मुख्य समाचार
बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारहरूसँग छलफल
बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारहरूसँग छलफल

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारहरूसँग छलफल गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौं फर्किएका नेता शाहले चुनावी रणनीतिबारे उपत्यकाभित्रका पार्टीका उम्मेदवारसँग छलफल गरेका हुन् ।

बालेनले उम्मेदवारहरुसँग चुनावी अभियानबारे ब्रिफिङ लिएको भेटमा संलग्न नेताहरूले बताएका छन् । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ललितपुर–३ की उम्मेदवार तोसिमा कार्कीले चुनावी अभियानबारे नेता शाहले जानकारी लिएको बताइन् ।


‘उहाँले हामीहरूसँग अपडेट लिनुभएको हो । अर्को, चुनावी रणनीतिको बारेमा थोरै छलफल भयो । उहाँले स्पष्ट रुपमा भन्नुभएको छ–सरकार हाम्रो बन्दैछ । ढुक्क भएर जनताको घर-घरमा जानुस्, समस्या सुन्नुस् भन्नुभयो, ‘ भेटपछि कार्कीले भनिनन् ।

अर्की उम्मेदवार रञ्जु दर्शनाले पनि चुनावी रणनीतिबारे छलफल भएको जानकारी दिइन् । ‘उहाँले ढुक्क भएर आफ्नो चुनावी क्याम्पेङ गरेर अगाडि बढ्नुस् भन्नुभयो । अन्य चुनावी रणनीतिको बारेमा पनि केही छलफल भयो’ उनले भनिन् ।

त्यस्तै अर्का उम्मेदवार राजुनाथ पाण्डेले निर्वाचन क्षेत्रमा भइरहेको गतिविधिबारे जानकारी गराउन नेता शाहसँग भेट गरिएको बताए । उनले पनि भेटमा चुनावी रणनीतिबारे छलफल भएको उल्लेख गरे ।

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । शाहले भने झापा-५ बाट उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द सञ्चालनमा ल्याएको छ ।
। नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झाैतामा हस्ताक्षर भएकाे छ। साउदीकाे रियादमा साधारण श्रमिक (General Workers) को सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हाे। सम्झौतामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा ...
। सिरहाको कर्जन्हा नगरपालिका–१०, पर्याकपुर गाउँमा सार्वजनिक जग्गामा बनेको संरचना खाली गराउन प्रहरी पुग्दा एक जनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । उक्त ठाउँमा करिब तीन दशकदेखि सो गाउँका अजमुदिन शेखको मृत्यु भएपछि अहिले पूर्व–पश्चिम रामजमार्ग अवरुद्ध भएको छ । सो ठाउँको ऐलानी जग्गामा संरचना बन्न लागेपछि आइतबार दिउँसो प्रहरी खाली गराउनका लागि पुगेको थियो । जिल्ला ...
राष्ट्रिय सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा एमालेकी लिलाकुमारी भण्डारी विजयी
। आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । देश चुनावमय बनिसकेको छ । राजनीतिक दल र उम्मेदवारहरू घरदैलो, सभा–सम्मेलन र प्रचार–प्रसारमा व्यस्त छन् । निर्वाचन आयोगका अनुसार यसपालि निर्वाचनमा ३ हजार ४ सय ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये ३ हजार १७ पुरुष, ३ सय ८८ महिला र १ जना अन्य समुदायका उम्मेदवार छन् ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम