मुख्य समाचार
लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान सम्पन्न
लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान सम्पन्न

— लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान सम्पन्न भएको छ। घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा विहान ९ बजेदेखि सुरु भएको मतदान ३ बजे सम्पन्न भएको हो।

निर्वाचनमा २ सय ८६ मत खसेको छ । जसमा प्रदेशसभा सदस्यतर्फ पुरुष ४८ र महिला ३० गरी ७८ जना र स्थानीय तहतर्फ पुरुष १२३ र महिला ८५ गरी २ सय ८ जनाले मतदान गरेका छन् । प्रदेशसभा सदस्यतर्फ ५ र स्थानीय तहतर्फ ८ जना मतदानमा अनुपस्थित भएका छन् ।

लुम्बिनी प्रदेशमा ८७ प्रदेशसभा सदस्य र १ सय ९ स्थानीय तहका २ सय १८ प्रमुख उपप्रमुख गरी ३ सय ५ मतदाता रहेकोमा हाल २ सय ९९ मतदाता थिए । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बन्न ४ प्रदेश सभा सदस्य र एक पालिका प्रमुखले राजीनामा दिएको र एक पालिका प्रमुख रिक्त रहेकाले मतदाता संख्या घटेका थिए ।

अब केहीबेरमा मतगणना गरि आज नै नतिजा घोषाणा गर्ने तयारी भएको निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिए । तीन जना राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशबाट आठ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। का‌ंग्रेस–एमाले गठबन्धनबाट तीन, नेपाली कम्युनिष्ट पार्टीबाट तीन र राष्ट्रिय जनमोर्चाबाट दुई जना उम्मेदवार छन् ।

लुम्बिनी प्रदेशबाट महिला, अपांगता÷अल्पसंख्यक र अन्य गरी तीन जना सदस्य निर्वाचित हुँदैछन् । जसका लागि कांग्रेस र एमालेले तालमेल गरी उम्मेदवारी दर्ता गराएका छन्। एमालेको भागमा महिला कोटा परेको थियो भने काँग्रेसलाई अपांग र अन्य समूहबाट परेको थियो । जस अनुसार एमालेबाट मदाने गाउँपालिका–४, गुल्मीकी रामकुमारी झाँक्री उम्मेदवार छिन् ।

कांग्रेसबाट अपांग कोटामा लमही नगरपालिक–३ दाङका बासुदेव घिमिरे र अन्य कोटामा रेसुङ्गा नगरपालिका–३ गुल्मीका चन्द्र बहादुर केसीले उम्मेदवार छन् । उनीहरु का‌ंग्रेसका पुराना नेता हुन् ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टीले पनि तीनवटै सदस्यमा उम्मेदवार बनाएको छ । महिला कोटाबाट बराङ्दी गाउँपालिका–१ पाल्पाकी दुर्गा कुमारी भण्डारी, अपांगमा बैजनाथ गाउँपालिका–५ बाँकेका सर्जन बिक र अन्यमा बर्दघाट नगरपालिका–१४ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का बृहस्पति अधिकारीले उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय जनमोर्चाबाट महिला र अन्य कोटामा उम्मेद्वार छन् । महिलामा प्युठान नगरपालिका–८ प्युठानकी पद्मा पण्डित र अन्यमा मल्लरानी गाउँपालिका–२ प्युठानका बोम बहादुर खत्रीले प्रतिस्पर्धा गर्दैछन् ।



एमालेबाट निर्वाचित गोपाल भट्टराई, राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरे र तत्कालिन माओवादी केन्द्रका जगप्रसाद शर्माको पदावधि फागुन २० मा सकिदैछ । भट्टराई अन्य, घिमिरे महिला र शर्मा अपांग कोटाबाट सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सर्वोच्च अदालतले रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम आदेशका लागि सक्कल प्रमाण कागजपत्र झिकाउन आदेश दिएको छ। न्यायाधीश डा.मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले उक्त आदेश दिएको हो। 'यसमा महान्यायाधिवक्ता समेतले बहसको क्रममा अभियोगपत्र दायर भइसकेपश्चात थप प्रमाण फेला परेकोले अभियोगपत्र संशोधन गर्ने निर्णय गरिएको ...
— गुल्मीमा अटो तथा विद्युतीय रिक्साको भाडादर तथा रुट निर्धारण गरिएको छ। तम्घास आसपासमम अटोहरूले भाडा महंगो लिनेगरेको गुनासो आएपछि रेसुंगा नगरपालिकाले भाडादर निर्धारण गरेको हो । तम्घास बजार क्षेत्र अन्तर्गत (पूर्वतर्फ टुनिखोला, खानिगाउँ, पश्चिमतर्फ भुझेलखर्क, आदर्श चोक, उत्तरतर्फ बाखेछेडा, धागिथुम, उदिनढुङ्गा बेरियल र दक्षिणतर्फ उपल्लो तम्घास देउराली) भित्र प्रतिव्यक्ति ५० रुपैयाँ र रिजर्भ भएमा १०० ...
— राष्ट्रिय परिवर्तन पार्टी संखुवासभाका उम्मेदवार घनश्याम वालिङ राईले २४ बुँदे प्रतिबद्धता-पत्र सार्वजनिक गरेका छन् । खाँदबारीमा आइतबार आयोजित कार्यक्रममा उनले उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीका साझा उम्मेदवारका रूपमा आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै मतदातालाई चुनाव चिह्न बाँसुरीमा मतदान गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै राईले आफ्नो राजनीति भाषणको होइन, सेवाको भएको स्पष्ट पारे। 'आश्वासन ...
— काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा २४ भदौमा जलेका मिसिलहरु प्राप्त गर्ने आदेश गरेको छ । पूर्व गृहमन्त्रीसहित उच्च पदाधिकारीविरुद्ध दायर मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालतले अन्तिम सुनुवाइका लागि उक्त प्रकरणसँग जोडिएका मिसिल मगाउने आदेश गरेको हो । काठमाडौं जिल्ला अदालतमा दुई वर्षदेखि विचाराधीन रहेको भुटानी शरणार्थी सम्बन्धी मुद्दाको जलेपछि मिसिल अझै प्राप्त हुन नसकेपछि ...
— भारतीय बुवा र नेपाली आमाबाट जन्मेका एक युवकलाई जिल्ला प्रशासन कार्यालय नवलपरासीले नागरिकता प्रदान गरेको छ । यहाँको देवचुली नगरपालिका–१३ निवासी मिसन गौतमलाई जन्म दिने आमाको प्रमाणका आधारमा नागरिकता दिइएको हो । जिल्ला प्रशासन कार्यालयका अधिकृत ज्योतिराज अर्यालका अनुसार नागरिकता ऐनमा भएको पछिल्लो संशोधनका आधारमा जिल्लाबाट यस्तो प्रकारको नागरिकता दिइएको यो पहिलो हो । मिसनका बुवा मिथुन ...