मुख्य समाचार
भोटेकोशी र सुनकोशी नदी क्षेत्रमा हिउँदयाममै पर्यटकको चहलपहल लागेको छ
भोटेकोशी र सुनकोशी नदी क्षेत्रमा हिउँदयाममै पर्यटकको चहलपहल लागेको छ

— साहसिक जलयात्राका लागि विश्वकै उत्कृष्ट नदीनालामध्ये सातौं स्थानमा सूचीकृत भोटेकोशी र सुनकोशी नदी क्षेत्रमा हिउँदयाममै पर्यटकको चहलपहल लागेको छ।

सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिं थापाकाअनुसार यहाँ कठ्याग्रिदो चिसोका बाबजुद नदीमा र्‍याफ्टिङ गर्ने आन्तरिक तथा विदेशी पर्यटक तानिएका छन् । बिहानदेखि नदीको छालसँग लुकामारी खेल्दै अघि बढ्ने र्‍याफबोट र साँझ अरनिको राजमार्गसँगै देखिने टेन्ट तथा झिलीमिली रिसोर्टहरुले भोटेकोशी–सुनकोशी क्षेत्रलाई आकर्षक बनाएको छ ।

राजधानी काठमाडौंबाट करिब ७० किलोमिटर दूरीमा रहेको यो क्षेत्र हिउँदमा पनि साहसिक पर्यटनको केन्द्र बन्दै गएको छ। हाल नदीजन्य सामग्री उत्खनन् कम भएकाले कोठे, बलेफीबाट सुकुटेसम्म नदी स्वाभाविक लयमा फर्किएको छ । यससँगै साहसिक जलयात्रामा रमाउने पर्यटकको उपस्थिति सहज भएको व्यवसायी बताउँछन् ।

यसअघि प्रतिदिन चार सयभन्दा बढी नेपाली तथा विदेशी पर्यटक र्‍याफ्टिङका लागि भनेर आउने गरेका थिए । ‘हाल चिसोमा पनि दैनिक ५० देखि ६० पर्यटक सुकुटे आउँछन्, जसमा ३० ले र्‍याफ्टिङ गर्छन्, खासमा चिसो मौसम सहासिक जलयात्राका लागि अफ सिजन हो, यद्यपि र्‍याफ्टिङ गर्न आउन बन्द भएका छैनन्,’ थापाले भने । हाल सुनकोशी र भोटेकोशी नदी किनारमा र्‍याफ्टिङसहितका १० भन्दा बढी रिसोर्ट सञ्चालनमा छन् ।

जिल्लाको भोटेकोशी र सुनकोशी तटीयभेगमा मात्रै होटल तथा रिसोर्टको संख्या २० भन्दा बढी पुगेको नेपाल र्‍याफ्टिङ एसोसिएसनले जनाएको छ । भूकम्पअगाडि मात्रै कोशी किनारका रिसोर्टमा करिब सात लाख पर्यटक आएको तथ्यांक छ । सुकुटे रिभर फन बिच रिर्सोटका पर्यटन व्यवसायी ललित गिरीले यहाँ आउने अधिकांश पर्यटकको मुख्य आकर्षण जलयात्रा रहेको बताए । ‘युरोप, अमेरिकालगायत बाहृय मुलुकबाट आउने पर्यटकको पहिलो रोजाइ सुनकोशीमा र्याफ्टिङ हुन्छ,’ उनले भने ।

यससँगै माउन्टेन राइड र बन्जी जम्पजस्ता साहसिक खेलले पनि पर्यटकलाई तानेको छ । पर्यटकीय नगरी सुकुटेमा अर्को सहासिक खेलले भरिएको चिनिने थ्रिल भ्यालीमा हृयाममक केबुलकार, ३६० डिग्री स्वीङ र स्काई साइकलिङ सञ्चालनमा छन् । पर्यटन व्यवसायी महेन्द्र श्रेष्ठ र राजकुमार केसीसँग मिलेर झन्डै २ करोड लगानीमा थ्रिल भ्यालीमा यस्ता सेवा सुरु गरेको संञ्चालक सम्झना खड्का कार्कीले बताइन् । ‘यहाँको पर्यटन विकासमा थप योगदान पुर्‍याउन नयाँ एडभेन्चर टुरिज्म सुरु गरेका हौं । यो प्रभावकारी पनि देखिएको छ,’ उनले भनिन् ।

थ्रिल भ्यालीझै सुकुटे रिभर फन, माया बिच, रिभर वे, रक रिभरजस्ता दर्जनौं रिसोर्ट नयाँ साहसिक एडभेन्चर सेवा दिने प्रयासमा देखिन्छन् । थ्रिल भ्यालीबाहेक अन्य रिसोर्टको मुख्य आकर्षण भने जलयात्रा नै हो । नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष तथा पर्यटन व्यवसायी शिव अधिकारीका अनुसार यतिबेला पनि र्‍याफ्टिङमा आउने पर्यटक उत्तिकै छन् ।



यस क्षेत्रमा वार्षिक करिब ६० हजार आन्तरिक र २० हजार विदेशी पर्यटक आउने गरेका छन् । तीमध्ये अधिकांशले सहासिक जलयात्राको आनन्द लिन्छन् । साहसिक जलयात्रा र रिसोर्ट व्यवसायमार्फत प्रत्यक्ष–अप्रत्यक्ष रुपमा करिब १ हजार जनाले रोजगारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्कर विजेता हलिउड अभिनेत्री मिसेल योहले नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि विश्व समुदायलाई अपिल गरेकी छन् । योहले तिब्बत सीमावर्ती क्षेत्रनजिक आएको बाढीबाट प्रभावित नेपाल र पीडितप्रति आफ्नो सहानुभूति रहेको बताएकी हुन् । उनले हजारौं मानिस अझै बेपत्ता रहेको र केही सेकेन्डमै असंख्य घर बगाएको उल्लेख गरेकी छन् ...
। दक्षिण कोरियाली अभिनेता जंग इल-वू नेपालमा भीषण बाढीबाट प्रभावित नागरिक र बालबालिकाको सहयोगमा जुटेका छन् । गुड नेबर्सले बुधबार अभिनेता इल-वूले नेपालमा बाढीपछिको पुनस्र्थापना र विस्थापित पीडितलाई सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । उक्त रकम नुवाकोट र गोरखासहित बाढीबाट बढी प्रभावित क्षेत्रमा आपतकालीन राहतका लागि प्रयोग गरिनेछ । प्रभावित नागरिकलाई स्थानीयस्तरमै सहयोग ...
घटना भएको ३० वर्षपछि र्‍यापर टुपाक शुकुरको मुद्दामा अदालतले पहिलो पटक पूर्व ग्याङ नाइके ड्वेन केफी डी डेभिसलाई दोषी ठहर गरेको छ । आज अमेरिकाको नेभाडा राज्यस्थित लास भेगासको क्लार्क काउन्टी जिल्ला अदालतले यो निर्णय गरेको हो । घटना भएको लामो समय बितिसक्दा पनि यो मुद्दा सुल्झिएको थिएन । यो मुद्दामा भएको यो पहिलो सजाय पनि ...
। बलिउड अभिनेता सोनू सूद नेपाल आएका छन् । गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूलाई राहत सामग्री लिएर उनी मङ्गलबार काठमाडौँ आइपुगेका हुन् । उनले बाढी लगत्तै सामाजिक सञ्जालमार्फत पनि दु:ख व्यक्त गरेका थिए । अभिनेता सोनु सुदले सामाजिक सञ्जालमा नेपाली नागरिकको घाउमा मलम लगाउने वाचा गर्दै लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौँ। ...
। फिल्म ‘पार्वती’ ले ओपनिङ कलेक्सनको कमाइ भोटेकोशी बाढी पीडितका लागि प्रदान गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर कुल ग्रस कलेक्सनबाट निर्माताले पाउनुपर्ने मध्येको ११ लाख ३ हजार २७० रुपैयाँ प्रदान गरिएको वितरक करण श्रेष्ठले जानकारी दिए । निर्माताले रिलिजअघि नै पहिलो दिनको कमाइ प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा प्रदान गर्ने घोषणा गरेका थिए । निर्मात्री ...