मुख्य समाचार
युएईको अबुधावीमा रुस, युक्रेन र अमेरिकाबीचको त्रिपक्षीय बैठक सम्पन्न
युएईको अबुधावीमा रुस, युक्रेन र अमेरिकाबीचको त्रिपक्षीय बैठक सम्पन्न

— युएईको अबुधावीमा रुस, युक्रेन र अमेरिकाबीचको त्रिपक्षीय बैठक सम्पन्न भएको छ । रुसको सरकारी समाचार एजेन्सी तासले अज्ञात स्रोतको हवाला दिदैं ‘केही परिणाम प्राप्त भएको’ जनाएको छ ।

केही समयपछि युएईमा फेरि बैठक बस्नसक्ने रुसी सञ्चारमाध्यम आरटीले जनाएको छ । युक्रेनी अधिकारीहरुले पनि यस वार्ता सकारात्मक रहेको बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोदमेर जेलेन्स्कीले अर्को साता फेरि बैठक बस्नसक्ने स‌ंकेत गरेका छन् । वार्तामा संलग्‍न अमेरिकी अधिकारीहरूले १ फेब्रुअरीमा नयाँ बैठक हुने बताएका छन् ।

युएईमा वार्ता चलिरहदाँ रूस र युक्रेन एकअर्कासँग युद्ध मैदानमै थिए । युक्रेनले आफ्न उर्जा पूर्वाधार तथा भौतिक सम्पत्तिमा रूसले ड्रोन तथा मिसाइल आक्रमण गरेको र यस क्रममा एकको मृत्यु तथा ३५ घाइते भएको जनाएको छ । त्यस्तै युक्रेनले एम्बुलेन्समाथि आक्रमण गर्दा तीनजना स्वास्थ्यकर्मीको मृत्यु भएको रूसले जनाएको छ ।

फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता रुस–युक्रेन र अमेरिकाका प्रतिनिधिबीच छलफल भएको यो पहिलोपटक हो ।

युक्रेनले राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख रुस्तेम उमरोभ, जनरल स्टाफ प्रमुख एन्ड्री हृनाटोभ र राष्ट्रपति कार्यालयका प्रमुख किरिलो बुडानोभलाई वार्ता टोलीमा समावेश गरेको थियो ।

त्यसैगरी, रुसी टोलीमा राष्ट्रपति भ्लादिमिर पुटिनका सल्लाहकार युरी उसाकोभ, सैन्य अधिकारी एडमिरल इगोर कोस्ट्युकोभसहित उच्चपदस्थ सुरक्षा अधिकारी सहभागी थिए । अमेरिकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टेभेन विटकफ, ट्रम्पका ज्वाइँरसल्लाहकार जारेड कुशनरसहितको टोलीलाई सहभागि थियो ।

अन्य धेरै विषयमा सहमति बनेपनि विशेषगरी सीमा क्षेत्रको विवाद दुई देशबीच पेचिलो मुद्दा बनेको छ । रुसले युद्धपछि बनेको नयाँ सीमा र नयाँ यथार्थ स्विकार्दै युक्रेनी सेना डोन्बस क्षेत्रबाट हट्नुपर्ने माग राखेको छ । तर युक्रेनले आफ्नो भूभाग सुम्पन नसक्ने बताउँदै आएको छ ।



डोन्बस क्षेत्रका दुई प्रान्तमध्ये लुहान्स्को ९७ प्रतिशतभन्दा धेरै भूभाग रूसको नियन्त्रणमा छ । त्यस्तै, डोनेट्स्कको ७० प्रतिशत भूभाग रूसी नियन्‍त्रणमा छ ।

त्यसैगरी युक्रेनले नाटोको सदस्यता कहिल्यै नलिने प्रतिबद्धता व्यक्त गर्नुपर्ने रूसको शर्त छ । युक्रेनले भने भविष्यमा आक्रमण नहुने ग्यारेन्टीको लागि अमेरिका र पश्चिमा देशहरुबाट सुरक्षा प्रतिबद्धता तथा साथ खोजेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...