मुख्य समाचार
गुल्मीमा अटो तथा विद्युतीय रिक्साको भाडादर तथा रुट निर्धारण
गुल्मीमा अटो तथा विद्युतीय रिक्साको भाडादर तथा रुट निर्धारण

— गुल्मीमा अटो तथा विद्युतीय रिक्साको भाडादर तथा रुट निर्धारण गरिएको छ। तम्घास आसपासमम अटोहरूले भाडा महंगो लिनेगरेको गुनासो आएपछि रेसुंगा नगरपालिकाले भाडादर निर्धारण गरेको हो ।

तम्घास बजार क्षेत्र अन्तर्गत (पूर्वतर्फ टुनिखोला, खानिगाउँ, पश्चिमतर्फ भुझेलखर्क, आदर्श चोक, उत्तरतर्फ बाखेछेडा, धागिथुम, उदिनढुङ्गा बेरियल र दक्षिणतर्फ उपल्लो तम्घास देउराली) भित्र प्रतिव्यक्ति ५० रुपैयाँ र रिजर्भ भएमा १०० रुपैयाँ तोकिएको नगरपालिकाका राजस्व शाखा प्रमुख सुरेश खनालले जानकारी दिए।

उनका अनुसार ताेकिएका स्थानबाहेक कच्ची सडकमा प्रतिकिलोमिटर ८० रुपैयाँ र पक्की सडकमा ५० रुपैयाँ ताेकिएकाे छ ।

ताेकिएकाे समयमा रातिकाे समयमा भने प्रति व्यक्ति १०० रुपैयाँ र रिजर्भ भएमा २०० रुपैयाँ ताेकिएकाे खनालले बताए । साथै नगरपालिकाले भाडादर तथा रुट निर्धारण गर्दै एक जना व्यक्तिलाई पनि ताेकिएकाे दररेटमा सेवा दिनुपर्ने जनाएको छ ।

रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले नगरभित्र यातायात व्यवस्थापनमा सहजता, बजार व्यवस्थापन, स्थानीय यातायात सुरक्षा र नियमन गर्नका लागि नगरपालिकाले 'रेसुंगा नगरपालिकाकाे अटाे तथा विद्युतीय रिक्सा संचालन, व्यवस्थापन र नियमन सम्बन्धि कार्यविधि तयार गरेको बताए । उक्त कार्यविधि अनुसार नगरपालिकाभित्र चल्ने अटाे तथा विद्युतीय रिक्साका लागि भाडादर ताेकिएकाे बताए ।


भाडादर सम्बन्धी पटकपटक गुनासो आएपछि नगरपालिकाले सम्बाेधनका लागि भाडादर निर्धारण गरेको रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए । उनले निर्धारण गरिएको भाडादरले सेवाप्रदायक र सेवाग्राही दुवैलाई फाइदा पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सर्वोच्च अदालतले रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम आदेशका लागि सक्कल प्रमाण कागजपत्र झिकाउन आदेश दिएको छ। न्यायाधीश डा.मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले उक्त आदेश दिएको हो। 'यसमा महान्यायाधिवक्ता समेतले बहसको क्रममा अभियोगपत्र दायर भइसकेपश्चात थप प्रमाण फेला परेकोले अभियोगपत्र संशोधन गर्ने निर्णय गरिएको ...
— राष्ट्रिय परिवर्तन पार्टी संखुवासभाका उम्मेदवार घनश्याम वालिङ राईले २४ बुँदे प्रतिबद्धता-पत्र सार्वजनिक गरेका छन् । खाँदबारीमा आइतबार आयोजित कार्यक्रममा उनले उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीका साझा उम्मेदवारका रूपमा आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै मतदातालाई चुनाव चिह्न बाँसुरीमा मतदान गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै राईले आफ्नो राजनीति भाषणको होइन, सेवाको भएको स्पष्ट पारे। 'आश्वासन ...
— काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा २४ भदौमा जलेका मिसिलहरु प्राप्त गर्ने आदेश गरेको छ । पूर्व गृहमन्त्रीसहित उच्च पदाधिकारीविरुद्ध दायर मुद्दाको सुनुवाइ गर्दै जिल्ला अदालतले अन्तिम सुनुवाइका लागि उक्त प्रकरणसँग जोडिएका मिसिल मगाउने आदेश गरेको हो । काठमाडौं जिल्ला अदालतमा दुई वर्षदेखि विचाराधीन रहेको भुटानी शरणार्थी सम्बन्धी मुद्दाको जलेपछि मिसिल अझै प्राप्त हुन नसकेपछि ...
— भारतीय बुवा र नेपाली आमाबाट जन्मेका एक युवकलाई जिल्ला प्रशासन कार्यालय नवलपरासीले नागरिकता प्रदान गरेको छ । यहाँको देवचुली नगरपालिका–१३ निवासी मिसन गौतमलाई जन्म दिने आमाको प्रमाणका आधारमा नागरिकता दिइएको हो । जिल्ला प्रशासन कार्यालयका अधिकृत ज्योतिराज अर्यालका अनुसार नागरिकता ऐनमा भएको पछिल्लो संशोधनका आधारमा जिल्लाबाट यस्तो प्रकारको नागरिकता दिइएको यो पहिलो हो । मिसनका बुवा मिथुन ...
— राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशअन्तर्गत दलित र महिला समूहबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् । दलित समूहअन्तर्गत झापाका सोमनाथ पोर्तेल ७ हजार ४२३ मतभारसहित विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी खेमराज सुन्दासले २ हजार ३७ मतभार प्राप्त गरे । त्यस्तै, महिला समूहअन्तर्गत गठबन्धनकै रोशनी मेचे ७ हजार १७३ मतभारसहित निर्वाचित भइन् । उनकी निकटतम् प्रतिद्वन्द्वी ...