मुख्य समाचार
यामप्रसाद गुरुङ नेपाली यू-२० महिला फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त
यामप्रसाद गुरुङ नेपाली यू-२० महिला फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त

। यामप्रसाद गुरुङ नेपाली यू-२० महिला फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनवरी ३१ मा दशरथ रंगशालामा हुने चीन युनान युथ महिला टोलीविरुद्धको मैत्रीपूर्ण खेलका लागि गुरुङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।


उनको सहायक प्रशिक्षकका रूपमा सन्देश कुमार श्रेष्ठ, गोलकिपिङ प्रशिक्षक सञ्जीव जोशी र टोली व्यवस्थापक दिपा छेत्री रहनेछन्।

नियुक्ति पत्र एन्फाका महासचिव किरण राई ले एन्फाका पूर्व कार्यसमिति सदस्य सरिला श्रेष्ठ को उपस्थितिमा हस्तान्तरण गरेका थिए।


यो मैत्रीपूर्ण खेल एन्फा, युनान विश्वविद्यालयको शारीरिक शिक्षा विद्यालय र नेपाल ओभरसिज चाइनिज एसोसिएसन को संयुक्त आयोजनामा हुन लागेको हो।

मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले उक्त खेलका लागि प्रारम्भिक रूपमा ३० खेलाडीलाई टोलीमा बोलाएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। माल्दिभ्समा हुने साफ यू-२० च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ । साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले आइतबार समूह विभाजन सार्वजनिक गरेको हो । नेपालसँगै समूह ‘ए’ मा माल्दिभ्स, भुटान र श्रीलंका छन् । समूह ‘बी’ मा भारत, बंगलादेश र पाकिस्तान छन् । प्रतियोगिता आगामी २३ मार्च देखि ३ अप्रिलसम्म माल्दिभ्समा हुँदैछ ।
— इंग्लिस प्रिमियर लिगमा शनिबार बर्नमाउथले लिभरपुललाई ३–२ ले पराजित गरेको छ । खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला आमिन एडिलले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा निर्णायक गोल गरे । हारले लिभरपुल ३६ अंकमा चौथोमा रह्यो र उसको शीर्ष चारको सम्भावनामा धक्का पुगेको छ । त्यस अगाडि म्यानचेस्टर सिटीले उल्भ्सलाई २–० ले पराजित गरेको थियो । ...
— केयलिन एमबापेले गरेको दुई गोलको मदतले रियल म्याड्रिडले शनिबार भिल्लारियललाई २–० ले हराएको छ र अंक तालिकाको शीर्षमा उक्लेको छ । अल्भारो अरबेलोआको टिमलाई शीर्षमा दुई अंकको अग्रता प्राप्त छ । रियलको ५१ अंक भएको छ । बार्सिलोना ४९ अंकमा दोस्रो स्थानमा छ र उसले अब आइतबार हुने खेलमा अंक तालिकाको पुछारतिर रहेको रियल ओभिएडोको ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी)ले भारत र श्रीलंकामा संयुक्तरुपमा आयोजना हुने टी-२० विश्वकपमा बंगलादेशको स्थानमा स्कटल्यान्डलाई समावेश गरेको छ। बंगलादेशले भारतमा खेल्न अस्वीकार गरेपछि आइसीसीले वरीयतामा माथि रहेको स्कटल्यान्डलाई अवसर प्रदान गरेको हो। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले भारतमा सुरक्षा चुनौतीका कारण आफ्ना खेलहरू श्रीलंकामा खेल्न पाउनुपर्ने माग राख्दै आएको थियो। तर, आइसिसीले भारतमा कुनै पनि किसिमको ...
आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको समूह बी अन्तर्गत रहेको नेपालले जिम्बावेलाई हराउँदै पहिलो जित दर्ता
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम