— पदयात्रा र पर्वतारोहणमा जाने पर्यटकको ‘फेक रेस्क्यु’बारे प्रहरीले अनुसन्धान थालेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रारम्भिक जाँचपछि केही व्यक्तिलाई नियन्त्रणमा लिएको सीआईबीका एक अनुसन्धान अधिकृतले बताए । ‘अहिले पनि अपरेसन चलिरहेको छ, यसबारे साँझ ५ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिन्छौं,’ ती अधिकृतले भने ।
सीआईबी प्रवक्ता शिवकुमार श्रेष्ठले पनि फेक रेस्क्युको अनुसन्धानबारे प्रगति विवरण जानकारी गराउन पत्रकार सम्मेलन राखिएको बताए ।