मुख्य समाचार
अमेरिकामा हिउँआँधी : १० लाख घरमा अन्धकार, १३ जनाको मृत्यु
अमेरिकामा हिउँआँधी : १० लाख घरमा अन्धकार, १३ जनाको मृत्यु

। अमेरिकामा आइतबार आएको भीषण हिम आँधी (हिउँसहितको आँधी) ले देशभरको जनजीवन अस्तव्यस्त बनाएको छ। करिब १० लाख घरमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० वटा राज्य र राजधानी वासिङ्टन डिसीमा आपत्काल घोषणा गरेका छन् ।

नेशनल वेदर सर्भिस (एनडब्ल्यूएस) का अनुसार यो आँधी करिब ३,२२० किलोमिटर क्षेत्रमा फैलिएको छ। यसबाट करिब २१ करोड अर्थात् दुई-तिहाइ अमेरिकी नागरिक प्रभावित भएका छन्।

‘डेली मेल’ का अनुसार न्युयोर्कसहित देशभर हालसम्म १३ जनाको मृत्यु भइसकेको छ।

‘फ्लाइटअवेयर’ को तथ्याङ्कअनुसार शुक्रबारदेखि हालसम्म ३१,००० भन्दा बढी उडानमा अवरोध पुगेको छ भने १८,००० भन्दा बढी उडान रद्द भएका छन्। आइतबार मात्रै १०,८०० भन्दा बढी उडान रद्द भए। विशेषज्ञहरूका अनुसार उडान रद्द र ढिलाइ हुने समस्या अझै केही दिनसम्म कायमै रहन सक्छ।

विद्युत् आपूर्ति सहज हुन हप्तौँ लाग्न सक्ने

अमेरिकाको टेनेसी राज्य सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ आइतबार दिउँसोसम्म करिब ३.३७ लाख घर र व्यवसायहरू अन्धकारमा थिए। लुइसियाना, मिसिसिपी, केन्टकी, जोर्जिया, अलाबामा र वेस्ट भर्जिनियामा पनि लाखौँ मानिस बिजुलीविहीन छन्।

हिउँ र असिना वर्षाका कारण रुखहरू ढलेका छन् र विद्युत्का तारहरू चुँडिएका छन्। अधिकारीहरूका अनुसार विद्युत् आपूर्ति पूर्ण रूपमा सुचारु गर्न अझै केही हप्ता लाग्न सक्छ।

तापक्रम माइनस ४५ डिग्री सेल्सियससम्म झर्‍यो

राष्ट्रपति ट्रम्पले आपत्काल घोषणा गरेसँगै फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले विभिन्न राज्यमा आवश्यक सामग्री, कर्मचारी र खोज तथा उद्धार टोलीहरू परिचालन गरेको छ। न्युयोर्ककी गभर्नर क्याथी होचुलले राज्यबासीलाई वर्षौँपछिको सबैभन्दा लामो ठन्डी र हिमपातका लागि तयार रहन आग्रह गरेकी छन्।

क्यानडाको सीमा नजिकका इलाकाहरूमा तापक्रम -३७ देखि -४५ डिग्री सेल्सियससम्म पुगेको छ। गभर्नर होचुलले यसलाई ‘हड्डी नै जमाउने’ आर्कटिक आँधीको संज्ञा दिएकी छन् ।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...