मुख्य समाचार
बङ्गलादेशमा १० लाख जागिर गुम्ने खतरा, कपडा उद्योग बन्द गर्ने चेतावनी
बङ्गलादेशमा १० लाख जागिर गुम्ने खतरा, कपडा उद्योग बन्द गर्ने चेतावनी

। बङ्गलादेशको टेक्सटाइल (कपडा) उद्योग गम्भीर सङ्कटबाट गुज्रिरहेको छ। टेक्सटाइल मिल मालिकहरूले सरकारलाई चेतावनी दिँदै यदि जनवरीको अन्त्यसम्ममा धागोको भन्साररहित आयात बन्द नगरिए फेब्रुअरी १ देखि देशभरका मिलहरू बन्द गर्ने घोषणा गरेका छन्।

सञ्चारमाध्यमहरूका अनुसार, बङ्गलादेशको वाणिज्य मन्त्रालयले राष्ट्रिय राजस्व बोर्डलाई आयातित धागोमा दिइँदै आएको भन्सार छुट सुविधा खारेज गर्न सिफारिस गरेको छ।




मिल मालिकहरूले भारतबाट आउने सस्तो धागोले स्वदेशी बजार भरिएकोले स्थानीय उद्योगहरूलाई ठूलो नोक्सानी भइरहेको दाबी गरेका छन् । समान प्रतिस्पर्धाको वातावरण समाप्त भएको र मिलहरू बन्द भएमा १० लाख मजदुरको रोजगारी गुम्ने खतरा रहेको उनीहरूले बताएका छन्।

१० लाख मजदुरको रोजगारी जोखिममा




बङ्गलादेश टेक्सटाइल मिल्स एसोसिएसन (बीटीएमए) ले सरकारलाई सचेत गराउँदै भनेको छ, ‘यदि फेब्रुअरी १ देखि मिलहरू बन्द भएमा करिब १० लाख मजदुरको रोजगारी प्रभावित हुनेछ।’

यसले देशमा सामाजिक तनाव समेत बढाउन सक्ने आशङ्का गरिएको छ। यति हुँदाहुँदै पनि सरकारले अहिलेसम्म मूल्य अभिवृद्धि कर (भ्याट) मा कुनै राहतको घोषणा गरेको छैन।

५० भन्दा बढी मिल बन्द, १५ अर्बको धागो थन्कियो

बङ्गलादेशका तयारी पोसाक (गार्मेन्ट) उत्पादकहरूले वर्षौँदेखि भारतबाट सुती धागो र चीनबाट पोलिस्टर धागो आयात गर्दै आएका छन्। तर पछिल्लो तीन–चार महिनामा ग्यासको अभाव, अनियमित आपूर्ति र ऊर्जाको बढ्दो मूल्यले थप समस्या सिर्जना गरेको छ।

बीटीएमएका अनुसार, सस्तो भारतीय धागोको ठूलो परिमाणमा आयात भएका कारण बजारमा करिब १५ अर्ब बराबरको स्वदेशी धागो बिक्री नभएर थन्किएको छ। हालसम्म ५० भन्दा बढी टेक्सटाइल मिलहरू बन्द भइसकेका छन् भने हजारौँ मजदुरले रोजगारी गुमाएका छन्। धेरै उद्योगीहरूलाई बैंकको ऋण तिर्न समेत मुस्किल परिरहेको छ।

७८ प्रतिशत धागो भारतबाट आयात

सरकारी तथ्याङ्कअनुसार सन् २०२५ मा बङ्गलादेशले करिब २ हजार करोड डलर बराबरको ७० करोड किलोग्राम धागो आयात गरेको थियो, जसमा ७८ प्रतिशत हिस्सा भारतको रहेको छ।

स्पिनिङ मिल मालिकहरूले १० देखि ३० काउन्टका सुती धागोको भन्साररहित आयात बन्द गर्न माग गरेका छन् । उनीहरूले सस्तो र निरन्तर ग्यास आपूर्ति, सङ्कटको समयमा भ्याटमा राहत, बैंक ऋणको ब्याजदरमा कटौती र सरकारसँग सिधै संवादको वातावरण बनाउन पनि माग गरेका छन् ।

अर्कोतर्फ, गार्मेन्ट आयातकर्ताहरू भने भारतीय धागोको गुणस्तर र नियमित आपूर्ति राम्रो रहेको बताउँछन्। उनीहरूका अनुसार भन्साररहित आयात रोकिएमा उत्पादन लागत बढ्नेछ र विश्व बजारमा बङ्गलादेशको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त ...
: ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि ...
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम