— नक्कली उद्धार कागजात तयार पारी ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ परेकाहरुलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
सीआईबीका प्रमुख एआईजी मनोज केसीअनुसार पक्राउ पर्नेमा माउन्टेन रेस्क्युका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया छन् ।
सोही आरोपमा एभरेस्ट एक्स्पेरेन्स एन्ड एसीस्टका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्ड र सञ्चाल एवं प्रबन्धक सुभाष केसी पक्राउ परेका सीआईबीका प्रमुख एआईजी केसीले बताए ।