मुख्य समाचार
बालेन्द्र शाह (बालेन) सुदूरपश्चिमको चुनावी भ्रमण गर्ने
बालेन्द्र शाह (बालेन) सुदूरपश्चिमको चुनावी भ्रमण गर्ने

: राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) सुदूरपश्चिमको चुनावी भ्रमण गर्ने भएका छन्। उनी सोमबार नेपालगन्ज हुँदै कैलाली पुग्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।


बालेनले कैलाली क्षेत्र नं २ मा आयोजना हुने चुनावी सभामा सहभागी बन्नेछन्। रास्वपाबाट कैलाली २ मा उम्मेदवारी दिएका केपी खनालले सोमबार बालेन आफ्नो क्षेत्रमा आउने पुष्टि गरे। 'उहाँ (बालेन) हाम्रो क्षेत्रबाटै सुदूरपश्चिमको भ्रमण गर्दै हुनुहुन्छ। मेरो क्षेत्रमा आयोजना हुने कार्यक्रममा पनि उहाँ सरिक बन्नुहुन्छ,' अन्नपूर्णसँग उनले भने।


बालेन फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा झापा ५ मा उम्मेदवारी दिएका छन्। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न लागेका हुन्। झापामा उम्मेदवारी दिएपछि पूर्वी पहाडी जिल्लाको चुनावी अभियानमा उनी सहभागीसमेत बनेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले कुटनीतिक माध्यमबाट दुई देशबीचको आर्थिक सम्बन्ध विस्तार गर्न आफूले प्रयास गर्ने बताएकी छन्। मंगलबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत जोशीले भौगोलिक अवस्थितिका कारण जर्मनी विश्वको तेस्रो अर्थतन्त्र र युरोपेली युनियनको एक प्रभावशाली शक्ति भए पनि नेपाल र जर्मनीबीचको व्यापार ठूलो परिमाणमा नरहेको उल्लेख ...
। राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई वटा अध्यादेश जारी गरेका छन् । उनले मंगलबार दिउँसो वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो । तीनवटा मध्ये विपद्सम्बन्धी केही ...
। राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गरेका छन् । उनले मंगलबार दिउँसो वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेका हुन् । यो सँगै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधानका कानुनी अड्चनहरू हटेको बताउँछिन्, भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ । एक महिलालाई धम्याउनुका साथै ब्ल्याक मेलिङ गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले प्रेस विज्ञप्ति जारी गर्दै सुनारलाई सार्वजनिक कार्यक्रममा रोक लगाएको जानकारी दिएको हो । रास्वापाका महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै अनुसन्धान आयोगलाई तत्काल छानबिन गर्न निर्देशन दिइसकेको जानकारी गराएका ...
: संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत चिरन जंग थापाले देशको प्रतिनिधित्व लगनशील, निर्भीक, निष्ठावान् र उत्कृष्ट कूटनीतिज्ञका रूपमा गर्ने प्रतिबद्धता जनाएका छन्। सोमबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना र प्रतिबद्धता प्रस्तुत गर्दै थापाले वासिङ्टन डिसीमा हुने महत्वपूर्ण तथा सान्दर्भिक कार्यक्रमहरूमा निमन्त्रणा प्राप्त गरी नेपालको उपस्थिति र पहिचानलाई मजबुत बनाउने लक्ष्य लिएको समेत बताए। उनले परराष्ट्र मन्त्रालयसँगको ...