मुख्य समाचार
भोटेकोशी र सुनकोशी नदी क्षेत्रमा हिउँदयाममै पर्यटकको चहलपहल लागेको छ
भोटेकोशी र सुनकोशी नदी क्षेत्रमा हिउँदयाममै पर्यटकको चहलपहल लागेको छ

— साहसिक जलयात्राका लागि विश्वकै उत्कृष्ट नदीनालामध्ये सातौं स्थानमा सूचीकृत भोटेकोशी र सुनकोशी नदी क्षेत्रमा हिउँदयाममै पर्यटकको चहलपहल लागेको छ।

सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिं थापाकाअनुसार यहाँ कठ्याग्रिदो चिसोका बाबजुद नदीमा र्‍याफ्टिङ गर्ने आन्तरिक तथा विदेशी पर्यटक तानिएका छन् । बिहानदेखि नदीको छालसँग लुकामारी खेल्दै अघि बढ्ने र्‍याफबोट र साँझ अरनिको राजमार्गसँगै देखिने टेन्ट तथा झिलीमिली रिसोर्टहरुले भोटेकोशी–सुनकोशी क्षेत्रलाई आकर्षक बनाएको छ ।

राजधानी काठमाडौंबाट करिब ७० किलोमिटर दूरीमा रहेको यो क्षेत्र हिउँदमा पनि साहसिक पर्यटनको केन्द्र बन्दै गएको छ। हाल नदीजन्य सामग्री उत्खनन् कम भएकाले कोठे, बलेफीबाट सुकुटेसम्म नदी स्वाभाविक लयमा फर्किएको छ । यससँगै साहसिक जलयात्रामा रमाउने पर्यटकको उपस्थिति सहज भएको व्यवसायी बताउँछन् ।

यसअघि प्रतिदिन चार सयभन्दा बढी नेपाली तथा विदेशी पर्यटक र्‍याफ्टिङका लागि भनेर आउने गरेका थिए । ‘हाल चिसोमा पनि दैनिक ५० देखि ६० पर्यटक सुकुटे आउँछन्, जसमा ३० ले र्‍याफ्टिङ गर्छन्, खासमा चिसो मौसम सहासिक जलयात्राका लागि अफ सिजन हो, यद्यपि र्‍याफ्टिङ गर्न आउन बन्द भएका छैनन्,’ थापाले भने । हाल सुनकोशी र भोटेकोशी नदी किनारमा र्‍याफ्टिङसहितका १० भन्दा बढी रिसोर्ट सञ्चालनमा छन् ।

जिल्लाको भोटेकोशी र सुनकोशी तटीयभेगमा मात्रै होटल तथा रिसोर्टको संख्या २० भन्दा बढी पुगेको नेपाल र्‍याफ्टिङ एसोसिएसनले जनाएको छ । भूकम्पअगाडि मात्रै कोशी किनारका रिसोर्टमा करिब सात लाख पर्यटक आएको तथ्यांक छ । सुकुटे रिभर फन बिच रिर्सोटका पर्यटन व्यवसायी ललित गिरीले यहाँ आउने अधिकांश पर्यटकको मुख्य आकर्षण जलयात्रा रहेको बताए । ‘युरोप, अमेरिकालगायत बाहृय मुलुकबाट आउने पर्यटकको पहिलो रोजाइ सुनकोशीमा र्याफ्टिङ हुन्छ,’ उनले भने ।

यससँगै माउन्टेन राइड र बन्जी जम्पजस्ता साहसिक खेलले पनि पर्यटकलाई तानेको छ । पर्यटकीय नगरी सुकुटेमा अर्को सहासिक खेलले भरिएको चिनिने थ्रिल भ्यालीमा हृयाममक केबुलकार, ३६० डिग्री स्वीङ र स्काई साइकलिङ सञ्चालनमा छन् । पर्यटन व्यवसायी महेन्द्र श्रेष्ठ र राजकुमार केसीसँग मिलेर झन्डै २ करोड लगानीमा थ्रिल भ्यालीमा यस्ता सेवा सुरु गरेको संञ्चालक सम्झना खड्का कार्कीले बताइन् । ‘यहाँको पर्यटन विकासमा थप योगदान पुर्‍याउन नयाँ एडभेन्चर टुरिज्म सुरु गरेका हौं । यो प्रभावकारी पनि देखिएको छ,’ उनले भनिन् ।

थ्रिल भ्यालीझै सुकुटे रिभर फन, माया बिच, रिभर वे, रक रिभरजस्ता दर्जनौं रिसोर्ट नयाँ साहसिक एडभेन्चर सेवा दिने प्रयासमा देखिन्छन् । थ्रिल भ्यालीबाहेक अन्य रिसोर्टको मुख्य आकर्षण भने जलयात्रा नै हो । नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष तथा पर्यटन व्यवसायी शिव अधिकारीका अनुसार यतिबेला पनि र्‍याफ्टिङमा आउने पर्यटक उत्तिकै छन् ।



यस क्षेत्रमा वार्षिक करिब ६० हजार आन्तरिक र २० हजार विदेशी पर्यटक आउने गरेका छन् । तीमध्ये अधिकांशले सहासिक जलयात्राको आनन्द लिन्छन् । साहसिक जलयात्रा र रिसोर्ट व्यवसायमार्फत प्रत्यक्ष–अप्रत्यक्ष रुपमा करिब १ हजार जनाले रोजगारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘धुरन्धर’ का फ्यानका लागि खुसीको खबर छ ! यो फिल्मको दोस्रो भागको टिजर छिट्टै सार्वजनिक गरिने भएको छ । यससँगै फिल्मको शीर्षक पनि तय भएको बलिउड संचारमाध्यमले जनाएका छन् । सोमबार ‘धुरन्धर २’ को टिजर सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनमा पठाइएको थियो । यो टिजर १ मिनेटभन्दा लामो छ । बलिउड हंगामाको रिपोर्ट अनुसार, फिल्मको ...
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...