिएकी थिइन्। मेचेले ७ हजार १ सय ७३ मत पाउँदा नमिताले दुई हजार २ सय ६८ मत पाएकी छन्।

त्यस्तै नेकपा एमालेका सोम पोर्तेल राष्ट्रियसभाका लागि आज कोशी प्रदेशमा भएको निर्वाचनबाट निर्वाचित हुँदै देशको माथिल्लो सदनमा प्रवेश पाएका छन्। पोर्तेलले सूर्य चिन्हमा प्रदेशसभा तर्फ ६८ र स्थानीय तहतर्फ २०१ मतदाताको मत प्राप्त गरे। पोर्तेल ७ हजार ४२३ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका खेम सुन्दासले प्रदेशसभातर्फ १८ र स्थानीय तहतर्फ ५७ मतदाताबाट २०३७ मत प्राप्त गरे। प्रदेशसभातर्फ एक मत भने बदर भएको थियो।

झापा जिल्ला समन्वय समितिको प्रमुखका रूपमा पाँच बर्से कार्यकाल बिताएका पोर्तेल अहिले नीति निर्माणको माथिल्लो तह राष्ट्रियसभामा पुगेका हुन्।

राप्रपाद्वारा बहिस्कार
कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूले राष्ट्रियसभा निर्वाचन बहिष्कार गरेका थिए। कोशी प्रदेशसभामा राप्रपाका ५ जना सांसदहरूले मतदान गरेनन्। मतदान नगर्नेहरूमा सभामुख अम्बरबहादुर विष्ट, प्रदेशसभा सदस्यहरू गोपालबहादुर विश्वकर्मा, नीमसरी राजवंशी, प्रेमराज थामसुहाङ र सबिना बजगाईं रहेका छन्। कोशी प्रदेशसभामा राप्रपाका कुल ६ जना सांसद निर्वाचित भएका थिए । तर, झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेपछि तत्कालीन प्रदेशसभा सदस्य भक्तिप्रसाद सिटौलाले पदबाट राजीनामा दिएका कारण हाल राप्रपाका ५ जना मात्र सांसद बहाल रहेका छन्।

प्रदेशसभा सदस्यका साथै राप्रपाबाट निर्वाचित विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूले पनि मतदान बहिष्कार गरेका छन्। बहिष्कार गर्नेहरूमा दमक नगरपालिकाका मेयर रामकुमार थापा, भद्रपुर नगरपालिकाकी उपमेयर राधा कार्की र हल्दीबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन छन्। दमक नगरपालिकाका मेयर एवं राप्रपाका कोशी प्रदेश अध्यक्ष रामकुमार थापाले पार्टीको केन्द्रको निर्णय र नीति बमोजिम नै आफूहरूले मतदान नगरेको स्पष्ट पारेका छन्।

राप्रपाले यसअघि नै राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने र मतदान बहिष्कार गर्ने निर्णय गरेको थियो। कोशी प्रदेशमा राष्ट्रियसभाका रिक्त पदका लागि आइतबार बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— काठमाडौंस्थित द्वारिका फाउण्डेसनले हेटौंडा सामुदायिक आँखा अस्पताललाई उपकरण खरिद गर्न ३७ लाख रुपैयाँ सहयोग गरेको छ। होटल व्यवसायी द्वारिका श्रेष्ठको स्मृतिमा स्थापना गरिएको द्वारिका फाउण्डेसनकोतर्फबाट उनकी छोरी संगिता श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेकी हुन् । श्रेष्ठले शुक्रबार तिलगंगा आँखा अस्पतालका निर्देशक एव हेटौंडा सामुदायिक आँखा अस्पतालका संरक्षक सिद्धि श्रेष्ठ र हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रम्खु नेत्र ...
— दाङ सहयोगापेक्षी सडक मानवमुक्त घोषणा भएको छ। सडकमा अलपत्र मानिसहरुलाई आश्रम तथा परिवारमा पुनर्मिलन गराएर बुधबार दाङलाई सडक आश्रित मानवमुक्त जिल्ला घोषणा गरिएको हो । घोराहीमा कार्यक्रम आयोजना गरी जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माले दाङलाई सडकमा आश्रित मानवमुक्त जिल्ला घोषणा गरेका छन्। सम्मानपूर्वक बाँच्न पाउने मौलिक अधिकारको कार्यान्वयन गर्न स्थानीय सरकार रसामाजिक संघसंस्थाहरुको सहकार्यमा दाङलाई ...
— आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समयसीमा थप गर्नुपर्ने भन्दै निर्वाचन आयोगमाथि दबाब बढेको छ । माघ ६ मा तोकिएको मनोनयनका लागि समय अभाव हुनुका साथै नेपाली कांग्रेससमेत विवादमा रहेकाले सार्नुपर्ने भन्दै दबाब आएको निर्वाचन आयाेगका एक पदाधिकारीले बताए । आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेर म‌ंगलबार नै सुनुवाइको पहिलाे ...
— गर्भावस्थामा पारासिटामोलको प्रयोग सुरक्षित रहेको नयाँ अध्ययनले देखाएको छ । यसको प्रयोग गर्दा बच्चामा अटिजम वा विकास अवरोधजस्ता समस्या देखिने कुनै आधार पनि नरहेको यसले जनाएको छ । यसअघि गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पारा सिटामोल स्वास्थ्यका लागि प्रतिकुल रहेकाले यसको प्रयोग गर्न आग्रह गरेका थिए । तत्कालै स्वास्थ्य संस्थाहरुदले उनको अभिव्यक्तीको आलोचना ...
— कांग्रेस सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट अभिभावक र संरक्षकको भूमिका निर्वाह हुने अपेक्षा रहेको बताएका छन् । सभापति थापाले शनिबार बोलाइएको केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टीमा देखिएका विमति तत्काल अन्त्य गर्नुपर्ने बताए । 'पार्टीका सबै साथीहरू एक ठाउँमा जम्मा ...