मुख्य समाचार
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

: निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ। आइतबार काठमाडौंको कान्तिपथस्थीत आयोगको कार्यालयमा स्थापना गरिएको संयुक्त निर्वाचन सञ्चालन केन्द्रको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुभारम्भ गरे।



आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउने उद्देश्यसहित आयोगका सचिवको संयोजकत्वमा सञ्चालन हुने केन्द्रमा गृह मन्त्रालय, सेना, प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत चारवटै सुरक्षा निकायका प्रतिनिधि रहने व्यवस्था गरिएको आयोगले जनाएको छ। देशभर स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणका आधारमा सुरक्षा निकायसँग समेत समन्वय गरी निर्वाचनसम्बन्धी वस्तुस्थितिको जानकारी गराउने काम केन्द्रले गर्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जानकारी दिए।


उनले निर्वाचन क्षेत्रमा देखापर्ने समस्यालाई समाधान गर्ने काम समेत केन्द्रको समन्वयबाट हुने बताए। भण्डारीले संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा अनुभवी व्यक्तिहरूलाई समावेश गरेकाले प्रभावकारी रूपमा समस्या समाधान हुने विश्वास व्यक्त गरे। त्यस्तै उनले निर्वाचनका सन्दर्भमा आयोगमा धेरै उजुरीहरू आएको भन्दै त्यसमाथि सुक्ष्म ढंगल अध्ययन भइरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बैतडीको दोगडाकेदार–३ श्रीकोटस्थित घोणेधार भन्ने ठाउँमा ईभी हाइस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईभि चालक दोगडाकेदार गाउँपालिका–५ न्वाली बस्ने २५ वर्षीय मदन ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी नायव निरीक्षक बल्देब बडूले जानकारी दिए । शनिबार राति पौनै १० बजे तिर सिल्लेगडाबाट बडिँयातर्फ गइरहेको सुपप्र ०३००१ ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले समृद्ध नेपाल निर्माणमा सामाजिक सद्भाव र सहअस्तित्व प्रवर्द्धनमा जोड दिएका छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा राष्ट्रिय सभागृहमा आयोजित प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी जनजाति ज्ञान सम्मेलनमा उनले सरकार संविधानको मर्मअनुरुप समावेशी सिद्धान्त कार्यान्वयन गराउन कटिबद्ध रहेको बताए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री अर्यालले संविधानले परिकल्पना गरेको समावेशी भावलाई वास्तविक ...
२१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै राष्ट्रिय भूमि सञ्जाल नेपालले दलहरूको चुनावी घोषणापत्रमा भूमि सुधारका ठोस कार्यक्रम समावेश गर्न १० बुँदे सुझाव सार्वजनिक
— भदौरेमा दम्पत्ती हत्यामा संलग्न आरोपमा दुई जना पक्राउ परेका छन् । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरे टोलमा बस्दै आएका ७४ वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती ८० वर्षीया चन्द्रमाया राईको हत्यामा संलग्न आरोपमा दाजुभाईलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाजु ३४ वर्षीय धनबहादुर राना र र उनका भाई १७ वर्षीय बालक रहेका छन् ...
: धादिङको थाक्रे गाउँपालिका वडानम्बर- ६ दशकिलास्थित पृथ्वीलोकमार्गमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। बिहान करिब ७ :३० बजेतिर दाङबाट काठमाडौँतर्फ आउँदै गरेको प्र-३-०१-००६ ख १५५२ नम्बरको बस र विपरीत दिशाबाट काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको बा. प्र-०१-००६ ख ५२०६ नम्बरको बस ठोक्किदा दुर्घटना भएको हो। दुर्घटनापछि दुवै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम