मुख्य समाचार
रविसहितकाे सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट सुनुवाइ हुँदै
रविसहितकाे सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट सुनुवाइ हुँदै

— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिट सुनुवाइ लागि पेसी तोकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ हुँदै छ । यसअघि न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले मंगलबार महान्यायाधिवक्ता कार्यालयसँग लिखित जवाफ मागेको थियो । लिखित जवाफ आएसँगै सर्वोच्चले पेसी तोकेर सुनुवाइ हुन लागेकाे हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले बिहीबार दायर गरेको रिटमा महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई ‘प्रथम दृष्टिमै गैरकानुनी, बदनियतपूर्ण र स्वेच्छाचारी’ भन्दै बदर गर्न माग गरिएको छ ।

महान्यायाधिवक्ता सविता भण्डारीले २०८२ पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौँ, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’को दाबी कायम नरहने गरी अभियोग पत्र संशोधन गर्ने निर्णय गरेकी थिइन् ।

उक्त निर्णयमा लामिछानेमाथि राजनीतिक प्रतिशोधका आधारमा अभियोग लगाइएको र बचतकर्ताको हितलाई प्राथमिकता दिनुपर्ने तर्क प्रस्तुत गरिएको थियो । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ लाई अभियोग संशोधनको आधार बनाइए पनि यो व्यवहारतः ‘मुद्दा फिर्ता’ लिने कृत्य भएको रिट निवेदकको दाबी छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन संहिताको दफा ११६ ले रोक लगाएको अवस्थामा उक्त निर्णयलाई ‘कानुनको कपटपूर्ण प्रयोग’ गरिएको तर्क रिटमा गरिएको छ ।

सम्पत्ति शुद्धीकरणजस्तो गम्भीर आर्थिक अपराधमा उन्मुक्ति दिँदा नेपाल अन्तर्राष्ट्रिय वित्तीय कारबाही कार्यदलको कालोसूचीमा पर्ने र यसबाट मुलुकलाई अपूरणीय क्षति पुग्ने रिटमा उल्लेख गरिएको छ ।



मिलापत्र गर्न नमिल्ने संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता मुद्दामा अभियोग संशोधन गर्दा हजारौं बचतकर्ताको न्याय पाउने अधिकार खोसिने जिकिरसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: परराष्ट्र मन्त्रालयका सचि अमृतबहादुर राईले मध्यपूर्वी एसियामा देखिएको द्वन्द्वमा फसेका नेपाली श्रमिकलाई आइपरे पानीजहाजबाट उद्धार गर्न सकिने बताएका छन्। बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले ठूलो संख्यामा नेपालीहरू मध्यपूर्वी एसियाका देशहरूमा काम गर्ने भएकाले पानी जहाजबाट भए पनि उद्धार गर्न सकिने बताएका हुन्। 'मध्यपूर्वी एसिया क्षेत्रमा फसेका नेपालीहरूलाई पानीजहाजबाट पनि उद्धार गर्न सकिन्छ। तर, आशा गरौं, ...
: राष्ट्रिय सभा सदस्य तथा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस विशेष महाधिवेशन अनुचित सिद्ध भएको टिप्पणी गरेका छन् । सिंहदरबार परिसरमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिटौलाले संस्थागत रुपमा आफूहरुले त्यसलाई आवश्यक नठानेको पनि बताएका छन् । उनले पार्टीभित्रको आन्तरिक विवादलाई अदालतले छिट्टो किनारा लगाउनु पर्ने पनि बताए । अदालतको फैसलापछि मात्र कांग्रेस पार्टी अगाडि बढ्न ...
: नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान) मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ। निगमले मंगलबार एक उडान सूचना प्रकाशन गर्दै आज राति ११:१५ बजे वाइडबडी विमानबाट नेपालमा रोकिएका यात्रु दुबई लैजाने छ भने दुबईबाट काठमाडौँ आउनका लागि रोकिएका यात्रुलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने भएको हो। दुबईबाट उडेको आरए ...
: परराष्ट्र मन्त्री बालानन्द शार्माले मध्यपूर्वी देशमा रहेका नेपाली श्रमिकहरू जोखिममा नरहेको बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली नागरिकहरू जोखिममा नरहेको स्पष्ट पारेका हुन्। उनले नेपाली श्रमिकहरूभन्दा पनि दोस्रो मुलुक जाने नेपालीहरू मध्यपूर्वी देशको ट्रान्जिटमा फसेको बताए। 'श्रमिकभन्दा पनि दोस्रो मुलुक जाने नेपाली नागरिकहरू ट्रान्जिटमा फसेका छन्। उहाँहरू छिट्टै उनीहरू गन्तव्ययमा पुग्ने विश्वास ...
: गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। गृहसचिव राजकुमार श्रेष्ठ, चारवटै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुखहरू, प्रदेश कमाण्ड पोष्टका पदाधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागितामा भर्चुअल माध्यमबाट आज भएको बैठकमा निर्वाचनको समीक्षा गर्दै ...