मुख्य समाचार
युएईको अबुधावीमा रुस, युक्रेन र अमेरिकाबीचको त्रिपक्षीय बैठक सम्पन्न
युएईको अबुधावीमा रुस, युक्रेन र अमेरिकाबीचको त्रिपक्षीय बैठक सम्पन्न

— युएईको अबुधावीमा रुस, युक्रेन र अमेरिकाबीचको त्रिपक्षीय बैठक सम्पन्न भएको छ । रुसको सरकारी समाचार एजेन्सी तासले अज्ञात स्रोतको हवाला दिदैं ‘केही परिणाम प्राप्त भएको’ जनाएको छ ।

केही समयपछि युएईमा फेरि बैठक बस्नसक्ने रुसी सञ्चारमाध्यम आरटीले जनाएको छ । युक्रेनी अधिकारीहरुले पनि यस वार्ता सकारात्मक रहेको बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोदमेर जेलेन्स्कीले अर्को साता फेरि बैठक बस्नसक्ने स‌ंकेत गरेका छन् । वार्तामा संलग्‍न अमेरिकी अधिकारीहरूले १ फेब्रुअरीमा नयाँ बैठक हुने बताएका छन् ।

युएईमा वार्ता चलिरहदाँ रूस र युक्रेन एकअर्कासँग युद्ध मैदानमै थिए । युक्रेनले आफ्न उर्जा पूर्वाधार तथा भौतिक सम्पत्तिमा रूसले ड्रोन तथा मिसाइल आक्रमण गरेको र यस क्रममा एकको मृत्यु तथा ३५ घाइते भएको जनाएको छ । त्यस्तै युक्रेनले एम्बुलेन्समाथि आक्रमण गर्दा तीनजना स्वास्थ्यकर्मीको मृत्यु भएको रूसले जनाएको छ ।

फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता रुस–युक्रेन र अमेरिकाका प्रतिनिधिबीच छलफल भएको यो पहिलोपटक हो ।

युक्रेनले राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख रुस्तेम उमरोभ, जनरल स्टाफ प्रमुख एन्ड्री हृनाटोभ र राष्ट्रपति कार्यालयका प्रमुख किरिलो बुडानोभलाई वार्ता टोलीमा समावेश गरेको थियो ।

त्यसैगरी, रुसी टोलीमा राष्ट्रपति भ्लादिमिर पुटिनका सल्लाहकार युरी उसाकोभ, सैन्य अधिकारी एडमिरल इगोर कोस्ट्युकोभसहित उच्चपदस्थ सुरक्षा अधिकारी सहभागी थिए । अमेरिकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टेभेन विटकफ, ट्रम्पका ज्वाइँरसल्लाहकार जारेड कुशनरसहितको टोलीलाई सहभागि थियो ।

अन्य धेरै विषयमा सहमति बनेपनि विशेषगरी सीमा क्षेत्रको विवाद दुई देशबीच पेचिलो मुद्दा बनेको छ । रुसले युद्धपछि बनेको नयाँ सीमा र नयाँ यथार्थ स्विकार्दै युक्रेनी सेना डोन्बस क्षेत्रबाट हट्नुपर्ने माग राखेको छ । तर युक्रेनले आफ्नो भूभाग सुम्पन नसक्ने बताउँदै आएको छ ।



डोन्बस क्षेत्रका दुई प्रान्तमध्ये लुहान्स्को ९७ प्रतिशतभन्दा धेरै भूभाग रूसको नियन्त्रणमा छ । त्यस्तै, डोनेट्स्कको ७० प्रतिशत भूभाग रूसी नियन्‍त्रणमा छ ।

त्यसैगरी युक्रेनले नाटोको सदस्यता कहिल्यै नलिने प्रतिबद्धता व्यक्त गर्नुपर्ने रूसको शर्त छ । युक्रेनले भने भविष्यमा आक्रमण नहुने ग्यारेन्टीको लागि अमेरिका र पश्चिमा देशहरुबाट सुरक्षा प्रतिबद्धता तथा साथ खोजेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त ...
: ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि ...
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम