: नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी बीच चुनावी गठबन्धन गर्ने सहमति भएको छ। फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि उनीहरूबीच चुनावी गठबन्धन गर्ने सहमति भएको हो।
पश्चिम रुकुममा एमालेले प्रगतिशीलका उम्मेदवार जनार्दन शर्मालाई र पूर्वी रुकुममा सन्दीप पुनलाई सघाउने सहमति भएको हो। रुकुम पूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार छन्।
त्यस्तै कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लाहरू र पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा प्रलोपाले एमाले उम्मेद्वारलाई सघाउने सहमति पनि भएको छ। दुवै पार्टीहरूले उपरोक्त सहमति कार्यान्वयन गर्न आ-आफ्नो आन्तरिक पंक्तिलाई अविलम्ब निर्देशन गर्ने सहमति पत्रमा उल्लेख छ। सहमति पत्रमा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल र प्रगतिशीलबाट अध्यक्ष दुर्गा सोवले हस्ताक्षर गरेका छन्।