मुख्य समाचार
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ मा फिफा फुटबल सिरिज अन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुने जनाएको छ
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ मा फिफा फुटबल सिरिज अन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुने जनाएको छ

। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ मा फिफा फुटबल सिरिज अन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुने जनाएको छ । जसमा नेपालको महिला फुटबल टिमले पनि एक सिरिज अर्थात प्रतियोगिता खेल्ने तय छ ।

एसियाली राष्ट्र थाइल्याण्ड आयोजक रहने उक्त प्रतियोगितामा थाइल्याण्डसँगै नेपाल, कंगो र ओसियाना क्षेत्रको एक टिम गरी चार राष्ट्रले खेल्नेछन् ।

महिलातर्फ २०२६ मा तीन सिरिज हुनेछन् । ल्याटिन अमेरिकी राष्ट्रिय ब्राजिलमा हुने सिरिजमा ब्राजिलसहित दक्षिण कोरिया क्यानडा र जाम्बियाले खेल्नेछन् भने आइभरीकोष्टले आयोजना गर्ने सिरिजमा आइभरीकोष्टसहित मौउरिटानिया, पाकिस्तान र टर्क्स एण्ड साइकोस आइल्याण्डले खेल्नेछन् ।

यसैगरी पुरुषतर्फ कूल ९ वटा सिरिज हुनेछ भने विभिन्न ८ देशले आयोजना गर्नेछन् ।


सन् २०२६ मा कूल १२ वटा फुटबल सिरिज हुने फिफाले जनाएको छ ।

फिफा सिरिज २०२६ फिफाको ग्लोबल गेमका लागि रणनीतिक उद्देश्यहरू:- २०२३–२०२७ सँग पूर्ण रूपमा समन्यव रहेको फिफाले जनाएको छ ।

यस सिरिजले अन्तर्राष्ट्रिय खेल तालिकामा थप खेलहरू नथपिकनै राष्ट्रिय टोलीहरूलाई विभिन्न महासंघबीच प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्का साथै प्राविधिक विकास, संगठनात्मक क्षमता अभिवृद्धि र विश्वव्यापी आदान–प्रदानलाई प्रवर्द्धन गर्न सहयोग गर्ने पनि फिफाले जनाएको छ ।

यस्तै फिफा सिरिजले मैदान बाहिरको समग्र फुटबल विकासलाई पनि निरन्तर सहयोग गर्ने फिफाको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द सञ्चालनमा ल्याएको छ ।
। नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झाैतामा हस्ताक्षर भएकाे छ। साउदीकाे रियादमा साधारण श्रमिक (General Workers) को सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हाे। सम्झौतामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा ...
। सिरहाको कर्जन्हा नगरपालिका–१०, पर्याकपुर गाउँमा सार्वजनिक जग्गामा बनेको संरचना खाली गराउन प्रहरी पुग्दा एक जनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । उक्त ठाउँमा करिब तीन दशकदेखि सो गाउँका अजमुदिन शेखको मृत्यु भएपछि अहिले पूर्व–पश्चिम रामजमार्ग अवरुद्ध भएको छ । सो ठाउँको ऐलानी जग्गामा संरचना बन्न लागेपछि आइतबार दिउँसो प्रहरी खाली गराउनका लागि पुगेको थियो । जिल्ला ...
राष्ट्रिय सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा एमालेकी लिलाकुमारी भण्डारी विजयी
। आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । देश चुनावमय बनिसकेको छ । राजनीतिक दल र उम्मेदवारहरू घरदैलो, सभा–सम्मेलन र प्रचार–प्रसारमा व्यस्त छन् । निर्वाचन आयोगका अनुसार यसपालि निर्वाचनमा ३ हजार ४ सय ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये ३ हजार १७ पुरुष, ३ सय ८८ महिला र १ जना अन्य समुदायका उम्मेदवार छन् ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम