मुख्य समाचार
राष्ट्रिय सभा निर्वाचन : बागमती प्रदेशमा कांग्रेस–एमाले गठबन्धन विजयी
राष्ट्रिय सभा निर्वाचन : बागमती प्रदेशमा कांग्रेस–एमाले गठबन्धन विजयी

— राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशबाट कांग्रेस र एमालेको गठबन्धनबाट महिलातर्फ गीता देवकोटा र अन्य तर्फका उम्मेदवार प्रेमप्रसाद दंगाल निर्वाचित भएका छन् ।

राष्ट्रिय सभा निर्वाचनमा नेकपा र नेमकिपाका गरी ६ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । महिलातर्फ प्रदेश सभाबाट देवकोटाले ६० मतसहित ३१८० मतभार पाइन् ।

स्थानीयतर्फ १६१ मतसहित ३,०५९ गरी देवकोटाले कुल ६ जार २ सय ३९ मतभार पाएकी थिइन् । अन्यतर्फ दंगालले प्रदेश सभा तर्फबाट ५९ मतसहित ३ हजार १२७ मतभार पाएका थिए । दंगालले स्थानीय तहतर्फ १६२ मतसहित ३०७८ गरी कुल ६ हजार २ सय ५ मतभार पाए ।

महिलातर्फ नेकपाकी उम्मेदवार सरोजकुमारी झाले २,५२२ मतभार र नेमकिपाकी कविता महर्जनले १९७ मतभार पाइन् । अन्यतर्फ नेकपाका प्रेमप्रसाद सापकोटाले २,५४१ मतभार र नेमकिपाका विक्रम ढुकुछुले १९७ मतभार पाए ।

बागमती प्रदेश सभाका ८९ जना प्रदेश सभा सदस्य र स्थानीयतर्फ स्थानीय तहका २२९ जना प्रमुख र उपप्रमुख गरी ३१८ जनाले मतदानमा सहभागिता जनाएका थिए । प्रदेश सभातर्फ ४ हजार ७१७ मतभार खसेको थियो भने स्थानीयतर्फ ४ हजार ३५१ मतभार खसेको थियो । कुल ९,०६८ मतभार खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राष्ट्रिय परिवर्तन पार्टी संखुवासभाका उम्मेदवार घनश्याम वालिङ राईले २४ बुँदे प्रतिबद्धता-पत्र सार्वजनिक गरेका छन् । खाँदबारीमा आइतबार आयोजित कार्यक्रममा उनले उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीका साझा उम्मेदवारका रूपमा आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै मतदातालाई चुनाव चिह्न बाँसुरीमा मतदान गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै राईले आफ्नो राजनीति भाषणको होइन, सेवाको भएको स्पष्ट पारे। 'आश्वासन ...
— काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा २४ भदौमा जलेका मिसिलहरु प्राप्त गर्ने आदेश गरेको छ । पूर्व गृहमन्त्रीसहित उच्च पदाधिकारीविरुद्ध दायर मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालतले अन्तिम सुनुवाइका लागि उक्त प्रकरणसँग जोडिएका मिसिल मगाउने आदेश गरेको हो । काठमाडौं जिल्ला अदालतमा दुई वर्षदेखि विचाराधीन रहेको भुटानी शरणार्थी सम्बन्धी मुद्दाको जलेपछि मिसिल अझै प्राप्त हुन नसकेपछि ...
— भारतीय बुवा र नेपाली आमाबाट जन्मेका एक युवकलाई जिल्ला प्रशासन कार्यालय नवलपरासीले नागरिकता प्रदान गरेको छ । यहाँको देवचुली नगरपालिका–१३ निवासी मिसन गौतमलाई जन्म दिने आमाको प्रमाणका आधारमा नागरिकता दिइएको हो । जिल्ला प्रशासन कार्यालयका अधिकृत ज्योतिराज अर्यालका अनुसार नागरिकता ऐनमा भएको पछिल्लो संशोधनका आधारमा जिल्लाबाट यस्तो प्रकारको नागरिकता दिइएको यो पहिलो हो । मिसनका बुवा मिथुन ...
— राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशअन्तर्गत दलित र महिला समूहबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् । दलित समूहअन्तर्गत झापाका सोमनाथ पोर्तेल ७ हजार ४२३ मतभारसहित विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी खेमराज सुन्दासले २ हजार ३७ मतभार प्राप्त गरे । त्यस्तै, महिला समूहअन्तर्गत गठबन्धनकै रोशनी मेचे ७ हजार १७३ मतभारसहित निर्वाचित भइन् । उनकी निकटतम् प्रतिद्वन्द्वी ...
: नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी बीच चुनावी गठबन्धन गर्ने सहमति भएको छ। फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि उनीहरूबीच चुनावी गठबन्धन गर्ने सहमति भएको हो। पश्चिम रुकुममा एमालेले प्रगतिशीलका उम्मेदवार जनार्दन शर्मालाई र पूर्वी रुकुममा सन्दीप पुनलाई सघाउने सहमति भएको हो। रुकुम पूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार छन्। त्यस्तै कर्णाली प्रदेशका हुम्ला ...