मुख्य समाचार
राष्ट्रिय सभा निर्वाचन : बागमती प्रदेशमा कांग्रेस–एमाले गठबन्धन विजयी
राष्ट्रिय सभा निर्वाचन : बागमती प्रदेशमा कांग्रेस–एमाले गठबन्धन विजयी

— राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशबाट कांग्रेस र एमालेको गठबन्धनबाट महिलातर्फ गीता देवकोटा र अन्य तर्फका उम्मेदवार प्रेमप्रसाद दंगाल निर्वाचित भएका छन् ।

राष्ट्रिय सभा निर्वाचनमा नेकपा र नेमकिपाका गरी ६ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । महिलातर्फ प्रदेश सभाबाट देवकोटाले ६० मतसहित ३१८० मतभार पाइन् ।

स्थानीयतर्फ १६१ मतसहित ३,०५९ गरी देवकोटाले कुल ६ जार २ सय ३९ मतभार पाएकी थिइन् । अन्यतर्फ दंगालले प्रदेश सभा तर्फबाट ५९ मतसहित ३ हजार १२७ मतभार पाएका थिए । दंगालले स्थानीय तहतर्फ १६२ मतसहित ३०७८ गरी कुल ६ हजार २ सय ५ मतभार पाए ।

महिलातर्फ नेकपाकी उम्मेदवार सरोजकुमारी झाले २,५२२ मतभार र नेमकिपाकी कविता महर्जनले १९७ मतभार पाइन् । अन्यतर्फ नेकपाका प्रेमप्रसाद सापकोटाले २,५४१ मतभार र नेमकिपाका विक्रम ढुकुछुले १९७ मतभार पाए ।

बागमती प्रदेश सभाका ८९ जना प्रदेश सभा सदस्य र स्थानीयतर्फ स्थानीय तहका २२९ जना प्रमुख र उपप्रमुख गरी ३१८ जनाले मतदानमा सहभागिता जनाएका थिए । प्रदेश सभातर्फ ४ हजार ७१७ मतभार खसेको थियो भने स्थानीयतर्फ ४ हजार ३५१ मतभार खसेको थियो । कुल ९,०६८ मतभार खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बैतडीको दोगडाकेदार–३ श्रीकोटस्थित घोणेधार भन्ने ठाउँमा ईभी हाइस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईभि चालक दोगडाकेदार गाउँपालिका–५ न्वाली बस्ने २५ वर्षीय मदन ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी नायव निरीक्षक बल्देब बडूले जानकारी दिए । शनिबार राति पौनै १० बजे तिर सिल्लेगडाबाट बडिँयातर्फ गइरहेको सुपप्र ०३००१ ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले समृद्ध नेपाल निर्माणमा सामाजिक सद्भाव र सहअस्तित्व प्रवर्द्धनमा जोड दिएका छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा राष्ट्रिय सभागृहमा आयोजित प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी जनजाति ज्ञान सम्मेलनमा उनले सरकार संविधानको मर्मअनुरुप समावेशी सिद्धान्त कार्यान्वयन गराउन कटिबद्ध रहेको बताए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री अर्यालले संविधानले परिकल्पना गरेको समावेशी भावलाई वास्तविक ...
२१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै राष्ट्रिय भूमि सञ्जाल नेपालले दलहरूको चुनावी घोषणापत्रमा भूमि सुधारका ठोस कार्यक्रम समावेश गर्न १० बुँदे सुझाव सार्वजनिक
— भदौरेमा दम्पत्ती हत्यामा संलग्न आरोपमा दुई जना पक्राउ परेका छन् । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरे टोलमा बस्दै आएका ७४ वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती ८० वर्षीया चन्द्रमाया राईको हत्यामा संलग्न आरोपमा दाजुभाईलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाजु ३४ वर्षीय धनबहादुर राना र र उनका भाई १७ वर्षीय बालक रहेका छन् ...
: धादिङको थाक्रे गाउँपालिका वडानम्बर- ६ दशकिलास्थित पृथ्वीलोकमार्गमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। बिहान करिब ७ :३० बजेतिर दाङबाट काठमाडौँतर्फ आउँदै गरेको प्र-३-०१-००६ ख १५५२ नम्बरको बस र विपरीत दिशाबाट काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको बा. प्र-०१-००६ ख ५२०६ नम्बरको बस ठोक्किदा दुर्घटना भएको हो। दुर्घटनापछि दुवै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम