मुख्य समाचार
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या चालु आर्थिक वर्षको ६ महिनामा एक लाख १९ हजार ५७६ पुगेको छ
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या चालु आर्थिक वर्षको ६ महिनामा एक लाख १९ हजार ५७६ पुगेको छ

— वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तब्य चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या चालु आर्थिक वर्षको ६ महिनामा एक लाख १९ हजार ५७६ पुगेको छ ।

निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनास थापा मगरका अनुसार यो अवधिमा ७२ हजार ५०८ स्वदेशी, ३९ हजार ७९३ विदेशी र सार्क राष्ट्रका ७ हजार २७५ ले निकुञ्ज घुमेका छन् ।

गत आर्थिक वर्षको तुलनामा चितवन निकुञ्ज घुम्ने कुल पर्यटकको संख्यामा सुधार देखिएको छ । तर यो आर्थिक वर्षको ६ महिनाको अवधिमा स्वदेशी पर्यटकको संख्या बढे पनि विदेशी र सार्क देशबाट आउने पर्यटकको संख्या घटेको छ । गत वर्ष साउनदेखि पुससम्म कुल एक लाख १० हजार ३४५ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । गत वर्षभन्दा नौ हजार २३१ बढी पर्यटक आएका छन् ।

स्वदेशी पर्यटक बढ्दा संख्यामा झिनो सुधार देखिएको हो । गत वर्ष साउनदेखि पुससम्म ५३ हजार १०३ जना स्वदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । गत वर्षको तुलनामा यो वर्ष स्वदेशी पर्यटककको संख्या १९ हजार ४०५ बढेको छ । विदेशी र सार्क राष्ट्रका पर्यटकको संख्या घटेको छ । गत वर्ष यो अवधिमा ४६ हजार ३९२ विदेशी र सार्क राष्ट्रका १० हजार ८५० पर्यटक निकुञ्ज आएका थिए ।

विदेशी पर्यटक गत वर्षको यो अवधिको तुलनामा ६ हजार ५९९ र सार्क देशका तीन हजार ५७५ कम पर्यटक चितवन निकुञ्ज घुम्न आएका छन् । साउन र भदौमा न्युन रहेको पर्यटकको संख्या असोज लागेपछि सुधार हुँदै गएको निकुञ्जको विवरणबाट देखिन्छ । यो अवधिमा सबैभन्दा धेरै पर्यटक कात्तिकमा आएका छन् । साउन भदौमा सात हजारको हराहारीमा पर्यटक आएका थिए ।


असोजमा पर्यटकको संख्या २० हजार नाघेको थियो । त्यसपछि कात्तिकमा ३२ हजार २५२ पुगेर पर्यटकको संख्या घट्न सुरु भएको छ । पुसमा २५ हजार ५८५ पर्यटकले चितवन निकुञ्ज घुमेको विवरण छ । चितवन राष्ट्रिय निकुञ्जमा विश्वकै दुर्लभ वन्यजन्तु एक सिंगे गैंडा, पाटे बाघ लगायतका जीवजनावरहरु छन् । जंगलमा गएर यस्ता जीवजनावर हेर्नका लागि देश विदेशबाट लाखौं पर्यटक आउँछन् ।

पहिला निकुञ्ज घुम्ने पर्यटकमा विदेशीको संख्या अत्याधिक हुन्थ्यो । तर भूकम्प, कोरोना महामारीले विदेशीको संख्या घट्दै आएको छ । भुकम्पअघि चितवन निकुञ्ज घुम्ने विदेशी पर्यटक एक लाख २७ हजार नाघेको थियो । त्यसपछि विदेशी पर्यटकको संख्या बढेको छैन । कोरोनापछि स्वदेशी पर्यटक बढ्न थालेका हुन् । आर्थिक वर्ष ०७५/७६ मा निकुञ्ज घुम्ने कुल नेपाली ४४ हजार ६२३ मात्र थिए ।



गत वर्ष साउनदेखि पुससम्म त्यसअघिको आर्थिक वर्षको ६ महिनामा भन्दा विदेशी पर्यटक थोरै बढेका थिए । तर यो वर्ष भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका कारण धेरै विदेशी पर्यटकले बुकिङसमेत रद्द गरेका कारण पर्यटन प्रभावित भएको कसरा पर्यटन व्यवसायी समितिका कोषाध्यक्ष गणेश पौडेलले बताए । उनी पटिहानी–जगतपुर क्षेत्रका पर्यटन व्यवसायी हुन् ।

पटिहानी जगतपुर र मेघौली क्षेत्रका होटल रिसोर्टहरुमा स्वदेशीभन्दा विदेशी पर्यटक धेरै आउँछन् । पुसमा यो क्षेत्रमासमेत विदेशीभन्दा स्वदेशी पर्यटक धेरै गएको निकुञ्जको तथ्यांकमा देखिन्छ । ‘अंग्रेजी नयाँ वर्ष र क्रिसमसमा यहाँ विदेशी पर्यटक खासै हुँदैनन् । नेपालीहरु भने यो बेलामा पनि आउँछन्,’ पौडेलले भने । विदेशी पर्यटकले अंग्रजी महिना फेब्रुअरीदेखि मइसम्म बुकिङ सुरु गरेको उनले बताए ।

जून र जुलाईमा इटलीलगायत युरोपमा अन्य मुलुकका पर्यटक आउने गरेको पौडेलको भनाइ छ । ‘अहिले पनि बुकिङ त सुरु भएको छ । बुकिङ त्यत्ति नराम्रो छैन । यही बेलामा नेपालमा चुनाव छ । चुनावमा देशको वातावरण कस्तो हुन्छ ? त्यसले अब आउने पर्यटकको संख्या निर्धारण गर्दछ,’ पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा नभई नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सहनिर्माताका रूपमा अघि बढ्नुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग आज अर्थ मन्त्रालयमा भएको छलफलमा राष्ट्र बैंकले नियामक निकायको भूमिकासँगै मुलुकको आर्थिक रूपान्तरणमा सक्रिय साझेदारको भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । ‘आजको छलफल कुनै औपचारिक टिप्पणीमा सीमित रहने ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका विशिष्ट श्रेणीका कर्मचारीसँग छलफल गरेका छन् । मन्त्रीसँगको छलफलमा उनीहरूले बैंकिङ क्षेत्रमा कर्जाको माग बढ्न लगानीमैत्री वातावरणको विकास गर्नुपर्ने सुझाएका छन् । हाल कर्जाको माग नबढ्नुमा लगानी वातावरण नै प्रमुख रहेको उनीहरूले बताए। अर्थतन्त्रको पछिल्लो अवस्था र वित्तीय क्षेत्रका समस्या समाधानका लागि केन्द्रीय बैंकका विभागहरूले के कसरी ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रुपान्तरण र संरचनागत सुधारका लागि ‘नीतिगत आत्मविश्वास’ अनिवार्य रहेको बताएका छन् । बुधवार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफलमा उनले सो धारणा राखेका हुन् । निजी क्षेत्रले केवल सहुलियत मात्र नभई स्पष्ट नीति, स्थिर नियम, शीघ्र निर्णय र विश्वसनीय कार्यान्वयन खोजिरहेको उनले उल्लेख गरे । उनले सरकारको सोच, प्राथमिकता ...
: प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकको सञ्चालक समिति एक जना महिलासहित सात सदस्यीय बनाउन सहमति जुटाएको छ । मंगलबार समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा ९ सदस्यीय सञ्चालक समिति प्रस्ताव गरिएकोमा पूर्ववत रुपमा नै सात सदस्यीय समिति बनाउन सहमति जुटेको हो । बैठकमा अर्थमन्त्री डा. ...
। अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले सुनको मौजुदा वितरण प्रणालीलाई परिमार्जन गरी सहज र पहुँचयोग्य बनाउनुपर्ने बताएका छन् । सोमबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै सचिव उपाध्यायले हाल कायम रहेको दैनिक २५ किलोको बिक्री सीमा र वितरण प्रक्रियालाई व्यावहारिक बनाउन आवश्यक रहेको उल्लेख गरे । उनका अनुसार वैदेशिक मुद्रा सञ्चितिको सन्तुलन कायम राख्न नेपाल राष्ट्र ...