मुख्य समाचार
अनुसन्धान ब्युरो (सीआईबी) फेक रेस्क्यूमा संलग्न विभिन्न ट्राभल कम्पनीका सञ्चालकलाई पक्राउ परेको जनाएको छ
अनुसन्धान ब्युरो (सीआईबी) फेक रेस्क्यूमा संलग्न विभिन्न ट्राभल कम्पनीका सञ्चालकलाई पक्राउ परेको जनाएको छ

। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) फेक रेस्क्यूमा संलग्न विभिन्न ट्राभल कम्पनीका सञ्चालकलाई पक्राउ परेको जनाएको छ । सीआईबी प्रमुख तथा एआईजी मनोज केसीले फेक रेस्क्यूमा नक्कली कारोबार गर्ने र पर्यटक ठगीमा संलग्नहरूलाई पक्राउ गरिएको जानकारी दिएका हुन् ।

सीआईबीले अदालतबाट पक्राउ अनुमति लिएरआजै जयराम रिमाल, विवेक पाण्डे, रविन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसीलाई पक्राउ गरिएको जनाएको छ। उनीहरूमाथि राष्ट्रहित कसुरमा, आपराधिक लाभको कसुर र संगठित अपराधमा र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान जारी छ ।

जयराम र विवेक माउन्टेन रेस्क्यू सर्भिसका, नेपाल चार्टर सर्भिस प्रालिका रविन्द्र अधिकारी र विवेकराज थपलिया, एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिका मुक्ति पाण्डे र सुभाष केसी हुन् ।

सीआईबीका अनुसार माउन्टेन रेस्क्यू सर्भिस प्रालिले १२४८ जनामध्ये १७१ जनाको फेक रेस्क्यू गरेको अनुसन्धानबाट खुलेको छ । योबाट उसले १ करोड बढी अमेरिकी डलर बीमा दाबी गरेको पाइएको छ ।

त्यस्तै नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जना रेस्क्यू गर्दा ७५ जनाको फेक रेस्क्यू गरेको खुलेको छ । उनीहरूले ८२ लाख डलर माग दाबी गरेको अनुसन्धानमा खुलको छ ।

त्यस्तै एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिले ६०१ जनामध्ये ७१ पर्यटकको शंकास्पद रेस्कयू गरेको पाइएको हो । उनीहरूले यसबापत ११ लाख ५३ हजार अमेरिकी डलर माग दाबी गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द सञ्चालनमा ल्याएको छ ।
। नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झाैतामा हस्ताक्षर भएकाे छ। साउदीकाे रियादमा साधारण श्रमिक (General Workers) को सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हाे। सम्झौतामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा ...
। सिरहाको कर्जन्हा नगरपालिका–१०, पर्याकपुर गाउँमा सार्वजनिक जग्गामा बनेको संरचना खाली गराउन प्रहरी पुग्दा एक जनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । उक्त ठाउँमा करिब तीन दशकदेखि सो गाउँका अजमुदिन शेखको मृत्यु भएपछि अहिले पूर्व–पश्चिम रामजमार्ग अवरुद्ध भएको छ । सो ठाउँको ऐलानी जग्गामा संरचना बन्न लागेपछि आइतबार दिउँसो प्रहरी खाली गराउनका लागि पुगेको थियो । जिल्ला ...
राष्ट्रिय सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा एमालेकी लिलाकुमारी भण्डारी विजयी
। आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । देश चुनावमय बनिसकेको छ । राजनीतिक दल र उम्मेदवारहरू घरदैलो, सभा–सम्मेलन र प्रचार–प्रसारमा व्यस्त छन् । निर्वाचन आयोगका अनुसार यसपालि निर्वाचनमा ३ हजार ४ सय ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये ३ हजार १७ पुरुष, ३ सय ८८ महिला र १ जना अन्य समुदायका उम्मेदवार छन् ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम