मुख्य समाचार
राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत हालसम्म मधेस प्रदेशमा दुई सय बढीले मतदान
राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत हालसम्म मधेस प्रदेशमा दुई सय बढीले मतदान

: राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत हालसम्म मधेस प्रदेशमा दुई सय बढीले मतदान गरेका छन् । निर्वाचन अधिकृत शुभाषबाबु पुरीका हालसम्म १२० जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख र ८० जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् ।

मधेस प्रदेशमा चार समूहको चार सिटका लागि मतदान हुँदैछ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानमा १ सय जना प्रदेशसभा सदस्य र २६४ जना स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता छन् ।


मधेस प्रदेशमा चार सिटका लागि ११ जना उम्मेदवार रहेकोमा तीन जनालाई जनता समाजवादी पार्टी (जसपा) नेपालले निस्क्रिय पारेको हो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले एक्लै सबै सिटमा उम्मेदवारी दर्ता गराएको छ भने नेकपा एमाले,नेपाली कांग्रेस र जसपा नेपालले गठबन्धन गरेर उम्मेदवार खडा गरेको हो ।

जनमत पार्टीले आफ्नो उम्मेदवार खडा गरेको छैन् । मधेस प्रदेशमा अन्य,महिला,दलित र अपांगता अल्पसंख्यक समूहमा निर्वाचन हुँदैछ । अन्य समूहमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र नेकपाका लक्ष्मण पौडेल उम्मेदवार छन्।

उम्मेदवारी अघि लोसपा र जसपा नेपालबीच एकता गर्ने निर्णय मात्र भएकोमा हाल दुबै पार्टीबीच एकता भइसकेको छ । यस्तै, महिला समूहमा जसपा नेपालकी चन्द्रकला देवी साह, नेकपा एमालेकी रेखा कुमारी झा र नेकपाकी शमी कुमारी अग्रवाल उम्मेदवार रहेका छन्।

दलित समूहमा जसपा नेपालकी चमेली देवी दास, नेपाली कांग्रेसका धर्मेन्द्र पासवान र नेकपाका शम्भु पासवान हजारी उम्मेदवार छन्। अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहमा नेकपाका रामनन्दन प्रसाद, नेपाली कांग्रेसका रञ्जित कर्ण र जसपा नेपालका शैलेश कुमार चौधरी उम्मेदवार छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सर्वोच्च अदालतले रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम आदेशका लागि सक्कल प्रमाण कागजपत्र झिकाउन आदेश दिएको छ। न्यायाधीश डा.मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले उक्त आदेश दिएको हो। 'यसमा महान्यायाधिवक्ता समेतले बहसको क्रममा अभियोगपत्र दायर भइसकेपश्चात थप प्रमाण फेला परेकोले अभियोगपत्र संशोधन गर्ने निर्णय गरिएको ...
— गुल्मीमा अटो तथा विद्युतीय रिक्साको भाडादर तथा रुट निर्धारण गरिएको छ। तम्घास आसपासमम अटोहरूले भाडा महंगो लिनेगरेको गुनासो आएपछि रेसुंगा नगरपालिकाले भाडादर निर्धारण गरेको हो । तम्घास बजार क्षेत्र अन्तर्गत (पूर्वतर्फ टुनिखोला, खानिगाउँ, पश्चिमतर्फ भुझेलखर्क, आदर्श चोक, उत्तरतर्फ बाखेछेडा, धागिथुम, उदिनढुङ्गा बेरियल र दक्षिणतर्फ उपल्लो तम्घास देउराली) भित्र प्रतिव्यक्ति ५० रुपैयाँ र रिजर्भ भएमा १०० ...
— राष्ट्रिय परिवर्तन पार्टी संखुवासभाका उम्मेदवार घनश्याम वालिङ राईले २४ बुँदे प्रतिबद्धता-पत्र सार्वजनिक गरेका छन् । खाँदबारीमा आइतबार आयोजित कार्यक्रममा उनले उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीका साझा उम्मेदवारका रूपमा आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै मतदातालाई चुनाव चिह्न बाँसुरीमा मतदान गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै राईले आफ्नो राजनीति भाषणको होइन, सेवाको भएको स्पष्ट पारे। 'आश्वासन ...
— काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा २४ भदौमा जलेका मिसिलहरु प्राप्त गर्ने आदेश गरेको छ । पूर्व गृहमन्त्रीसहित उच्च पदाधिकारीविरुद्ध दायर मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालतले अन्तिम सुनुवाइका लागि उक्त प्रकरणसँग जोडिएका मिसिल मगाउने आदेश गरेको हो । काठमाडौं जिल्ला अदालतमा दुई वर्षदेखि विचाराधीन रहेको भुटानी शरणार्थी सम्बन्धी मुद्दाको जलेपछि मिसिल अझै प्राप्त हुन नसकेपछि ...
— भारतीय बुवा र नेपाली आमाबाट जन्मेका एक युवकलाई जिल्ला प्रशासन कार्यालय नवलपरासीले नागरिकता प्रदान गरेको छ । यहाँको देवचुली नगरपालिका–१३ निवासी मिसन गौतमलाई जन्म दिने आमाको प्रमाणका आधारमा नागरिकता दिइएको हो । जिल्ला प्रशासन कार्यालयका अधिकृत ज्योतिराज अर्यालका अनुसार नागरिकता ऐनमा भएको पछिल्लो संशोधनका आधारमा जिल्लाबाट यस्तो प्रकारको नागरिकता दिइएको यो पहिलो हो । मिसनका बुवा मिथुन ...