: जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान हरिबहादुर डिसी मृत फेला परेका छन्। प्रहरी जवान डिसी झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए। उनी घोराई उपमहानगरपालिकाको घोरदौरा क्षेत्रबाट दुई दिन अगाडि बेपत्ता थिए।
घोराही-२ रामपुर ठेगाना भएका उनी जिप्रकाका चालक समेत हुन् । माघ ८ गते बिहानको ड्यूटी सकेर स्कुटी लिएर निस्केका जिसी तीन दिनसम्म बेपत्ता थिए । प्रहरीले खोजतलास गर्दा घोराही-१८ घरडौराको जंगलमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।